दसैँ बजार छैन उत्साह
दसैँ आएसँगै यो चाड मनाउन किनमेल गर्नेको घुइँचो बजारमा देखिन्छ । उपत्यकाबाट बाहिर जानेहरूका लागि त दसैँको किनमेल विशेष नै हुन्छ तर यसपालि दसैँको किनमेल गर्नेको भिडभाड पहिलो जस्तो देखिँदैन । उपत्यकका मुख्य मुुख्य बजारहरू न्युरोड, भोटाहिटी, असन, इन्द्रचोक, भाटभटेनी, लगनखेल, थिमीलगायत बजारमा दसैँको उत्साह खासै देखिँदैन । दसैँ आएसँगै एक महिनाअघिदेखि चहलपहल हुने बजार सुनसान जस्तै देखिन्छ । विगतका वर्षमा सडकपेटीदेखि ठुला–ठुला व्यापारिक मलमा दसैँलाई लक्षित गरेर सामान किनमेल गर्नेको भिड लाग्ने गरेकोमा यसपालि फाट्टफुुट्ट मात्र ग्राहक पुग्ने गरेका छन् । सडकपेटीमा पसल राख्न
घर [कथा]
सय वर्षअघिको घर त होइन यो । सय वर्षअघिकै भए पनि नियति यही नै थियो । संरक्षण गर्न लायकको थियो त्यो । कारण यो पुरातात्त्विक सम्पदा पनि होइन । पुरातत्वको दृष्टि सबैतिर पुगेको पनि हुँदैन तर यस घरमा जन्मेकाहरूको घर संरक्षणमा केही कर्तव्य बन्थ्यो भनिए पनि ती अहिले कताकता गइसके । घर खाली छ । भन्नाले अधिकांश चोटाकोठाहरू खाली छन् । घर बुढो भइसक्यो । यसमा बस्नेहरूले छाडेको पनि तीन पुस्ता लाग्न थालेको छ । जति पुस्तान्तर भए पनि घर उदास छ । घरले रमाइलो अनुभव गर्न पाएको छैन । उति बेला घरमा दसैँ, तिहार र तिज पर्व आउँथे । घरमा हल्लीखल्ली भइरहन्थ्यो । मानौँ संसारभ
सम्बन्ध हो सम्हाल्नलाई
सम्बन्ध हो सम्हाल्नलाई, होइन बिगार्नलाई माया प्रीति बनेको हो, संसार सिँगार्नलाई ।।१।। माकुराको जालो जस्तै, हुन्छ जेलिएको
आमा बा (कविता)
आमा बा परिवारका जननका, सत् प्रेमका मूल हुन् यो संसार टिकाउने नमनका, आदर्शका माथ हुन् बा आमा घरमा भए मनुजका, पीडा दशा हट्दछन् उम्दा ती उपदेश ज्ञान र कला, सौभाग्यता मिल्दछन् ।
तिम्रो याद आउँछ (कविता)
जब रात पर्छ, तिम्रो झल्को आउँछ निदाउँ निदाउँ भन्दा तिम्रो याद आउँछ । तिम्रो तस्बिर मुटुमा राखेकोले होला तिम्रो माया छातीमा टाँसेकोले होला
नयाँ पुस्ताले बुझ्नैपर्ने सम्बन्ध
धेरै समयपछि पहिलोदेखि अन्तिम पृष्ठसम्म पूरै पढेको सायद ‘जीवन्त सम्बन्ध’ मेरो पहिलो पुस्तक हो । पुस्तक पढ्ने रुचि हुँदाहुँदै पनि व्यस्त दैनिकीका कारण सम्भव भएको थिएन । २४० पृष्ठको यस पुस्तक पढ्न भने एक साता लाग्यो । यस पुस्तकले आकर्षित गर्नुको मुख्य कारण यसमा व्यक्त गरिएका विचार वा घटना मेरै आफ्नै जस्ता र मेरै वरिपरि घटेका घटनाको वृत्तान्त जस्ता छन् । त्यसैले म वित्तीय क्षेत्रको व्यक्तिले साहित्यिक कृतिका बारेमा लेख्दै छु ।
मानसरोवरको रोमाञ्चक यात्रा
२०८० सालको जनैपूर्णिमाका लागि ठमेलस्थित टच कैलाश टुर एन्ड ट्राभल्समार्फत कैलाश मानसरोवरको यात्रामा जाने अवसर मिल्यो । तीन वटा बसमा ७० जना यात्रुको टोली र गाइडलगायतका सहयोगीसाथ भदौ ९ गते हाम्रो यात्रा सुरु भयो । टोखा छहरेको बाटो, पासाङल्हामु राजमार्गको धुन्चे हुँदै रसुवागढीमा पुगेर होटलमा बसियो । धुन्चेदेखि रसुवागढीसम्मको बाटो ज्यादै नराम्ररी बिग्रिएको रहेछ । ज्यान माया मारेर हिँड्नुपर्ने रहेछ । धन्न हाम्रा चालकले हामीलाई सुरक्षित गन्तव्यमा पु¥याउन सफल भए । चीनसँगको व्यापारको मुख्य नाका रसुवागढी जोड्ने सडकको दुरवस्था देख्दा मन खिन्न भयो ।
लजालु रेडपान्डा
दुर्लभ जनावर रेडपान्डाको मुख्य आहारा मालिङ्गो हो । लेकाली क्षेत्रमा जब मालिङ्गोमा टुसा पलाउन थाल्छ, तब रेडपान्डाका पोथीहरूले बच्चा जन्माउने र हुर्काउने समय सुरु हुन्छ । रेडपान्डाले शान्त ठाउँ मन पराउँछ । मानव तथा अन्य जनावरले गरेको अशान्त क्रियाकलाप यसले मन पराउँदैन । त्यसैले ताप्लेजुङको केही सामुदायिक वनहरूले सार्वजनिक सूचना जारी गरेरै रेडपान्डा पाइने क्षेत्रका जङ्गलमा प्रवेश गर्न रोक लगाएको छ । साउनदेखि असोजसम्म जङ्गलमा पस्न र घाँस दाउरासमेत ल्याउन नपाइने गरी रोक लगाइन्छ । होहल्ला भएमा रेडपान्डाको माउले बच्चा छोडेर हिँड्ने खतरा हुन्छ । अनि स्याहार नपुगेर बच्चाको मृत्यु पनि हुन सक्छ । जेठ अन्तिमदेखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ । त्यसपछिका दुई महिना नियमित हेरचाह गरेर
गोत्र विज्ञानको मार्गमा आधुनिक विज्ञान
ऋषि महर्षिहरूले ज्ञानको प्रयोगशालामा पत्ता लगाएको आविष्कार हो– गोत्र । अतः यसको विज्ञान सामान्य विज्ञानभन्दा पर छ । यसको स्वरूप पवित्र छ, आध्यात्मिक छ र तेजवान् छ । ‘गोत्रमिन्द्राणि मे रक्षेत् !’ अर्थात् ‘इन्द्राणी’ देवीले मेरो गोत्रको रक्षा गरून् । दुर्गाकवचमा देवताहरूले गोत्र रक्षाका लागि देवीसँग गरिएको यो याचनाले पनि गोत्रको तेज र पवित्रतालाई स्पष्ट पार्छ । अनि गोत्र असुरक्षित हुन सक्ने तथ्यलाई पनि माथिकै श्लोकांशले खुलस्त पार्छ ।