मौलाकालिकाको सेरोफेरो
हिमवत्खण्ड नेपाल प्राकृतिक, धार्मिक एवं सांस्कृतिक विराटताको पगरी गुथेर आदिकालदेखि विश्वमा आफ्नो छुट्टै परिचय बोकेर रहेको छ । यहाँ यस्ता कैयौँ स्थान छन्, जसको आआफ्नै विशेषताहरूले कैयौँ पर्यटकलाई तानेर मन्त्रमुग्ध पार्ने गर्छन् । यस्तै महìवपूर्ण स्थानहरूमध्ये पूर्वी नवलपरासी जिल्ला, गैँडाकोट नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गको नारायणगढ पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा समुद्री सतहदेखि ५६१ मिटरको पहाडी वनको धुरीमा सुप्रसिद्ध तीर्थस्थल एवं शक्तिप्रबल मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ ।
राराको सौन्दर्यमा हराउँदा
जेठको महिना वर्षा ऋतु नभए पनि विगत केही दिनदेखि दिनरात नभनी एकोहोरो आकाश रोइरहेछ । भित्ताको घडीले रातको १ बजाएको छ । रारासम्मको यात्रा अरुणोदय नहुँदै निस्कने तय भएकाले हुनु पर्छ, निद्रादेवी अलि टाढा नै भइन् । दूरभाष यन्त्रले बिहानको ४ बजेको जानकारी दियो । जुरुक्क उठेँ र नित्य कर्म सकेँ । नौ दशक काट्नुभएका बुवाले रारा जाने सबैलाई मङ्गलस्तोत्र उच्चारण गर्नुहुँदै टीका लगाई दिनुभयो । यसले थप ऊर्जा प्राप्त गरेको अनुभूति भयो ।
हात्तीको दाम
बेला बेलामा खास गरी पूर्वी नेपालमा जङ्गली हात्तीले मानिसलाई दुःख दिएको समाचार पढ्न, सुन्न र हेर्न पाइन्छ । कुनै समय थियो, तराईका कतिपय धनाढ्य जमिनदार आफ्नो घरमा हात्ती पाल्थे । त्यो बेला हात्तीलाई राजकीय शानका रूपमा पनि लिने गरिन्थ्यो । हात्तीमा सवार हुने राजाहरू गजपति कहलाउँथे तर आजभोलि घरपालुवा हात्ती केवल निकुञ्ज तथा चिडियाखानामा पर्यटकीय प्रदर्शनीका रूपमा देख्न पाइन्छ । नेपाली इतिहासमा दन्त्यकथाको नायक जस्ता लाग्ने
भाइरल धागो
भन्नेले त ‘उहिलेका कुरा खुइले’ भन्छन् तर उहिलेका कतिपय कुरा/संस्कार साँचो पनि हुन सक्छन् । महिलाले कपाल नकाटी बाट्ने चलन हिन्दु संस्कारमा थियो । लामो कपाल भएकी महिलालाई ‘लक्षिनकी’ पनि भनिन्थ्यो । त्यसैले महिलाले लामो कपालको सुरक्षार्थ धागो (डोरी) ले बाट्ने चलन चलेको होला । धेरै पहिलेदेखि यो चलन चल्दै आएको छ, जसलाई आमा, दिदी, बहिनीहरूले निरन्तरता दिँदै आएका छन् । पहिला–पहिला कपाल बाट्ने फुर्के धागो थियो । बजारमा
साहित्यिक विरासत
हिटलरले आफ्नो सुप्रसिद्ध आत्मजीवनी (मेनक्याम्फ) मा भनेका छन्, ‘‘मैले विवाह नगर्नुका केही कारणहरू छन् । विवाह गरेपछि सन्तान हुन्छन् । राजनीतिमा लागेका अधिकांश ठुला मानिसका सन्तान नालायक हुन्छन् र तिनीहरू पिताको उत्तराधिकारी बन्न सक्छन् । त्यसैले नालायक सन्तान हुनुभन्दा हुँदै नभएको राम्रो ।’’ आफूले काम गरेको क्षेत्रमा आफ्ना नालायक उत्तराधिकारीको प्रवेश नहोस् भन्ने कुरामा हिटलर जस्ता कुख्यात तानाशाहसमेत सजग रहेछन् । अहिले विश्व राजनी
गालिब र चियाको समय (कविता)
सिद्धान्त र परिभाषाविहीन चियाको समय प्रारम्भ हुँदै गर्दा यो बिहान, सधैँजसो ठिकठाक छन्, सबै कुराहरू
लोग्नेको माया
भित्तामा झुन्ड्याएको क्यालेन्डरको पाना हरेक महिना पल्टाए जस्तै जीवनका पानाहरू पनि क्रमिक रूपमा पल्टिँदै गइरहेका छन् । बिहान क्यालेन्डरको पाना पल्टाउँदा सँगै झुन्डिएको फोटोमा मेरो आँखा पुग्छ । हुन त विगत १९ वर्षदेखि त्यही स्थानमा झुन्डिएको फोटो थियो त्यो तर पनि किन त्यस फोटोले गर्दा आज दिनभरि मुड अफ भइरह्यो । अर्थात् एक प्रकारको आत्माग्लानि लागिरह्यो । अफिसमा पनि ध्यान पटक्कै लागेन । आजबाट घरमा ट्युसन टिचर आउँछ छोरीलाई पढाउन । एसइईको रिजल्ट राम्रो ल्याई भने त्यसको पनि राम्रो हुन्थ्यो । कति चाँडो झमक्क अँध्यारो भएको हो । भर्खर त ५ बज्यो ।
आकाश र बादल (कविता)
तिमी बादल हुन्थ्यौ भने म आकाश हुन्थेँ होला । हेर, यी दुईका सम्बन्ध न कसैको डर, न त चिन्ता
रूढिवादी कुसंस्कारको चिरफार
नेपाली उपन्यास लेखनको वर्तमान खण्डहर अवस्थामा पृथक् तर अति उत्सुकमय शीर्षकमा ‘बाँठी’ झुल्किएको छ । यस उपन्यासले सुदूरपश्चिम नेपालमा महिलाप्रति गरिने पुरुष विभेदको धज्जी उडाएको छ । झट्ट सुन्दा ‘बाँठी’ शब्दको अर्थ थारी, बाँझी अथवा सन्तान जन्माउन असफल महिला भन्ने बुझिन्छ । उपन्यासकी मुख्य नायिका गौमतीले बच्चा जन्माउन असफल भएपछि घर, परिवार, समाजद्वारा अपहेलित भई अन्त्यमा आफ्नो जीवनलाई मृत्युमा बलि चढाएर पाठक हृदयलाई आफूतर्फ आकर्षण गर्न सफल भएकी छन् ।
झकिझकाउ झिल्टुङ
सिमसिम... सिमसिम... सिमसिम...। परिरह्यो पानी । एकाबिहानैदेखि पानी दर्किन थालेपछि मन कस्तो कस्तो भो । बिरसिलो–ओसिलो । हो, एकदमै कस्तो खिन्न–खिन्न, नमिठो । अँध्यारो भयो छाती । जानु छ पहाडतिर । पानी झन्–झन् चम्केर दर्केपछि लम्केका खुट्टा थच्चेलान् झैँ भए । पखेटा हालेर उडुँ–उडुँ भएको मन थन्किन पो खोज्यो । लौ, पानीले बित्यास पार्ने भो । के पो गर्ने होला ? गड्याम्म ! बिजुली पनि दह्रैसँगै चम्कियो । बिहानको ५ बजेदेखि सिमसिमाएको झरी अब त उर्ली–उर्ली दर्किन थाल्यो । अरगज्ज परेर बसेको छु म– एउटा कुनामा टोलाई–टोलाई । खाटको अर्को कुनोमा मोजा, रुमाल, चस्मा र डायरी छन् । “आज तिमेरलाई बोक्न जुर्ला जस्तो छैन !” खाटमा थपक्क बसेका ती सरसामान हेर्दै बोल्छु म ।
मनाङ पुग्न छैन सजिलो
हिमालपारिको जिल्ला मनाङ पुग्ने रहर कसलाई हुँदैन र ! सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने मनाङका तस्बिर र भिडियोले सबैलाई लोभ्याइरहेका हुन्छन् । हिमशृङ्खलाको काखमा टिल्पिलाइरहेका हिमताल मात्र होइन, बस्ती, संस्कार, संस्कृति, फाँटका फापर–करु र लटरम्म फलिरहेका स्याउका दानाले सबैलाई आकर्षित गर्छ ।
नेपाली सेनाको जन्मस्थान लिगलिगकोट
बाइसे–चौबिसे राज्य, काठमाडौँ उपत्यकाका तीन वटा मल्ल राज्य र तराई क्षेत्रमा रहेका तीन वटा सेन राज्यमध्ये सबैभन्दा कान्छो र गरिब राज्य गोर्खाको इतिहास विसं १६१६ बाट सुरु हुन्छ । वर्तमान नेपाल, सेना र गोर्खा राजवंशको क्रम त्यही वर्ष र स्थानबाट सुरु भएको तथ्य घामजत्तिकै छर्लङ्ग छ । विश्वको सैनिक इतिहासमा नेपाली सेनाको इतिहास धेरै जेठो छ । हामी नेपालीका लागि यो गौरवको विषय हो । गोर्खा राज्यको इतिहास केलाउँदा र त्यस बखतको संसारकै राज्य विस्तार गर्ने नीतिलाई विश्लेषण गर्दा गोर्खाले पनि विसं १६१६ देखि नै सैनिक प्रयोग गरी राज्य विस्तार गर्दै आएको छ । किनभने द्रव्य शाहको छोरा राजा पुरन्दर अर्थात् पूर्ण शाहले गोर्खा राज्यको विस्तार गरेका थिए भने उनको पनि छोरा राम शाहले उत्तरतर्फ तिब्बतको कुकुरघाटसम्म सैनिक युद्ध गरेरै आफ्नो अधिकार जमाएका थिए ।
रहस्यमय कथा ‘ट्रान्जिट’
काठमाडौँको पुरानो बानेश्वरस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘ट्रान्जिट’ मा ‘मायावी’ पात्रका रूपमा तीन जना अभिनेत्रीले अभिनय गरेका छन् । भूतकालको यात्रा गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुगेका यी तीन अभिनेत्रीद्वारा मायावीको रहस्यमय कथालाई रोचक ढङ्गबाट प्रस्तुत गरिएको छ । नाटकका मुख्य पात्रहरू एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्छन्, जहाँ भूत र भविष्यत् कालको ट्रान्जिटका रूपमा वर्तमानलाई मञ्चन गरिएको छ । नाटकका मुख्य पात्र नाटककारकै भूमिकामा देखिएका छन् । उनको नाटकप्रतिको गहिराइ र त्यसमै समर्पित हुँदा एक परिकल्पनामा बाँचेको अवस्थालाई नाटकमा उजागर गर्न खोजिएको छ ।
सहकारी कि साहुकारी
दुवै आँखाले देख्न नसक्ने शेरबहादुर साउदलाई एक वर्षदेखि निद्रा लाग्न छाडेको छ । भक्तपुरको सानो ठिमीमा बस्दै आउनुभएका साउदको भक्तपुरमै रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा रहेको डेढ लाख डुबेपछि उहाँको निद्रा हराएको हो । अपाङ्गता भएकी श्रीमतीले तयार गरेको अगरबत्ती शेरबहादुर दिनभर सहर डुलेर बिक्री गर्नुहुन्छ । यसरी कमाएको रकम बचत गरेको सहकारी नै फरार भएको गुनासो गर्दै उहाँ भन्नुहुन्छ, “भन्नुस् अब कसरी निद्रा लाग्छ ।”
वाङ्मयका सारथि
सरदार यदुनाथ खनाल एउटा यस्तो नाम हो, जो विगत सत्तरी वर्षसम्म राष्ट्रिय जीवनमा अटुट रूपमा देखापरिरह्यो । देशको साहित्यिक, शैक्षिक, प्रशासनिक, सामाजिक र कूटनीतिक क्षेत्रमा अत्यधिक सम्मानित नाउँ हो यो । साहित्यप्रति खनालको दृष्टिकोण छ, ‘साहित्य अरू कला जस्तै मानवीय विशेषता हो, जातीय वा राष्ट्रिय विशेषता होइन । विभिन्न साहित्यिक विभूति राष्ट्रिय विभूति हुनु संयोगको कुरा हो, सारको होइन । उत्कृष्ट साहित्यले जहिले पनि मानवताको चुचुरोतिर ताक्छ ।’ यस प्रकारको चिन्तन भावबाट नेपाली साहित्यको सिर्जनात्मक विकासको साथै समालोचनात्मक क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धि प्राप्त हुन सक्छ, जुन आधार उहाँबाट सम्भव भएको छ ।
लोकतन्त्रलाई बुझ्ने–बुझाउने दिग्दर्शन
हालै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष युवराज ज्ञवालीद्वारा लिखित ‘आधुनिक युगको लोकतन्त्र’ नामक पुस्तकको बजारमा आएको छ । कुल १४३ पृष्ठको उक्त पुस्तकलाई लेखकले १९ परिच्छेदमा विभाजित गर्नुभएको छ । मनुष्यलाई आदिम युगदेखि दास युग, सामन्ती युग, पुँजीवादी तथा समाजवादी युग हुँदै अहिलेको लोकतान्त्रिक युगसम्म आइपुग्नमा के–कस्ता चरणहरू कसरी पार गर्नु प¥यो भन्ने तथ्यको लेखाजोखा सर्वसाधारण नेपालीहरूले बुझ्ने गरी पुस्तकमा प्रस्तुत गरिए
गजल
कुनै माझी नहुँदा, नजिक किनारा नहुँदा म डुबेँ बिच नदीमै तिम्रो सहारा नहुँदा । निभायौ तिमीले मेरा आशाका ती बत्तीहरू छल्लिएँ एक्लै बाटोमा जून र तारा नहुँदा ।
हिमाल हास्छ (कविता)
हिमाल हास्छ, पहाड नाच्छ, तराई झुल्दछ यही हिमाल, पहाड, तराईसँग नेपाल खेल्दछ धानको बाला, तराई झुल्दा मधेश उज्यालो तोरीको फूल पहेँलै फुल्दा यो मन रमायो ।
गीत
सम्झाएर नरुवाऊ आफैँ सम्झी रोउँला रोइरोई थाकेपछि आफैँ टोलाउँला । ओसिएको कालो बादल यताउता सर्ला थोरै पनि हावा चले थोपा बनी झर्ला
सगं–सगुन–सराजाम !
तीनै शब्द यी अनुप्रासयुक्त ! सगं – सगुन – सराजाम (सामग्री) ! अनुप्रासयुक्त शब्द पुञ्ज आह्लादयुक्त ! मनै स्वच्छ, सदाबहार लाग्छ । मन बहलाउँदो ! स्वच्छानन्द दायक ! नौलो स्वच्छानन्दका स्रोत – मूलाधार ! चिन्तनभित्रका प्रवाहका आधार ! यस्तैमा विभोर बन्छु । विभोर बन्न सक्नु आनन्दसार जीवन ! आनन्दसार जीवन सुखद बँचाई ।
चलचित्रमा समलिङ्गीका कथा
चलचित्र निर्माण एक रचनात्मक विधा हो । रचना राम्रो भयो भने सामान्य विषयवस्तुमा बनेका चलचित्र पनि उत्कृष्ट ठहरिएका छन्, जसका लागि गहिरो अध्ययन, साधना र अनुभव अनिवार्य ठानिन्छ । मौलिकता, सामाजिक परिवेश, पात्र, संवाद र दर्शकको मनोविज्ञानलाई बुझेर निर्माण गरिएका चलचित्र सफल ठहरिएका छन् । समाजको वास्तविकतालाई टपक्कै
विद्रोही कप्तानको सन्न्यास
ज्ञानेन्द्र मल्लको सन्न्याससँगै नेपाली क्रिकेटको एक युग समाप्त भएको छ । पछिल्ला १८ वर्ष ज्ञानेन्द्रले कप्तान, उपकप्तान र एक खेलाडीका रूपमा नेपाली क्रिकेटको सेवा गर्नुभयो । यद्यपि गत हप्ता अकस्मात सन्न्यास लिएपछि अब ज्ञानेन्द्रलाई कुनै पनि संरचनाको अन्तर्राष्ट्रिय क्रिकेटमा देख्न पाइने छैन ।
बाढीबाट कैलालीमा ४६२ परिवार प्रभावित
बाढीबाट कैलालीमा ४६२ परिवार प्रभावित भएका छन् । विभिन्न नदीमा आएको बाढीले डुबान भएपछि उनीहरु प्रभावित भएका हुन् ।
सुदूरका जलसम्पदा
बैतडी र दार्चुला जिल्लाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि चमेलिया नदीबाट ९६ मेगावाट बिजुली उत्पादन सुरु भएको छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २०७७ माघ महिनादेखि निर्माण सुरु भएको माथिल्लो चमेलिया जलविद्युत् आयोजना लक्ष्यभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न भएको हो । ४० मेगावाटको माथिल्लो चमेलिया निजी क्षेत्रको लगानीमा निर्मित सुदूरपश्चिमकै पहिलो ठुलो जलविद्युत् आयोजना हो ।