तिज गीतको मर्म
तिजका अवसरमा दिदीबहिनीले गीतका माध्यमबाट दुःख–सुख पोख्छन्। नाचगान गरेर रमाइलो गर्छन् तर हिजोआज तिजमा गरिने नाचगानले विकृति बढायो, यो पर्वको मौलिकता नै सङ्कटमा पर्यो भन्ने जस्ता धारणा सुनिन्छ। तिज गीतका नाममा रत्यौलीमा गाइने गीत गाउनु, नाचका नाममा अङ्ग प्रदर्शन गर्नु र लोकप्रिय बन्ने नाममा उरान्ठेउला गीतहरू हाबी हुँदा भावी पुस्ताले तिजको मौलिकता नै बिर्सने सम्भावनासमेत बढेको विचार पनि यत्रतत्र सुनिन्छ तर तिजमा जति नै नयाँ गीत सार्वजनिक भए पनि पुराना कलाकारका कालजयी गीत अहिले पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन्।
समृद्धिको इन्जिन
सुस्ताएको अर्थतन्त्रलाई सही रूपमा उकास्ने बलियो मन्त्र भनेको आर्थिक गतिविधि बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु नै हो । यसका लागि नयाँ नयाँ व्यवसाय सञ्चालन, उद्योगधन्दाको स्थापना गरी उत्पादनमा वृद्धि गर्नु पर्छ तर नेपालमा सु
कलमले आर्जेको प्राप्ति
ऐतिहासिक उपन्यास लेखनको इतिहासले नौ दशक टेक्न लागिसक्यो । आरम्भ निकै पुरानो भए पनि यसमा कलम चलाउनेहरूको संख्या त्यति धेरै पाइँदैन,त्यसमा पनि ऐतिहासिक उपन्यासको स्तर कायम गरी लेखिएका कृति निकै कम
कवितामार्फत स्वतन्त्रताको आराधना
विषयवस्तुको विविधता हुँदाहुँदै पनि मूल रूपमा कवि सुष्मा दाहालले आफ्नो पहिलो कविता सङ्ग्रह ‘मध्यान्तर’मा नेपाली समाजमा महिला हुनुको नियतिभित्र लुकेका सूक्ष्म पहेलीलाई मुखरित गर्नुभएको छ । पूर्वी पहाड तेह्रथुममा जन्मी हुर्कनुभएकी
पाँच मुक्तक
एक आलोचना नगर्नूस्, जयजयकार पनि नगर्नूस् कृतघ्नलाई कुनै, स्वागत सत्कार पनि नगर्नूस् अहिले संवेदना मरेको यो सङ्कटकालीन समयमा
बिपीको बकपत्र
जब मातृभूमिको सेवा शिरमाथि लिएँ
मुक्तक
कामको चापले बाह्रैै महिना फुर्सद भएन राम्रो सोच्दै भलो गर्नेको याद आएन
महाग्रन्थमा विचरण गर्दा
नेपाली राजनीति शास्त्रका पुस्तकालय प्राध्यापक कृष्ण खनालद्वारा लिखित ‘विश्वेश्वरप्रसाद कोइराला– चेतना, चिन्तन र राजनीति’ यस शताब्दीको नेपाली राजनीति, संस्कृति, विचार, विकास, मनोविज्ञान, इतिहास, भूसंवेदनशीलतामा
केवरत जातिमा भाषाप्रेम
मोरङ जिल्ला अन्तर्गत पर्ने सुनवर्षी नगरपालिकाका वडा नम्बर ४, ५, ६, ७ र ९ तथा रतुवामाई नगरपालिका–२ मा केवरत जातिको बसोबास छ । २०७८ सालको जनगणनाले यिनीहरूको जनसङ्ख्या ८,८०९ र मातृभाषा केवरतको वक्ता सङ्ख्या ३,
मन जित्यो नेपालले
नेपाल विश्व क्रिकेटको ठुलो टिम बन्ने सम्भावना भएको राष्ट्र हो । नेपाली टिममा प्रतिभाको भण्डार छ । समर्थकको अपार साथ छ, जसले नेपाललाई धेरै परसम्म पु-याउने छ – वासिम अक्रम पाकिस्तानका महान् अलराउन्डर । धेरै समयपछि
झिल्टुङकोत नियाल्दा
कुनै बेला सारा गाउँलेको न्यायनिसाफ छिनोफानो हुने थलो हो – झिल्टुङ थुम्को । अचेल यहाँ बडादसैँ, गाईजात्रा र लाखेजात्रामा मात्र भिडभाड हुन्छ, रौनकता छाउँछ । २०७८ साल वैशाखमा झिल्टुङ कोतघरको पूर्वाधार निर्माण गर्न जग खन्ने व्रmममा केही पुराना सामग्री कोतघरको जगमा फेला परेको थियो ।
गाईजात्रे प्रस्तुति : पुस्तासँगै फेरिए प्लेटफर्म
टाढा टाढा एउटा गाउँमा बाजे बराजु मरेकै ठाउँमा म पनि अचानक अस्ति खसेको छु त्यसैले आफू आफ्नै किरिया बसेको छु ।
परिवर्तन (कथा)
“ए छोरी ! ए छोरा ! कहाँ हो ? खाना पाकिसक्यो, खान आऊ । झट्टै आओ । झट्टै आओ ।” रजनीले छोरा र छोरीलाई बोलाउँदै रहिन् । रजनी १३ वर्षीया छोरी सपना र १५ वर्षीय छोरा राहुलकी आमा हुन् । तिनले आफ्ना छोरा र छोरीको खाना तयार पारिन् । तिनले धेरै बेरसम्म उनीहरू आउने प्रतीक्षा गरिरहिन् तर दुवै जनाको अत्तोपत्तो छैन । तिनलाई मनमनै रिस पनि उठ्यो । तिनी आफैँसँग कुरा गर्न थालिन् कहिले सुध्रिने होला मेरा छोराछोरी ? यसो केही भन्न खोज्यो रिसाएर खानै नखाई हिँडिहाल्छन् । नभनम् भनेको एउटा पनि टेर्दैनन् । रजनीले आफ्नो टाउकोमा ठोक्दै फेरि भन्न थालिन्– “यो मेरो अभागी
म, बाटो, धरती र आकाश (कविता)
म आफैँमा हराएँ बाटो बिराएर बाटो स्वयम् हरायो मलाई देखाएर धरती हरायो आकाशलाई हेरेर आकाश हरायो धरतीमा सुतेर ।
सम्झनामा बेचैन मन (कविता)
घामले धरतीमा किरणको सहारा लिएर पाइला टेक्नुअघि पहिरोसरि बादलको पर्दा खसेपछि सम्झनाको सिरानीमा ढल्किएर आफ्नै प्रेमको पहाड थामेर युगौँदेखि घाइते भई बाँचिरहेछु ।
समृद्धि सपनाका सूत्र
अदेशभित्र अब केही हुँदैन भन्ने निराशाको बादल अहिले आमयुवामा छाएको छ । अलिकति हुनेखाने परिवारका छोराछोरी विद्यालय शिक्षा पूरा गरेपछि अध्ययनका नाममा देश छोड्ने तारतम्यमा दिनरात लागिरहेका छन्, छोड्दै छन् । विदेश अध्ययनका लागि वर्षमै खर्ब रुपियाँ बाहिरिँदो छ । अध्ययनमा जान नसक्नेहरू श्रम गन्तव्य मुुलुकमा पुग्न आतुर छन् । देशभित्र रोजगारीको बजार असाध्य साँघुरिएको छ । अर्थतन्त्र शिथिल छ र आर्थिक वृद्धिलाई उच्च मुद्रास्फीतिको फैलिँदो वृक्षले सेपिलो बनाउँदै छ । देशभित्रै आर्थिक तथा सामाजिक विकास गरेर हाम्रो भविष्य हामी आफैँले खोज्नु पर्छ भन्ने वाणी मधुरो हुँदै छ । यस्तो बेला सिन्कोको
जहाँ जान्छु त्यहीँ श्रीराम
हाम्रो मुख्य गन्तव्य राम जन्मभूमि । हामी चढेका भाडाका टेम्पोहरू तीव्र गतिमा कुदे र निश्चित स्थानमा पुगेर अडिए । गाइड अगाडि लागे, हामी पछिपछि । किन किन आज मेरो स्वास्थ्य स्थितिमा प्रतिकूल अवस्था देखिएको छ । हिजोदेखि नै रुघाखोकीले आफ्नो वर्चस्व देखाउन थालेको हो, आज हल्का टाउको पनि दुख्दै छ र शरीरको तापक्रम पनि बढेको अनुभव हुँदै छ ।
मानिससँग रत्तिँदै ‘लियो बाबु’
साउन सकिनै लागेको बेला लगातार तीन दिन झरी पर्यो । मसान्तको दिन पनि पानीले आँखा उघारेकै थिएन । मध्याह्न १२ बजेतिर ‘लियो बाबु’ स्याहार्दै हुनुहुन्थ्यो कल्पना नेपाली । लियो भने घरी दौडिँदै कुनामा पुग्थ्यो, घरी एकै सासमा छेउमा आइपुग्थ्यो । बच्चाले आमाको औँला चुसे झैँ कल्पनाको औँला लियोले चुस्थ्यो । कल्पनाका श्रीमान् प्रकाश नेपाली लियोको खाना लिएर आइपुग्नुभयो, खान पाएपछि लियो कुनातिर दौडियो । ‘लियो बाबु’ आठमहिने चितुवा हो । यसलाई नवलपरासीबाट गत साउन १६ गते कास्कीको पचभैया प्राणी उद्यान केन्द्रमा ल्याइएको थियो । लियोलाई आफ्नै बच्चा जस्तै माया गर्नुहुन्छ कल्पना । लियो प
मनका भाष्य
मन र मस्तिष्कबाट नै हरेक मानिसको स्वभाव, कर्म र जीवनशैली निर्देशित हुन्छ । मनले खराब विचार, असल विचार के गर्ने हो, त्यसका लागि मस्तिष्कलाई घच्घच्याउँछ । विज्ञान र अध्यात्म दुवैले विविध प्रकारका मनको चर्चा गरेका छन् । विज्ञानले चेतन, अचेतन, अर्धचेतन मनको चर्चा गरेको छ । शास्त्र अर्थात् अध्यात्मले पनि विविध प्रकारका मनको चर्चा गरेको छ । पूर्वीय शास्त्रले मनलाई उच्च प्राथमिकता दिएको छ । मनको सक्रियताबिना मानव चल्नै नसक्ने बताएको छ । हुन पनि मनलाई मुटुसँग जोडेर हेर्ने हो भने मुटु नचले मानिस पनि चल्दैन । मानिसको शरीर एउटा मुढो बराबर हुन्छ ।
गुनी गिद्ध
गिद्ध भन्नेबित्तिकै हामी फोहोरी, घिनलाग्दो, भद्दा र अपशकुन चरा हो भन्ने बुझ्छौँ । अझ गिद्धलाई छुनु हुँदैन, यदि गिद्धले छोयो अथवा नजिकबाट नाघ्यो भने स्वस्तिशान्ति गर्नु पर्छ भन्ने खालका मान्यताहरू दशक अघिसम्म व्यापक रूपमा थिए । ‘गिद्धे दृष्टि’ भनेर खराब र हिंस्रक नजरलाई इङ्गित गर्छ । यी सबै एक निर्दोष प्राणीमाथि हामीले थोपरेको दोष र गलत सोच मात्र हो । गिद्धले बरु मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाई हाम्रो वरपरको वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाएर मानव समुदायलाई नै सहयोग गरिरहेको हुन्छ । गिद्ध त यस धर्तीलाई सफासुग्घर राख्ने ‘प्रकृतिको कुचिकार’ हो ।
बिजुली प्रसारणको महाजाल
दोस्रो कार्यकालको मध्यावधिसम्मको सफलता सार्वजनिक गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफैँले बत्ती जाने समस्याको सामना गर्नु पर्यो । केही सञ्चार माध्यमले यो विषय समाचार पनि बनाए । कुलमान घिसिङकै कार्यालयमा सबैजसो सञ्चार माध्यमका पत्रकार उपस्थित कार्यक्रममै बत्ती जानुले नेपालकै विद्युत् आपू
सृजनशील किशोर, विवेकशील दक्षिणकाली नगर
सर्जक किशोर पहाडीको सार्वजनिक अभिनन्दन तथा ‘सृजनशील किशोर पहाडी’ सङ्ग्रह विमोचन कार्यक्रमका लागि २०८० साउन २० गते शनिबार कुमारी क्लब बल्खु पुग्दा लागेको थियो आजको शनिबार त्यसै बित्ने भयो । निमन्त्रणा अनुसार त्रिभुवन आदर्श मावि फर्पिङको पहेँलो बस खोज्दै बल्खु चोकबाट कुमारी क्लब जाँदा बाटोमा एक जना पनि साहित्यकार नदेखिएपछि दोमन भयो, कतै बस गइसकेको त होइन ? तर निर्धारित समयभन्दा करिब छ÷सात मिनेटअघि नै त्यहाँ पुगेका
ऐना (कविता)
न त कहिल्यै आजसम्म ऐनामा अनुहार देखियो कसैको केवल देखिनु र हेरिनुका भ्रमबाहेक ऐनामा केही देखिन्न ।
सफा गरौँ (कविता)
सफा गर्छौं घर आँगन सफा गर्छौं चोटाकोठा सफा गर्छौं सुत्ने कोठा सफा गर्छौं पूजा कोठा ।