• १० मंसिर २०८१, सोमबार

यो धरा मेरो होइन (कविता)

blog

यो धरा मेरो होइन, ताराहरूको देश  जान्छु,

बाँच्नै सकिनँ यादमा, चराहरूको देश जान्छु,


चुम्ने छ त्यो आकाशऽऽ  चिताको आगोले !

फाट्ने छ यो धराऽऽऽ क्रान्तिको वियोगले,

मृत्युको त्रासले मुटुऽऽ हुँदा छियाछिया,

सहनै सकिन ए, प्यारा, ताराहरूको देश जान्छु

बाँच्नै सकिन यादमा, चराहरूको देश जान्छु,

 

युगले सुनोस यो कथा, आहुति वियोगको,

सपना जस्तै सम्बन्ध यो, मिलन नहुने भोऽऽ

एकमुठी तातो रगत यो, धरामै चढाएरऽऽ

आहुति दिएर आफैँलाई ताराहरूको देश जान्छु

यो धरा मेरो होइन, प्याराहरूको देश जान्छुऽऽ