आस्थाको केन्द्र देवघाट
माघेसङ्क्रान्तिसँग देवघाटको धार्मिक एवंं सांस्कृतिक महìवको सम्बन्ध जोडिएको छ । सरसर्ती हेर्दा माघेसङ्क्रान्ति हुन्थेन भने देवघाटको पहिचान पनि नरहने देखिन्छ । त्यसैले माघेसङ्क्रान्ति र देवघाटको सम्बन्ध अ
मनमोहक बढैयाताल
बर्दिया जिल्लाको ठुलो तालमध्येको एक ताल हो बढैयाताल । यसको क्षेत्रफल १०९ बिघा चार कट्ठा १७.५ धुर रहेको छ । समुद्र सतहदेखि १४६ मिटर उचाइमा रहेको यो तालको गहिराइ तीनदेखि सात फिटसम्म रहेको छ ।
काठमाडौँलाई महासागरको पानी उपहार
जहाँ जे चिजको उत्पादन बढी हुन्छ, त्यहाँ त्यस वस्तुको मूल्य कम हुन्छ र जहाँ कम उत्पादन हुन्छ त्यहाँ त्यसको महìव अधिक रहन्छ । भूपरिवेष्टित देश नेपालको राजधानी काठमाडाँैलाई समुद्रवेष्टित अस्ट्रेलियाको पानी
सरसफाइमा अलमलिएका सहर
प्रकृति र मानवबिचको अन्तरसम्बन्ध सहरतर्फको बसाइँसराइले थप चुनौतीपूर्ण बनाइदिएको छ । मानव जति सभ्य, सुसंस्कृत र इमानदार बन्दै जान्छ, त्यति प्रकृतिले पनि दीर्घजीवन र सफलता प्रदान गर्ने हो । दुवैले एक अर्कालाई बचाउनु पर्छ । यस्तो संवेदनशील सम्बन्धलाई बुझ्न सबैको छाती फराकिलो हुनै पर्छ । राज्य, सङ्घ संस्था र व्यक्तिका विचार, कार्यशैली र मनोविज्ञान नफेरिएसम्म स्वच्छ हराभरा सहरको परिकल्पना गर्न सकिँदैन ।
चरैवेति–चरैवेति
कहिलेकाहीँ मन अलिक भावुक हुन्छ । तरल भएर समयका गहिराइमा बग्छ । समयका सन्नाटामा-जीवनका शून्यतामा-परिस्थितिका एकान्तमा-भीषण मौनताका मौन–कोलाहलमा नदी झैँ कलकलाउँदै बग्छ र शनैः शनैः बगिर
गोलभेँडा यात्रा र प्रयोग
सम्पूर्ण सब्जीमा गोलभेँडाले विशेष स्थान ओगटेको पाइन्छ । दैनिक खानपिनका लागि नभइनहुने गोलभेँडा जुनसुकै तरकारीमा मिल्न सक्ने भएकाले तरकारीको राजा पनि भनिन्छ । यसमा गुणै गुण भएकाले
पाका मान्छे (कविता)
साठी कटेका वा जङ्कु गरेका बुढाबुढी हैनन्, मान्छे हुन् पाका ।
पृथ्वीनारायण (कविता)
ध्रुवताराका जस्तै अनेकौँ लोककथा सुन्दै दरबारमा हुर्केको युवराज जोसजाँगर र बुद्धिले
मजबुरी (कविता)
देशको बलो छानो धुरी समाएर, त्यो युवक बसेको छ मजबुरी समाएर ।
धर्तीको स्वर्ग मुस्ताङ
चारैतिर लमतन्न सुतेको सेता हिमाल । छर्लङ्ग खुलेको आकाश । मनमोहक भूगोल । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल एवं ताल तलैया । पुरातात्त्विक संरचना, स्थानीय मौलिकता र ऐतिहासिक गुफा । पठारको प्राकृतिक सुन्दरता, तिब्बती सं
संरक्षण खोज्दै मटिहानी
जसरी जनकपुर त्रेताकालिन मिथकको रुपमा राजा जनक, भगवान राम र माता जानकी (सीता)सँग जोडिएको छ । त्यस्तै त्रेताकालिन एउटा मिथक बनेको छ महोत्तरी जिल्लाको मटिहानी । त्रेताकालमा माता जानकीको विवाहोत्सवको लागि मटिहानीमै रहेको लक्ष्मीसागर सर (पोखरी)बाट माटो खनिएको किम्बदन्ती छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम रामचन्द्र एवं
गद्दीको सपना (कथा)
जुँगेमुठे ठान्दारले जुँगा मठार्दै करायो–“मासाला अतभातेहरु तिमीहरुलाई काठमाडौँ पैदल चलान कसरी भने, एक चौकीबाट अर्को चौकीसम्म हुलाकीले चिठीपत्र र हुलाक बुझाएझैं बुझाउने हो ।” तम्तयारी अवस्थामा उभिएका तीनजना राइफलधारी तर्फ फर्केर आदेश दियो,“बुझ्यौ केटाहरु ।” “बुझिम् साप ।” भनेर सलाम ठोक्दै तनक्क तन्किए । ठान्दारले निधारमा हात मल्दै भन्यो “कतै भाग्न खोजे त्यहीँ गोली ठोकेर गाडिदिनु । अत जाओस् तर गोली खेर नजाओस् । लौ हिंडिहाल ।” फूर्तिसाथ प्रहरीहरुले राइफल लोड गरे । प्रत्येकको पछाडि एक प्रहरी र उसले बोकेको थ्री नट थ्री राइफल, ६–६ राउन्ड गोली सहित टोली चलान भयो ।
गीत
समयको टाँगोमा यति लामो डोरी टाँग्याकी तिमीले जताबाट हिँडे पनि मलाई अल्झाई मात्र रह्यो फनफनी घुमिरहन्छन् पट्यारलाग्दा रातहरू बन्दैनन् ती दिनहरू मैले द्विप जति नै बाले पनि ।
आमा (कविता)
मैले जित्दा पदक भिथ्र्यौ म लड्दा तिमी गिथ्र्यौ तिम्रो शरीर धुँवा बनेर आकाशतिर हराएको क्षण दैवले तिमीलाई मन पराएको क्षण
तिम्रो साथमा जिउँदा (कविता)
तिम्रो साथमा जिउँदा जिन्दगी नै बेग्लै हुन्छ हाँसी हाँसी साथमा यात्रा गर्दा पनि हुन्छ सजिलो हुन्छ जिन्दगीमा सँगै यात्रा गर्दा तिमी कहाँ हुन्छौ यो मनलाई छोएर हेर्दा
उपलब्धिपूर्ण बौद्धिक उपहार
मानवलगायत सम्पूर्ण जैविक जगत्को उत्पत्ति एवं विकास कसरी भयो र कसरी चलिरहेछ ? यो सांसारिक प्रपञ्च किन छ ? कुन प्रयोजनका निमित्त छ ? मानव जीवनको प्रयोजन र लक्ष्य के हो ? यस्ता प्रश्नहरूबारे जिज्ञासा राखेर लेखिएको दर्शनको पुस्तक हो ‘जिज्ञासा’ । जीवन र जगत्बारे अनेकौँ जटिल प्रश्नका विषयमा सत्यको खोजी गर्ने उद्देश्य दर्शनले राखेको हुन्छ । यही सत्यको खोजीका निम्ति गणितशास्त्रका विद्वान् अनुसन्धाता प्राध्यापक डा. होमनाथ भट्ट
ऐतिहासिक कुर्लेगढी
धनकुटाको चौबिसे गाउँपालिकाभित्र विभिन्न ऐतिहासिक स्थल छन् । तीमध्ये कुर्लेगढीको ऐतिहासिक महत्व ठुलो छ । हुन त हाल यो ऐतिहासिक गढीको भग्नावशेषको कुनै निशान भने छैन । यो गढी रहेको थुम्कोलाई अहिले पनि ‘गढीगाउँ’ भनिन्छ । यस ठाउँमा कुरुले तेनुपा माध्यमिक विद्यालयको भवन बनेको निकै वर्ष भयो । साविकको कुरुले तेनुवा गाविस र हाल चौबिसे गाउँपालिकाको वडा नम्बर ३ मा स्थित यो गढी रहेको स्थानमा विद्यालय भवन निर्माणका क्रममा यसका सबै भग्नावशेष नामेट हुन पुग्यो ।
रङ्गमञ्च र आधुनिकता
विश्व रङ्गमञ्चीय अवधारणालाई हेर्ने हो भने मुख्य रूपमा ‘बन्द’ र ‘खुला’ दुई प्रकारका रङ्गमञ्च स्पष्ट रूपमा देख्न सकिन्छ । यिनलाई ‘बद्ध’ र ‘मुक्त’ रङ्गमञ्च पनि भन्ने गरिएको पाइन्छ । बद्ध रङ्गमञ्चीय अवधारणा पश्चिमी विश्वमा पूर्वको तुलनामा धेरै पछि मात्र आएको देखिन्छ, जब कि पूर्वमा ईपू ४०० तिरै भरतमुनिले अति नै सूक्ष्म ढङ्गले नाट्यशास्त्रमा बद्ध रङ्गमञ्चको विस्तृत चर्चा गरेका छन् । बन्द वा बद्ध शब्दको शाब्दिक अर्थ हुन्छ, कुनै निश्चित सीमाभित्र बाँधिएको वा कुनै नियम वा अनुशासनभित्र राखिएको । अर्थात् एउटा नियमबद्ध, अनुशासित वा निश्चित घेरा वा क्षेत्रमा अनुबन्धित । यसरी के भन्न सकिन्छ भने बन्द वा बद्ध रङ्गमञ्च भनेको एउटा निश्चित भवन वा पर्खालभित्र अझ फराकिलो भाषामा भन्नुपर्दा निश्चित स्थान वा स्पेसभित्र आवश्यक साजस
घरेलु फुटबल एनएसएल
क्रिकेटको अनुसरण गर्दै नेपाली फुटबलमा दुई वर्षअघि फ्रेन्चाई फुटबल लिग सुरु भयो, नेपाल सुपर लिग (एनएसएल) । सन् २०२१ मा पहिलो पटक भएको एनएसएल नितान्त नयाँ प्रयोग थियो । अझ त्यसबेला कोरोनाका कारण खाली रङ्गशालामा एनएसएल खेलाइएको थियो । यद्यपि दर्शकबिना पनि एनएसएलको चर्चा व्यापक बन्यो । फ्रेन्चाई (टिम मालिक) को मोडेल, सहरको नाममा टिम र मार्की प्लेयर, खेलाडी लिलामीद्वारा टिम तयार पार्नु, टेलिभिजन प्रसारण अधिकारको बिक्री अनि सहभागी टोलीहरूले पनि थुप्रै प्रायोजकलाई संलग्न गराएर आफ्नो टिमको ब्रान्डिङ गर्नु आदि विशेषताले एनएसएलले नेपाली फुटबलमा भिन्नै स्वाद दिएको थियो ।
मेलवादेवी सङ्घर्ष र चार पात्र
आदिगायिका मेलवादेवी; जो एउटा लामिछाने गुरुङ परिवारमा नेपालको पूर्वी जिल्ला ओखलढुङ्गाको रुम्जाटारमा जन्मनुभएको थियो तर दुःखद तथ्य उहाँको जन्म महिना र गते आजपर्यन्त प्राप्त छैन । पिता ज्ञानबहादुर र माता सप्तदेवी गुरुङबाट विसं १९५४ सालमा उहाँको जन्म भयो र सुनमायाको नामले बोलाउन थालियो । यति हो, उहाँको जीवनीको उद्गम पाटो । यो जन्मसाल पनि तत्कालीन श्री ५ को सरकारले निकालेको हुलाक टिकटलाई आधार मानेर मात्र उल्लेख गर्न सकिएको हो ।
महिला उच्च प्रशासक
कुनै समय चुलो, चौका र भान्सामा सीमित हुने महिलाको उपस्थिति पछिल्लो समय राज्यको प्रशासनिक नेतृत्व तहमा उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ । नीति निर्माणको हरेक तह र तप्कामा महिलाको सङ्ख्यात्मक र गुणात्मक उपस्थिति बाक्लिँदो छ । उपस्थिति मात्र होइन राज्यको नीति निर्माण तहमा नेतृत्व गर्ने स्थानमा समेत महिलाहरूको सहभागिता बढ्दै गएको छ ।
नेपाली संस्कृतिमा घण्टा
नेपालमा घण्टीको धार्मिक महत्व ठुलो छ । हरेक मठ मन्दिरमा घण्टा वा घण्टी देख्न पाइन्छ । साना आकारका घण्टी र ठुलालाई घण्टा भन्ने गरिएको पाइन्छ । मन्दिरमा देवताको पूजा आराधना गर्न जाने भक्तजन त्यहाँ रहेका घण्टीहरु बजाउँछन् । भक्तजनद्वारा नै देवमन्दिरहरुमा घण्टा वा घण्टीहरु स्थापना गरिएका हुन्छन् । घण्टी नबजाई पूजाआजा पूरा हुँदैन भन्ने विश्वास छ । घरका पूजा कोठामा साना घण्टी राखिएका हुन्छन् । साँझ–बिहान पूजा गरेपछि वा साँझबत्ति बालेपछि घण्टी बजाइ
सम्झनामा कविशिरोमणि (कविता)
ढकमक्क फुलेका छौ स्मृतिको बाटिकाभरि कविता काव्यका छर्दै बास्ना मीठा थरीथरै छटा प्रकृतिका भित्र उधिन्छौ चेतको जिमी स्रष्टा सन्ततिका माझ झन्झन् लाग्छौ नयाँ तिमी
जिन्दगानी यात्रा (कविता)
जिन्दगानी यात्रा सधैँ कहिले नसकिने यौटा सक्नासाथै फेरि अर्को थालिहाल्ने.....