• ५ वैशाख २०८१, बुधबार

एकान्त लाग्छ काठमाडौँ (कविता)

blog

कस्तो एकान्त सहर

यो काठमाडौँ

लाग्छ यहाँ

न्याना हातहरू छँदै छैनन्

आफन्तको आभाषसम्म नपाइने

यो सहर

लाग्छ कुनै पराई ठाउँ हो 

मानवताविहीन

यो राक्षसी बस्तीमा

एक्लै हाँस्नु पर्छ

एक्लै रुनु पर्छ

एक्लै जीवन बाँच्नु पर्छ ।

यो सहर 

यहाँ कसको कोसँग

नाता हुन्छ र सायद !

यो सहर

कोलाहलमा आफैँ हराएको छ

प्रदूषणले आफैँ रोगिएको छ 

गन्तव्य नपाएर 

आफैँ भौतारिएको छ । 

आफैँ दुर्दशा भोगिरहेको छ 

वास्तवमा भित्रभित्र छटपटिरहेको छ 

गुम्सिरहेको छ

यो सहर 

स्वार्थमा लिप्त छ

जति धेरै चहलपहल भए तापनि 

एकान्त लाग्छ काठमाडौँ !