• १५ वैशाख २०८१, शनिबार

गीत

blog

मादलको घिन्ताङ मिठो, सारङ्गीको धून

नरसिङ्गाको बोली सुन्छ, आकाशको जून


सहनाइको आवाजले, अधर लजाउँछ

पञ्चे बाजा बज्यो कि त, मनै रमाउँछ 

मादलको घिन्ताङ मिठो, सारङ्गीको धुन

मैले मधुर गीत गाउँछु, तिमी चाहिँ सुन 


झ्याली बज्छ दमाहाको, आवाजमा मिली

हाम्रै बाजा हामै्र गीत, मनै झिलिमिली 

मादलको घिन्ताङ मिठो, सारङ्गीको धुन

हास्न पाको जीवनमा, हुन्न कैले रुन


नौमती र पञ्चे बाजा, देशको चिनारी

नाच्ने गाउने रमाउने, देउराली चौतारी

मादलको घिन्ताङ मिठो, सारङ्गीको धुन

सुनी कहिल्यै नअघाउने, नपाउने छुन