• २२ वैशाख २०८१, शनिबार

मलाई त पुग्छ (कविता)

blog

मलाई त केवल रमाउनु छ

धन र सुन हैन

नुन र ऊन भए पुग्छ

मान र शान हैन

स्नेह र सद्भाव भए पु्ग्छ

मलाई त केवल रमाउनु छ 

पाइन्ट र सुट हैन 

धोती र भोटो भए पुग्छ

भुजा र वुजा हैन

ढिंडो र रोटो रोटो भए पुग्छ

मलाई त केवल रमाउनु छ

पद र फोस्रो प्रतिष्ठा हैन

आस्था र निष्ठा भए पुग्छ

विदेश र परदेश हैन

हिमाल, पहाड, तराई र मधेश भए पुग्छ

मलाई त केवल रमाउनु छ ।