• १५ वैशाख २०८१, शनिबार

होली म कोसित खेलुँ (कविता)

blog

रङ्गीन होली पर्व आयो                                              

कोसित खेल्न जाऊँ ?

कृष्ण रसिया, हरि दुबई

सरिता जापानतिर गई

बाजे, बज्यै स्याँ स्याँ गर्छन्

कसलाई रङ लगाऊँ ?

श्याम अस्ट्रेलिया पढ्न गाछ

हर्के इन्डिया लाहुरे भाछ 

दुधे बच्चा च्याँ म्याँ गर्छन्

कसरी म रमाऊँ ?

साइँलाको घरद्वार बन्द छ

चन्द्रेकोमा बिलखबन्द छ 

रङ्गीन पर्व फिका लाग्यो

कसरी फागु मनाऊँ ?

रङ्गीन होली पर्व आयो 

कोसित खेल्न जाऊँ ?

कसलाई रङ लगाऊँ ?

कसरी म रमाऊँ ?

कसरी फागु मनाऊँ ?