• २३ वैशाख २०८१, आइतबार

गजल

blog

देश छोडी बिदेसिन तिमीलाई हतार थियोे 

उता भने आँसु बग्ने शोकाकुल असार थियो !


माटोसँगै रमाएर हाँसे, खेले, गोडमेल गरे

चाङ लाग्न सक्छ अझै धन यतै अपार थियो !


परिश्रमी माहुरीले कति मिठो मह दिन्छ 

काँधमा काँध मिलाए श्रमको यहीँ बजार थियो !


अल्छी भयौ, श्रम गर्न जानेनौ तिमीले 

सबै मिली जुटेदेखि आफ्नै गाउँमा कतार थियो !