सर्जकका उत्थानमा तल्लीन छ: नेपाली लेखक सङ्घ
नेपाली लेखक सङ्घ, सिन्धुपाल्चोकका अध्यक्ष नवीनबहादुर श्रेष्ठले सिन्धुका सर्जक, स्रष्टा, लेखकलगायतका साहित्य क्षेत्रको उत्थानमा सङ्घ लागिरहेको बताउनुभएको छ ।
ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते
दोलखामा ट्रकको ठक्करबाटबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका –६ चोथाङमा शनिबार बिहान ट्रकको ठक्करबाटबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
प्रधानमन्त्रीसँग मिटरब्याज पीडितको भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
टाटासुमो दुर्घटनामा तीनको मृत्यु
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ ।
त्रिसट्ठी हजार घरपरिवारमा स्मार्ट फोन
काभ्रेपलाञ्चोक जिल्लामा स्मार्ट फोन प्रयोग गर्ने घरपरिवारको सङ्ख्या बढेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लामा रहेका संस्थागतबाहेकका कुल ९१ हजार ३३० घरपरिवारमध्ये ६९ दशमलव ८ प्रतिशत अर्थात् ६३ त्रिसट्ठी हजार ७८१ घरपरिवारले स्मार्ट फोन प्रयोग गर्ने गरेको पाइएको छ।
हेटौँडाका निजी अस्पताल: शुल्क चर्को, सुविधा कम
हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले महँगो शुल्क लिँदै अस्पताल सञ्चालनमा समेत चरम लापरबाही गर्दै आएको भेटिएको छ। निजी अस्पतालले अस्पतालमा आउने महिला र पुरुष बिरामीका लागि अनिवार्य रूपमा गर्नुपर्ने छुट्टाछुट्टै शौचालयसमेतको व्यवस्था नगरेको पाइएको छ। अस्पतालजन्य फोहोर व्यवस्थापनसमेत नगर्ने गरेको देखिएको छ।
काठमाडौँ प्रवेश गर्ने दुई सडकमा आवागमन बन्द
हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको दुई वटा सडक स्तरोन्नतिको क्रममा सवारी साधन सञ्चालन आवागमन बन्दगरिएको छ ।
आर्थिक समस्या समाधान गर्न राज्यसंयन्त्र लाग्नेछ : अर्थमन्त्री महत
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक समस्या समाधानका लागि सबै राज्यसंयन्त्र लागेर समाधान गर्ने बताउनुभएको छ ।
चुरेहिल फार्मेसीमा प्रशासनको ताला
हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले नागरिकको स्वास्थ्यमाथि चरम लापरबाही गर्दैआएको पाइएको छ ।
पहिलो दिनको एसइई शान्तिपूर्ण, बारामा एक विद्यार्थीको परीक्षा रद्द
आज (शुक्रबार) बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।
एक्सरे मेसिन प्रयोगमा आएन
दोलखाको गौरिशंकर गाउँपालिकामा वर्षौदेखि एक्सरे मेसिन स्टारेमै थन्किएपछि प्रयोगमा आउन सकेको छैन । गाउँपालिका –५ सुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति (रेडियोग्राफर) नहुँदा एक्सरे मेसिन वर्षौदेखि स्टोरमै थन्किएको हो ।
चोरीका खसी बोका किनबेच गर्ने तीन जना पक्राउ
चोरीका खसी बोका किनबेच गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मन्त्री श्रेष्ठद्वारा एसइई परीक्षाको अनुगमन
आजबाट सुरु भएको एसइईको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले अनुगमन गर्नुभएको छ ।
एक लाखमा १५१ जना मातृ मृत्यु
नेपालमा प्रतिलाख १५१ जना आमाको सुत्केरी अवस्थामा मृत्यु हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा मातृ मृत्यु हुने गरेको हो ।
नयाँ मन्त्रीको शपथ आजै ३ बजे : कांग्रेस फेरि सत्तामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित सरकारमा संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजैबाट सत्तारुढ हुने भएको छ ।
फिनिक्स कलेजद्वारा पाँच जना खेलाडीलाई सम्मानित
फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्रिकेट खेलमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो ।
पत्ता लाग्दैनन् क्षयरोगका बिरामी
दोलखामा शङ्कास्पद क्षयरोगीमध्ये ५० प्रतिशत बिरामी पत्ता लगाउन नसकिएको पाइएको छ। रोग पत्ता लगाउन नसकेकै कारण जिल्लामा दिनानुदिन क्षयरोगको बिरामी बढ्दै गएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रतिवेदनअनुसार दोलखामा क्षयरोगका ४८ जना नयाँ बिरामी फेलापरेका छन्। क्षयरोगकै कारण हालसम्म मृत्यु नभए पनि क्षयरोगीको भने बढ्दो अवस्थामा छ।
दाउरा प्रयोग घटेपछि जङ्गल हराभरा
जिल्लाको कमलामाई नगरपालिका–४, मल्लागाउँनिवासी तुलसा दाहालले खाना पकाउँदा तथा घरको अन्य कामका लागि दाउरा प्रयोग गर्न छाड्नुभएको पाँच वर्षभन्दा बढी भयो। उहाँले दाउराको विकल्पमा ग्यास चुलो प्रयोग गर्दै आउनुभएको छ। प्रविधि विकाससँगै सजिलो हुने भएकाले दाउराको विकल्पमा ग्यास चुलो प्रयोग गरेको उहाँले सुनाउनुभयो। उहाँले भन्नुभयो, “दाउरा प्रयोग गर्दा निस्किने धुवाँले घर पनि फोहोर हुन्छ। धुवाँले श्वासप्रश्वास, दमलगायतका रोग निम्तिने पनि उत्तिकै समस्या हुन्छ।” अहिले गाउँमा ग्यास चुलो प्रयोग बढ्दै र पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै गएपछि दाउरा, स्याउला उपयोगमा कमी आउँदा वन–जङ्गल फँडानी रोकिएर हराभरा बन्दै गएको उहाँले सुनाउनुभयो।
मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती प्रदेश सरकार विस्तारमा ढिलाइ
केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै बागमती प्रदेशमा भएको सत्ता समीकरणपछि सरकार विस्तारमा ढिलाइ भएको छ। फेरिएको गठबन्धनमा रहेका दलबीच भागबन्डा नमिल्दा सरकार विस्तारमा केही दिन ढिलाइ हुने भएको छ। सरकार विस्तारमा ढिलाइका कारण प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आठवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। एक महिनाभन्दा लामो समयदेखि चारवटा मन्त्रालयको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री जम्कट्टेलमाथि गत शुक्रबार थप चारवटा मन्त्रालयको बोझ थपिएपछि आठवटा मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ।
ह्विल चेयर ट्रेल निर्माण
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीमा ह्विल चेयर ट्रेल निर्माण गरिएको छ। ह्विल चेयर प्रयोगकर्तालाई बनेपाबाटै काठमाडौँ उपत्यका तथा उत्तरतर्फका करिब १४ वटा हिमालको दृश्यावलोकन गराउने उद्देश्यले ह्विल चेयर ट्रेल निर्माण गरिएको हो।
पूर्ण रूपमा खुल्दै चीनसँगका नाका
नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका कारण अवरुद्ध नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बसेको बैठकमा चैत १८ गतेदेखि रसुवागढी–केरुङ नाकामार्फत दुईतर्फी व्यापार र जनसम्पर्कका लागि आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो ।
लापरबाहीले सवारी चलाउने प्रहरी जवान निलम्बनमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले लापरबाहीपूर्वक सवारी साधन चलाएको आरोपमा एक प्रहरी जवानलाई निलम्बन गरेको छ । भीमफेदी कारागारका थुनुवा बोकेको गाडीका चालक प्रहरी जवान बिबेक नेपालीलाई निलम्बन गरिएको हो ।
परीक्षा अवधिभर कोठाभित्रको तस्बिर र दृश्य खिच्न रोक
राममणि दाहालहेटौँडा, चैत १६ गते। यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार बिहानबाट सुरु हुँदैछ।बागमती प्रदेशमा एईई तयारीको कामहरु पूरा भएको भन्दै परीक्षार्थीमा समेत मनोवैज्ञानिक त्रास उत्पन्न हुने कार्य नगर्न आग्रह गरिएको छ ।बागमती प्रदेशको प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले एसईई परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नु पूर्व एवं परीक्षा सञ्चालन भइरहेको अवधिमा कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारले तस्बिर वा भिडियो नलिन आग्रह गरेको छ । साथै समितिले तोकिएको निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्तिहरु एकैपटक वा पटक-पटक परीक्षा हलमा प्रवेश नगर्नसमेत भनेको छ ।बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाका सूचना अधिकारी शारदा मैनालीले एसईईलाई व्यवस्थित, मर्यादित र भयरहित बनाई परीक्षार्थीले निर्धक्कसँग परीक्षा दिने वातावरण निर्माण गर्न यस्तो आग्रह गरिएको जानकारी दिनुभयो ।परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नु पूर्व एवं परीक्षा सञ्चालन भइरहेको अवधिमा तस्बिर वा भिडियो लिँदा र निरीक्षक बाहेकका व्यक्ति प्रवेश गर्दा परीक्षाको वातावरण अस्वस्थ हुने तथा परीक्षार्थीमा समेत मनोवैज्ञानिक त्रास उत्पन्न हुनसक्ने भन्दै उहाँले परीक्षार्थीले निर्धक्कसँग परीक्षा दिने वातावरण बनाएर दिनका लागि शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, पत्रकार, सुरक्षाकर्मीलगायतलाई अनुरोध गर्नुभएको छ ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने एसईईका लागि प्रदेशभित्रका सबै जिल्लाका परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्याइसकिएको र परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्नपत्र पुगिसकेको बताउनुभयो। यो वर्ष एक लाख एक हजार ७३३ जना परीक्षार्थी सहभागी हुँदै छन्।परीक्षामा कर्मचारी र प्रहरी गरी १५ हजार ८८६ जना खटिने छन्।यही चैत २९ गतेसम्म हुने एसईईका लागि प्रदेशभर ४३४ परीक्षा केन्द्र कायमभएको छ ।यो वर्षको एसईईमा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ३६ हजार ५७७ जना र सबैभन्दा कम रसुवा जिल्लाबाट ६२६ जना परीक्षार्थी रहेका छन्।काठमाडौँ जिल्लामा १२३ र रसुवा जिल्लामा पाँच वटा परीक्षा केन्द्र रहेको छ।परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।