मिर्गौला, क्यान्सर र पक्षघातका बिरामीलाई काठमाडौं महानगरले उपचार खर्च दिने
काठमाडौं महानगरपालिकाले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने भएको छ ।
‘अण्डरग्राउण्डमा’ सञ्चालित व्यवसाय खाली गर्न निर्देशन
काठमाडौं, भदौ ९ गते। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले बिहीबार पनि नयाँबानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिएको छ।ती क्षेत्रको अवलोकनपछि उहाँले पार्किङका लागि निर्माण गरिएका स्थान सोही प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिनुभएको हो।तत्काल उक्त संरचना हटाएर नक्सा पासअनुरुप पार्किङको व्यवस्था गर्न निर्देशन दिएको छ। अल्फा हाउसको पार्किङ गर्नका लागि तय गरिएको स्थानमा ‘ल्याब’ सञ्चालन गरिएको छ भने शङ्खमूलको बर्गर हाउस बेसमेन्ट पार्किङमा सञ्चालित छ। यी दुवैलाई तत्काल हटाउन प्रमुख साहले निर्देशन दिनुभएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो।त्यसैगरी अहिले नगर प्रहरी प्रमुखसहितको टोली गौशाला पुगेको छ टोलीले त्यहाँ मुक्तिनाथ विकास बैंक रहेको भवनको बारेमा जानकारी लिने र आवश्यकता अनुरुपको निर्देशन र कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ। बानेश्वर र शङ्खमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीलाई भाडा दिएका ठाउँमा पनि उक्त टोलीले अवलोकन गरेको छ। अवैध संरचना हटाउनका लागि कामपाले यसअघि ३५ दिने सूचना जारी गरेको थियो। उक्त सूचनाको बेवास्ता गरेपछि कामपा ‘एक्सन’मा उत्रिनुपरेको प्रमुख साहको भनाइ छ। रासस
अवैध संरचना निरन्तर भत्काइन्छः कामपा
काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ ।
मकैका चार नयाँ जात सिफारिस
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुरले मकैका चारवटा नयाँ जात सिफारिस गरेको छ । सिफारिस गरिएका तीनवटा वर्णशङ्कर मकैको जातमा रामपुर हाइब्रिड (वर्णशङ्कर) १२, १४, १६ र एउटा खुला सेचित मकैको जात मनकामना ९ रहेको छ । वर्णशङ्कर मकै रामपुर १२, १४ र १६ यसै वर्ष तथा खुला मनकामना ९ सन् २०२१ मा सिफारिस गरिएको हो । यी नयाँ जातमध्ये खुला सेचित मकै मनकामना ९ लगाएको १३२ दिनमा पाक्नेछ । प्रतिहेक्टर ५.४४ मेट्रिक टन उत्पादन हुने यो मकै समुद्र सतहबाट आठ सय मिटरदेखि एक हजार छ सय मिटर उचाइसम्मको मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यकमका प्रमुख चित्रबहादुर कुँवरले जानकारी दिनुभयो ।
भुजेल गाउँमा घरघरै खानेपानी धारा
शैलुङ गाउँपालिका–४ चिनाखोरियाका भुजेल २२ घरपरिवाले घर आँगनमै खानेपानी प्रयोग गर्न पाएपछि खुसी भएका छन् । घर आँगनमै खानेपानी प्रयोग गर्न पाएपछि ९७ वर्षीया रत्नकुमारी भुजेल खुसीले गदगद हुनुहुन्छ ।
अनधिकृत संरचना धमाधम भत्काइँदै
काठमाडौँ महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । नक्सा पास नगरी अनधिकृत रूपमा निर्माण गरिएका तथा नक्सा पास भए पनि त्यसविपरीत बनाइएका संरचना भत्काउने कार्यलाई महानगरले अभियानका रूपमा सुरु गरेको हो । यसरी अनधिकृत रूपमा निर्माण गरिएका टहरा भत्काउने कार्य महानगरमा धेरै समयपछि पुनः थालिएको छ ।
नौ किलो खपटासहित तीन पक्राउ
संरक्षित वन्यजन्तु सालकको आखेटोपहर (खपटा) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी कार्यालय सुविधासम्पन्न बन्दै
भौतिक संरचना र सुविधाका दृष्टिले कमजोर रहेका बागमती प्रदेशका प्रहरी इकाइहरूले पछिल्लो समय सुविधासम्पन्न पूर्वाधार पाएका छन् । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी इकाइका लागि सुविधासम्पन्न भौतिक पूर्वाधार बनाउने नीति लिएसँगै प्रहरी इकाइको भवनलगायतका भौतिक संरचना निर्माण भएको हो । सङ्घीय सरकारमातहत रहेका प्रहरी इकाइहरूको भौतिक संरचना निर्माण र सवारीसाधन खरिदमा प्रदेश सरकारले खर्च गरेको भन्दै प्रश्न उठाइँदै आए पनि प्रदेश सरकारले प्रहरी इकाइहरूलाई सुविधासम्पन्न बनाउन कार्यक्रम र बजेटलाई निरन्तरता दिँदै आएको छ ।
मिटरब्याजीविरुद्धसत्र उजुरी
चर्को ब्याजदरमा ऋण लगानी गर्ने मिटरब्याजीविरुद्धमा उजुरी गर्न गृह मन्त्रालयले आग्रह गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा आफूहरूलाई चर्को ब्याज दरमा ऋण लगानी गरेको भन्दै १७ जना पीडितले उजुरी दर्ता गराएका छन् । साउन २७ गते गृहमन्त्रीस्तरीय बैठकले भदौ ५ गतेसम्ममा मिटरब्याजीविरुद्धमा उजुरी दिन निर्णय गरेको थियो । मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउने समयमा काभ्रेपलाञ्चोक जिल्लामा १७ जनाले २१ जना मिटरब्याजी र चारवटा सहकारी संस्थाको नाममा मिटरब्याज र ठगी भएको भन्दै उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्लामा मिटरब्याजी र मिटरब्याजमा पैसा लगाउने संस्थाबारे छानबिन गर्न बाँकी रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । उहाँले कार्यालयमा परेका उजुरीको विषयमा गृह मन्त्रालयबाट जारी भएको कार्यविधिका आधारमा छानबिन गरिने बताउनुभयो ।
दोलखामा अपराधिक घटनामा कमी
एक वर्षको अवधिमा दोलखामा समग्र अपराराधिक घटनामा कमी आएको छ । आर्थिक वर्ष ०७७/०७८ को तुलनामा गएको एक वर्षमा अपराधिक घटनामा कमी भएको हो ।
बेपत्ता भएका एक युवकको शव फेला
दोलखाको बिगु गाँउपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको ड्याममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।
सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना : लगानी गर्न बङ्गलादेश गम्भीर
काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बङ्गलादेश तयार देखिएको छ ।
नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । यहाँ बुधबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो ।
चुनाव घोषणापछि प्रचण्ड पहिलो पटक चितवनमा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा पछि पहिलो पटक बुधबार गृह जिल्ला चितवन आउनु भएको छ ।
दुई खर्बको आयात, ८० करोडको निर्यात
नेपाल–चीनको तातोपानी र रसुवागढी नाका बन्द भए पनि चीनबाट २०७८/७९ मा मात्र दुई खर्ब रुपियाँ बराबरको सामान आयात भएको छ भने नेपालबाट ८० करोड रुपियाँको समान मात्र निर्यात भएको छ । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १८ अर्ब ७६ करोड रुपियाँ बराबरको समान आयात भएको छ भने छ करोड रुपियाँ बराबरको समान निर्यात भएको छ ।
नसर्ने रोगको सूचीमा उच्च रक्तचाप
सहरीकरणका कारण मानिसको खानपान, रहनसहनमा परिवर्तन आएसँगै शारीरिक व्यायाम नहुँदा पछिल्लो समय नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो रहेको छ। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पछिल्लो एक वर्षमा नसर्ने रोगमध्ये जिल्लामा पहिलो सूचीमा परेको उच्च रक्तचापका १४ हजार ४२० बिरामीको उपचार भएको छ।
सेवाग्राहीलाई नमस्कारसहित सेवा
सिन्धुली जिल्लाको नौवटा स्थानीय तहमध्ये दुधौली नगरपालिका–३ को वडा कार्यालयले सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिन सुरु गरेको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा महिला निर्वाचित भएर आएसँगै मुस्कानसहितको सेवा सेवाग्राहीले पाउन थालेका छन्। स्थानीय खड्गबहादुर सार्कीका अनुसार निर्वाचित भएको तीन महिना नबित्दै वडाध्यक्षले वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार गर्नुभएको छ। उहाँका अनुसार कार्यालयमा पुगेका सेवाग्राही सबैलाई कर्मचारीदेखि जनप्रतिनिधिसम्मले नमस्कार गरेर मुस्कानसहितको सेवा दिने गरेका छन्।
सत्तरी करोडको कालोपत्रे टिकेन
उत्तरी क्षेत्र दोलखाको मुख्य सडक दोलखा–सिँगटी सडक वर्षासँगै आएको बाढीपहिरोले कतै भासिने र कतै कालोपत्रेमा क्षति पुगेपछि सवारीसाधन सञ्चालनमा जोखिम बढेको छ। दोलखा बजारदेखि सिँगटी बजारसम्मको ३५ किलोमिटर सडक दुई वर्षअघि सडक विभागले ७० करोड रुपियाँको लागतमा कालोपत्रे गरेको थियो। कतै पहिरो, कतै कालोपत्रे भत्किएर खाल्टाखुल्टी हुँदा यात्रा जोखिमपूर्ण बनेको हो । अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो खसेको, सडकमा खाल्टाखुल्टी परेको र कतिपय स्थानमा खोलाको पानी सडकबाट नै बग्ने गरेको छ। कालिञ्चोक, बिगु र गौरीशङ्कर गाउँपालिका जोड्ने मुख्य सडक क्षति पुगेसँगै जिल्ला सदरमुकाम चरीकोट हुँदै राजधानी काठमाडौँलगायतका स्थानमा आवतजावत गर्ने सवारीसाधन र यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
प्रदेशका युवालाई ५० हजार कमाउने बनाउँछौँ : मुख्यमन्त्री पाण्डे
हेटौँडा,भदौ ७ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका युवालाई मासिक ५० हजार कमाउन सक्ने दक्ष नागरिक बनाउने बताउनुभएको छ। बागमती उद्योग परिषद्ले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को तयारी बैठकमा उहाँले प्रदेश सरकारले तीन महिना बन्द प्रशिक्षण दिएर पहिलो चरणमा १० हजार जनशक्ति उत्पादनको कार्यक्रम राखेको जानकारी दिनुभयो। उहाँले उच्च प्रविधिको मेसिन सञ्चालनका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने र आफ्नो देशको युवा खाडीमा कठिन श्रम गर्न बाध्य हुनुपर्ने अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले उक्त कार्यक्रम गर्ने योजना बनाएको प्रष्ट्याउनुभयो। अब पहिलो प्राथमिकता दक्ष युवा उत्पादन गर्नु रहेको उहाँको भनाइ छ । घरमा स्नातकोत्तर सकेर बसेका छोराछोरी भए पनि सामान्य मेसिन बिग्रँदा र पानीको पाइप कस्नुपरेमा पनि समस्या हुनु भनेको शैक्षिक प्रणालीमा समस्या रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। कच्चा पदार्थ प्राप्त हुने स्थान नजिकै उद्योग खोलेर उद्योग ग्रामको विकास गर्नुपर्ने उहाँको भनाइ छ। कच्चा पदार्थ टाढाबाट ढुवानी गरेर उत्पादन गर्दा लागत मूल्य बढ्ने मुख्यमन्त्री पाण्डेले जनाउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले औद्योगिक क्षेत्र, करको दायरा, ऊर्जा, नापतौल सबै सङ्घीय सरकारको मातहतमा नै हुनुले प्रदेश सरकारले अधिकार नपाएको बताउनुभयो। प्रदेश सरकारले छोटो समयमा उपलब्धिमूलक काम गर्नुपर्ने र सोही दिशामा आफूहरु लागेको उहाँको भनाइ थियो। रासस
काठमाडौंमा सम्पदा लक्षित ‘लोकल गाइड’ तालिम
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको शुभारम्भ गर्नुभएको छ ।
जयपृथ्वीबहादुर सिंहको जन्मजयन्ती मनाइयो
काठमाडौं, भदौ ७ गते। गोरखापत्र संस्थानद्वारा जयपृथ्वीबहादुर सिंहको जन्मजयन्ती मनाइएको छ। नेपाली समाजको ऐतिहासिक धरोहरका रुपमा प्रकाशित गोरखापत्र प्रकाशनको पृष्ठभूमिसँग उहाँको विशिष्ट योगदान जोडिएको छ। गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले राष्ट्रिय विभूति सिंहको संस्थान प्राङ्गणमा रहेको अर्ध कदको सालिकमा माल्यार्पण गर्नुभयो। संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सिंहको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गर्नुभयो। यसैगरी संस्थान प्रकाशनका प्रमुख, विभागीय प्रमुख, पत्रकार तथा कर्मचारीले सालिकमा मल्यार्पण गरेर उहाँप्रति सम्मान प्रकट गर्नुभयो।जयपृथ्वीबहादुर सिंहको अर्ध कदको सालिकमा माल्यार्पण गर्नुहुँदै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी । अर्थ विभाग प्रमुख यमप्रसाद कँडेलले गोरखापत्रको प्रकाशनमा सिंहको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो। उहाँले हरेक वर्ष भदौ ७ गते मानवतावादी व्यक्तित्व सिंहको जन्म जयन्ती मनाउने गरिएको जानकारी गराउनुभयो। गोरखापत्रको ९८ औं तथा संस्थानको ३६ औं वार्षिकोत्सवको उपलक्ष्यमा वि.सं. २०५५ वैशाख २४ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गोरखापत्रका संस्थापक सिंहको सालिक अनावरण गर्नुभएको थियो।नेपालको एकीकरण पूर्व राजा रजौटालाई सम्मान स्वरुप मुख्तियारी दिने प्रचलन रहेअनुसार नै बझाङ्गी राजा शक्ति सिंहपछि २० सौं पुस्ताका राजा जयपृथ्वीबहादुर सिंह हुनुहुन्थ्यो। राणाकालमा शिक्षा र मानवताको चिराग बनेर उहाँले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सिंहद्वारा लिखित बालबालिकाका लागि ‘अक्षराङ्क’ नामक पुस्तकले १९५८ सालमा नेपाली समाजमा नयाँ क्रान्ति ल्याएको थियो। बालबालिकालाई नेपाली भाषाका माध्यमबाट प्रारम्भिक शिक्षा दिनुपर्छ भन्नेमा उहाँ लाग्नुभएको थियो। उहाँले ‘अक्षरमाला’, ‘पदार्थ तत्त्व विवेक’, ‘बालबोध-भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, ‘श्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत व्याकरण’, ‘भूगोलविद्या’, ‘अमानवतावाद सम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता दार्शनिक पुस्तक लेख्नुभएको छ। यी पुस्तकको अध्ययन गर्दा सिंह लेखनमा अब्बल रहेको प्रष्ट हुन्छ। व्यक््यद्यपि यस्ता उदार व्यक्तित्व सिंहलाई राणा शासनले सहन सकेन र देश निकाला गर्यो। फलस्वरुप, जीवनको अन्तिम कालमा भारतको निर्वासनमा रहँदा त्यहाँको ब्रिटिस कम्पनी सरकारले राजबन्दी बनाएर राखेकै अवस्थामा वि.सं. १९९७ असोज १ गते बेङलोरमा उहाँको निधन भयो। मृत्युपछि भने उहाँको योगदानको सम्झना हुन थालेको हो। मानवतावादी नेता सिंहको बुवा विक्रमबहादुर सिंह र आमा रुद्रकुमारीको कोखबाट वि. सं. १९३४ भदौ ७ गते जन्म भएको थियो।
चितवनमा बन्दको आंशिक प्रभाव, पाँच जना बन्दकर्ता प्रहरी नियन्त्रणमा
विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवन जिल्लामा आंशिक रुपमा परेको छ । यहाँको मुख्य बजार क्षेत्रका पसलहरु बन्द छन् भने चितवन भएर चल्ने लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् ।
काभ्रे प्रशासनमा तीस मिटरब्याजीविरुद्ध उजुरी
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ ।
पञ्चकन्या पोखरी पर्यटकीय गन्तव्य बन्दै
सिन्धुली जिल्लाको मरिण गाउँपालिका–५, महादेवस्थानस्थित जिल्लाकै एक मात्र प्राकृतिक पोखरीका रूपमा रहेको ऐतिहासिक पञ्चकन्या पोखरी पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ। मरिण गाउँपालिकाका सूचना अधिकारी सुदीप केसीका अनुसार पालिकाले पोखरीको संरक्षणसहित प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुरु गरेको छ। उहाँका अनुसार जिल्लाको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु-याउने लक्ष्यसहित गुरुयोजना बनाएर पोखरी आसपासमा पूर्वाधार निर्माणका क्रममा अहिलेसम्म घेराबार, पिकनिक स्थल, शौचालय, स्नान घर, खानेपानी र पोखरी स्थलसम्म पुग्ने सडकको व्यवस्था भइसकेको छ। प्रतीक्षालय र प्रशासनिक भवनको निर्माण कार्य भइरहेको छ।