• १२ पुस २०८१, शुक्रबार

चितवनमा बन्दको आंशिक प्रभाव, पाँच जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

blog

नेपाल बन्दको दिन मंगलबार चितवनको मुख्य बजार नारायणगढ क्षेत्र । तस्विर– शान्ता अधिकारी

शान्ता अधिकारी 

चितवन, भदौ ७ गते । विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवन जिल्लामा आंशिक रुपमा परेको छ । यहाँको मुख्य बजार क्षेत्रका पसलहरु बन्द छन् भने चितवन भएर चल्ने लामो र छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् ।

बन्दको त्रासले यहाँका शैक्षिक संस्था भने पूर्णरुपमा बन्द छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या ज्यादै न्यून देखिएको छ ।

'बन्दकर्ता हुँ' भन्ने व्यक्तिहरुले चितवनका विभिन्न स्थानमा एउटा निजी कार, तीन वटा बस र दुई वटा ट्रकमा सामान्य क्षति पु¥याएका छन् । सवारी साधनमा ढुङ्गा हानेको र तोडफोड गरेको अभियोगमा प्रहरीले चार वटा मोटरसाइकलमा चढेर आएका पाँच जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार नियन्त्रणमा लिइएकाहरुमा भरतपुर महानगरपालिका २३ का अमित घिसिङ, बारा घर भएका हाल भरतपुर ९ बस्ने राजनबाबु सिंह, भरतपुर ७ बस्ने सुरज शर्मा, सोही ठाउँका सुदीप पौडेल र भरतपुर २ का गणेश श्रेष्ठ  छन् । 

प्रहरी प्रवक्ता अधिकारीका अनुसार बन्दको अवज्ञा गरेको भनी उनीहरुले प्रदेश ३–०–०१ क –०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बर, ना ५ ख १४३१ नम्बर र प्रदेश २–०–३–००१ ख ००९८ नम्बरका गरी तीन वटा बस, ना ५ ख २२६३ नम्बर, ना ४ ख ८३२५ नम्बर गरी दुई वटा ट्रकमा बन्दकर्ताले ढुङ्गा हानेकाले सिसामा सामान्य क्षति पुगेकाे छ ।