सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने
मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो ।
सौराहामा हात्तीको सूँड काटियो
चितवनको सौराहामा निजी हात्तीमाथि आक्रमण हुँदा सूँड काटिएको छ । मङ्गलबार राति करिब साढे ११ बजेतिर दीपक खतिवडाले पाल्नु भएको हात्तीमाथि नचिनेका व्यक्तिले आक्रमण गरी सूँड काटेका छन् ।
दुवै खुट्टा नभएका हरि सगरमाथा चढ्न आधार शिविरतर्फ प्रस्थान
पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वसको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । बुधबार त्रिभुवन विमानस्थल हुँदै उहाँ सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएको हो ।
विकट झार्लाङमा खानेपानीको शिलान्यास
उत्तरी धादिङको झार्लाङ वडा भरका नागरिकका लागि घर घरमा धारा पुर्याउने उद्देश्यले खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।
सिक्किममा हिमपहिरो : तीन नेपालीसहित सातको मृत्यु
सिक्किममा मङ्गलबार गएको हिमपहिरोमा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हिमपहिरोमा परेर ज्यान गुमाएका सातमध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको हो ।
मान्द्रा बुनेरै जीविकोपार्जन
जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्नुहुन्छ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा ।
ट्र्याक खोलेको चालीस वर्षपछि कालोपत्रे हुने
उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयसहित आयोजना निर्माणको क्रममा निर्माण गरिएको सडकको स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ ।
फोहोर फ्याँके पाँच हजार
बीपी राजमार्गलाई फोहोर बन्न नदिन र सफा राख्न नयाँ अभियान सुरु गरिएको छ । सडक सफा राख्न सिन्धुलीबाट अभियान सुरु गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले अहिले बीपी राजमार्गमा जथाभावी फोहोर नफाल्न हरेक गाडीलाई रोकेर सम्झाउने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झाउने काम १५ दिनसम्म गर्छौं । त्यसपछि जथाभावी फोहोर फाल्ने गाडीलाई नगरपालिकाको रसिदमा पाँच हजार रुपियाँसम्म जरिवाना सुरु गर्छौं ।” डिभिजन वन कार्यालयको आर्थिक सहयोग, कमलामाई नगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा अभियान सुरु गरिएको छ ।
‘मुख्य गन्तव्य बन्दै बखान सहकारी’
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको ‘बखान सहकारी’ यहाँको मुख्य गन्तव्य बन्दै गएको बताउनुभएको छ । ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा दाहालले भरतपुरका सातवटा मुख्य गन्तव्यमा बखान सहकारी समावेश भएको बताउनुभयो ।
आलु सुपरजोनमा इँटा फलाइँदै
सरकारले दिएको अनुदानको दुरुपयोग कसरी भइरहेको छ भन्ने उदाहरण काभ्रेको एउटा कृषि कार्यक्रम बनेको छ। ‘आलु सुपरजोन’का लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जमिनमा पहिलो पटक आलु रोपियो पनि तर अहिले भने त्यही जमिनमा इँटा बनाउन थालिएको छ।
लामिछानेविरुद्ध चार उजुरी
आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् ।
नेपालमा ओमिक्रोनका नौ वटा ‘सब भेरियन्ट’सक्रिय : सचेत रहन विज्ञको सुझाव
ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी १.१६ डेल्टा भेरिएन्टसँग मिल्दाजुल्दो भएकोले सचेत रहन सरुवारोग विशेषज्ञले आग्रह गरेका छन्।
लोकतान्त्रिक जनजाति महासङ्घको अध्यक्षमा शेर्पा
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको अध्यक्षमा पासाङ शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताउनुभएको छ ।
बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई
नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’ । यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै फेरि प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ ।
काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर
महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडौं लगियो ।
सञ्चालनमा आएन चिल्ड्रेन पार्क
दोलखाको गौरीशङ्कर गाउँपालिकामा चिल्ड्रेन पार्क निर्माण भएको करिब एक वर्ष पूरा हुन लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन। गाउँपालिकाको वडा नं. ५, इविथानमा रहेको सो पार्कमा ताला लगाइए पनि स्थानीय बालबालिकाले पार्कको द्वार नाघेर खेल्ने गरेका छन्। चिल्डे«न पार्क चाँडै सञ्चालनमा आउन सके स्वास्थ्य केन्द्र, विद्यालय र बजार क्षेत्रमा आउने बालबालिकालाई फुर्सदको समयमा रमाउन मिल्ने स्थानीय छिन्डोमा शेर्पाले बताउनुभयो।
अन्योलमा रत्नज्योति बजार
रामेछापको उमाकुण्ड गाउँपालिका–२, बाम्तीभण्डारमा रहेको रत्नज्योति बजारको भविष्य अन्योलमा छ। सिद्धेश्वर माध्यमिक विद्यालयको भोगाधिकार भएको जग्गामा विस्तार भएको यो बजार उठाउने वा व्यवस्थित गर्ने ठोस निर्णय हुन नसक्दा अन्योल सिर्जना भएको हो। रामेछाप, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाको समेत केही क्षेत्रको बजार केन्द्रका रूपमा विकास भएको रत्नज्योति बजार २०६१ मा विस्तार भएको हो।
इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा
इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा पुगेको छ । गोदावरी पुल नजिकै झन्डै ५० मिटरमा निर्माण सम्पन्न भएपछि सबै ठेक्का सकिने छन् ।
चितवन २ मा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट न्यौपानेको मनोनयन दर्ता
चितवन क्षेत्र २ मा वैशाख १० गते हुन लागेको सङ्घीय उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ र नेकपा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कीर्तिपुरमा शहीदको स्मरणमा प्रभातफेरि
वि.सं. २०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त शहीदको स्मरणमा कीर्तिपुरमा प्रभातफेरि गरिएको छ ।
नेपाली कलाकारलाई भारतीय चलचित्रमा देख्न चाहन्छु : निर्देशक द्विवेदी
भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ ।
ब्रह्मायणी र अप्पर ब्रह्मायणी जलविद्युत आयोजनाको लागि वित्तीय स्रोत सुनिश्चित
जुगल गाउँपालिका वडा नम्बर २ र ३ मा निर्माण हुने ३५ दशमलव ४७ मेगावाटको ब्रम्हायणी जलविद्युत आयोजना र १५ दशमलव १५ मेगावाटको अप्पर ब्रम्हायणी जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत सुनिश्चित भएको छ ।
अघि बढ्यो दरौदी कोरिडोर प्रसारण लाइन
दरौँदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मर्स्याङ्दी (दरौँदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ ।