कर्मचारी संघमा ४१ सदस्यीय कार्य समिति चयन
नेपाल सार्वजनिक सेवा कर्मचारी संघमा ४१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ ।
सिन्धुपाल्चोकका नेताद्वारा युपिभिसी उद्योग संचालन
सिन्धुपाल्चोकका राजनैतिक ब्यक्तिहरु मिलेर भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट, सल्लाघारी नजिकै एएसके युपिभिसी फेब्रिकेशन एण्ड ईन्जिनियरिङ प्राइभेट लिमिटेड उद्योग संचालन गरेका छन् ।
भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक
जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ।
अवधि सकिँदा पनि मैलुङ–स्याफ्रुबेँसी सडकको प्रगति न्यून
निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरू काम हुन सकेको छैन ।
बाल साहित्यिक संस्था र मायाघरकी संस्थापक सम्मानित
रुद्रप्रसाद रिजाल स्मृति पुरस्कार कोष, हेटौंडाद्वारा स्थापित रुद्रप्रसाद रिजाल तथा विष्णुकुमारी रिजाल स्मृति सम्मान बाल साहित्यिक संस्था र मायाघरका संस्थापकलाई प्रदान गरिएको छ।
१८० किलो गाँजासहित भारतीय नागरिक पक्राउ
ठूलो परिणाममा लागु औषध गाँजासहित चितवन प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
अवरुद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ। प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो।
बास पाउँदै दानबहादुर
पाटीको बास भएका दोलखाको तामाकोशी गाउँपालिका–१, भीरकोट माझी गाउँका ६५ वर्षीय दानबहादुर माझीले बस्ने बास पाउने हुनुभएको छ। गत चैत १३ गते गोरखापत्र अनलाइनमा प्रकाशित सडकले सुकुम्बासी बनाएपछि बिचल्लीमा दानबहादुर शीर्षकको प्रभावले वडा कार्यालयले घर बनाइदिने भएको हो।
धुलिखेललाई ‘स्वस्थ सहर’मा सूचीकृत गर्न पहल
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई देशकै पहिलो ‘स्वस्थ सहर’मा सूचीकृत गर्न पहल सुरु गरिएको छ। सरकारले लिएको दिगो विकास लक्ष्यका १७ वटा सूचकमध्ये गरिबी निवारण, गुणस्तरीय शिक्षा, गुणस्तरीय खानेपानी र शून्य कार्बन उत्सर्जन गरी चारवटा लक्ष्य पूरा गरेको धुलिखेल नगरपालिकाले नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)मा पहल गरेको हो।
नारायणगढ–मुग्लिन सडक: पहिरोको जोखिम उच्च
सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडक भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष छ। भूगर्भविद् डा. रञ्जनकुमार दाहाल सडकसँगैका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत रहेको बताउनुभयो।
गैरी गाउँमा महानगरविरुद्ध विरोध प्रर्दशन
गैरी गाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने खबर सुनेसँगै स्थानीय विरोधमा उत्रिएका छन्।
मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी
यहाँका विभिन्न स्थानमा पाइप लाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक
सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी ।
डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ ।
भरतपुर अस्पताल बहिरङ्ग सेवा : चिकित्सक भेट्न चार दिन
भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरङ्ग सेवामा रुमलिइरहनुभएको छ । आज (शुक्रबार) बहिरङ्ग विभागमा भेटिनुभएका उहाँले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुःख पाएको गुनासो गर्नुभयो ।
बीमा रकम दिलाइ दिन्छु भनी ठगी गर्ने ६ पक्राउ
वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै मृत्यु भएकाहरूको परिवारलाई बीमा रकम दिलाई दिन्छु भनी परिवारका सदस्यलाई प्रलोभनमा पारी ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिस्केट जात्रा अनुगमन
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको छ ।
कलङ्की–बसुन्धारा सडक विस्तार तयारी
चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ । सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ ।
ठमेलमा पर्यटक छन्, व्यापार छैन
काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन ।
दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सुरु
दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १० बजेदेखि बैठक सुरु भएको हो ।
उडेको जहाजमा झगडा गर्ने यात्रुलाई तारेखमा छाडियो
उडेको जहाजमा झगडा गरी अभद्र व्यवहार गर्ने दुई यात्रुलाई गौसला प्रहरीले बिहीबार साँझ तारेखमा छाडेको छ । बुधवार विराटनगरबाट काठमाडौँ उडेको जहाजमा झगडा गरी अन्य यात्रुहरूलाई आतङ्कित पार्ने गरी कार्य गरेपछि बुद्ध एयरका कर्मचारीले प्रहरीलाई जिम्मा लगाएका थिए ।
पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।