चित्र मिजार
सिन्धुपाल्चोक, चैत २५ गते । सिन्धुपाल्चोकका राजनैतिक ब्यक्तिहरु मिलेर भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट, सल्लाघारी नजिकै एएसके युपिभिसी फेब्रिकेशन एण्ड ईन्जिनियरिङ प्राइभेट लिमिटेड उद्योग संचालन गरेका छन् ।
बाह्रबिसे नगरपालिकाका–४ का पूराना राजनैतिक नेता अर्थलाल श्रेष्ठ, सोही नगरपालिका–९ राम्चेका राजनैतिक नेता सुन्दर लामा, कुञ्जराम श्रेष्ठ र मिना लामाको लगानीमा चैत २५ गतेबाट उक्त उद्योग संचालन भएको छ ।
जनता, समाज र मुलुकको समृद्धि चाहने नेताले पहिला आफै आत्मनिर्भर र परिक्षर्मी हुनु पर्छ भन्ने हेतुले उक्त ब्यवसाय संचालन गरिएको ब्यबसायी समेत रहनुभएका एमाले नेता अर्थलाल श्रेष्ठले जानकारी दिनुभयो । नेताले काम गरेर देखाए मात्रै जनता पनि काममा उत्प्रेरित हुने श्रेष्ठको तर्क छ ।
एमाले नेता अरुण नेपालले उक्त उद्योगको रिवन काटेर उद्घाटन गर्नुभयो । सो उद्योगमा युपिभिसीका जस्तापाता, झयाल्ढोका, पाटेशन, आल्मुनियम ग्लास, ट्रस, युपिभिसी रुपिङ सिट निमार्ण गरिने जनाइएको छ । बिभिन्न होटल, रेष्टाराँ, बिद्यालय, कलेज, कार्यालय, घर निमार्णमा उक्त उद्योगले सस्तो, सुलभ मूल्यमा यूपिभिसीका सामान बिक्री वितरण गर्न थालेको छ ।
उक्त उद्योगले बिक्री बितरण गर्ने युपिभिसीका सामानहरु आवाज नछिर्ने, पानी, हावाहुरी नछिर्ने, वातावरणमैत्री, किफायती, रङ लगाउन नपर्ने, हल्का, सार्न मिल्ने लगायतका बिशेषता रहेको ब्यबसायी सुन्दर लामाले बताउनुभएको छ । युपिभिसीका सामानहरु काठ र फलामका सामानहरु भन्दा गुणास्तर र सस्ता छन् ।