दोर्दी कोरिडोर प्रसारण लाइन पूर्ण सञ्चालनमा
लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
म्याद सकिए पनि बनेनन् पुल
धादिङ जिल्लाको गल्छी गाउँपालिकास्थित त्रिशूली नदीमा निर्माण भइरहेका दुईवटा मोटरेबल पुलको निर्माण सम्पन्न हुन सकेको छैन। पुल निर्माणका लागि तोकिएको म्याद गुज्रिएको दुई वर्ष नाघिसक्दा पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो। त्रिशूली नदीमाथिका दुईवटा पुल निर्माण गरिसक्नुपर्ने म्याद सकिएको २७ महिना भएको छ। निर्माण ढिलो हुनुमा निर्माण व्यवसायीले कोरोना महामारीलाई दोष देखाएर पन्छिँदै आएका छन्। पुल निर्माणको ठेक्का लगाउने निकायले भने १० प्रतिशतसम्म हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँदै आइरहेका छन्। काम लगाउने र काम गर्ने दुवैको ढिलासुस्तीको मारमा भने स्थानीय परेका छन्।
‘बिहेबारी बीस वर्षपारि’
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि विवाह गर्नुअघि वडा कार्यालयबाट विवाह गर्ने उमेर पुगेको योग्यताको प्रमाणपत्र पेस गरी सिफारिस लिनुपर्ने व्यवस्थाको सुरु गरेको छ। गाउँपालिका अध्यक्ष शङ्करराज बरालका अनुसार गाउँपालिकामा बालविवाह बढ्दै गएपछि गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो। विवाहका लागि २० वर्ष पुग्नुपर्ने र उमेर नपुगी विवाह गर्ने जोडीलाई गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट समेत वञ्चित गर्ने निर्णय भएको छ।
सामाजिक सुरक्षा योजनामा चार म्यानपावर कम्पनी
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा चारवटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी आबद्ध भएका छन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने र विदेशमा स्वरोजगारलाई आबद्ध गराउन थालेलगत्तै श्रमिक पठाउने प्रक्रिया काम गर्ने निजी संस्थाका कर्मचारीलाई योजनामा आबद्ध हुन निर्देशन दिएपछि चारवटा म्यानपावर कम्पनी कोषको योजनामा आबद्ध भएका हुुन् । विभागले गत साता मात्रै वैदेशिक रोजगारीको भर्ना प्रक्रियासँग जोडिएका एक हजार २७६ निजी संस्थामा कार्यरत कर्मचारीलाई कोषको योजनामा आबद्ध गर्न निर्देशन दिइएको थियो ।
नेपाल–चीन सहकार्य सबल बनाउन छलफल
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले चीनका विदेशमन्त्री छिन क्याङसँग बिहीबार भेटवार्ता गर्नुभएको छ । नेपाल–चीन द्विपक्षीय कूटनीतिक संयन्त्रको १५औँ बैठकमा सहभागी हुन उहाँ चीन पुग्नुभएको हो । भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपाल–चीनबीचको आपसी सहकार्यलाई सबल बनाउने विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान, विकास साझेदारी, व्यापार तथा पारवहन, लगानी र पर्यटनमा सम्भावित साझेदारीका साथै अहिलेसम्म भएका प्रगतिका विषयमा पनि सो भेटमा छलफल भएको छ ।
पैसा बिच्छ्याएर सुत्नेलाई कारबाहीको चेतावनी
ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई कारबाहीको चेतावनी गराएर सचेत गराइ छाडिएको छ ।
नोट बिच्छ्याएर टिकटक बनाउनेलाई सचेत गराइयो
ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ ।
साँखुमा बज्रयोगिनी जात्रा सुरु
काठमाडौं, चैत २३ गते । साँखुमा बज्रयोगिनी जात्रा आज बिहिबारबाट सुरु भएको छ । मूलत चैतेदसैंको दिनदेखि जात्रा सुरु भएको संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रममा गरेर खबर गर्ने गरिन्छ ।जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीेसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखुमा नगर प्रवेश गराइएको छ । गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई जात्रा गर्ने परम्परा छ ।चार दिनपछि आइतबार मुँ जात्राका रुपमा साँखुबासीहरुले मनाउने गर्छन्, जुनदिन साँखुबासीहरुले आफ्ना आफन्तहरुलाई नखत्या बोलाउने चलन रहेको छ । जात्रामा बज्रयोगिनीको मुर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने चलन छ ।
बोलेरो दुर्घटना : चारको मृत्यु, ११ घाइते
रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
राजनीति प्रतिगमनतर्फ उन्मुख भएकाले राष्ट्रियता खतरामा : केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको दाबी गर्नुभएको छ ।
सहज बन्दै राहदानी विभागको सेवा
केही महिना अघिसम्म व्यापक भिडभाड देखिने राहदानी विभागमा अहिले भने चहलपहल कम देखिएको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।
बालाजु ‘बाइसधारा मेला’ (फोटो फिचर)
आज (बिहीबार) बाइसधारा मेला धूमधामले लागेको छ । चैत शुक्ल पूर्णिमा ल्हुतिपुन्हिका दिन बाइसधारा मेला लाग्ने गर्दछ ।
सत्ता साझेदार दलहरूको बैठक सुरु
सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बागमतीमा सरकार विस्तारमा ढिलाइ,मन्त्रालय बाँडफाँटमा सकस
बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट राजीनामा दिएको लामो समय हुँदासमेत सरकारले पूर्णता पाउन सकेको छैन। केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै प्रदेशमा पनि बदलिएको सत्ता गठबन्धनका दलबीच भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको हो। गत पुस २५ गते नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री बनाउन समर्थन गरेका चार दलमध्ये नेकपा (एमाले) सरकारबाट बाहिरिएको झन्डै दुई साता र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाडेको एक महिनाभन्दा लामो समय बितिसकेको छ।
ट्राफिक जामले एक खर्ब १६ अर्बको क्षति
काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ ।
तीन स्थानीय तहको भवन निर्माण हुन सकेन
दोलखाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहमध्ये तीनवटाको कार्यालय भवन अझै निर्माण भएका छैन। स्थानीय तहमा निर्वाचित प्रतिनिधि आएको छ वर्ष हुनै लाग्दा पनि तीन स्तानीय तहमध्ये केही जग्गा अभाव र केही विवादका कारण प्रशासकीय भवन निर्माण गर्न नसकेका हुन्। कालिञ्चोक, मेलुङ र तामाकोशी गाउँपालिकाको आफ्नै भवन नहुँदा भाडाको घरमा कार्यालय सञ्चालन गरिरहेका हुन्।
उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अध्यावधिक गर्न निर्देशन
राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत भएक सबै कर्मचारीका लागि एक महिनाभित्र आफ्नो विवरण अध्यावधिक गर्न सूचना जारी गरेको छ।
गोकर्णेश्वर नगरपालिकामा आँखा उपचार सेवा
गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालमा आँखा उपचार, मुटुरोग विशेषज्ञलगायतका सेवा सुरु गरेको छ । नगरपालिकाको वडा –४ गोकर्णेश्वरस्थित नगर अस्पतालमा सेवा बिस्तार तथा उदघाटनसम्बन्धी कार्यक्रमको आयोजना गरी छुट्टै इकाइ स्थापनासँगै यी सेवाहरु सञ्चालन भएका हुन् ।
रविविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम रहने
निर्वाचन कार्यालय चितवन क्षेत्र –२ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन उजुरीमा दावी नपुग्ने भन्दै खारेज गरेको छ । यो निर्णयसँगै चितवन क्षेत्र २ मा लामिछानेको उम्मेदवारी कायमै रहने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।
नागढुङ्गामा सुरुङ खन्न रोकियो
सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ। यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ।
इन्द्रसरोवरमा डुङ्गाबाट हाम्फालेर एक युवक बेपत्ता
मकवानपुरको मार्खुस्थित इन्द्रसरोवर तालमा हाम्फालेर एक युवक बेपत्ता भएका छन् । काठमाडौँको छैमलेबाट घुम्न आएका ३३ वर्षीय राजकुमार सुवेदी काठले बनेको डुङ्गामा चढेर तालमा घुम्ने क्रममा हाम्फालेर बेपत्ता भएका हुन् ।
सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने
मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो ।
सौराहामा हात्तीको सूँड काटियो
चितवनको सौराहामा निजी हात्तीमाथि आक्रमण हुँदा सूँड काटिएको छ । मङ्गलबार राति करिब साढे ११ बजेतिर दीपक खतिवडाले पाल्नु भएको हात्तीमाथि नचिनेका व्यक्तिले आक्रमण गरी सूँड काटेका छन् ।
दुवै खुट्टा नभएका हरि सगरमाथा चढ्न आधार शिविरतर्फ प्रस्थान
पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वसको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । बुधबार त्रिभुवन विमानस्थल हुँदै उहाँ सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएको हो ।