• ७ वैशाख २०८१, शुक्रबार

उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अध्यावधिक गर्न निर्देशन

blog

राष्ट्रिय किताबखाना । फाइल तस्बिर

काठमाडौं, चैत्र २२ गते। राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत भएक सबै कर्मचारीका लागि एक महिनाभित्र आफ्नो विवरण अध्यावधिक गर्न सूचना जारी गरेको छ।

कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका आधारमा गर्ने सरकारको तयारीपछि किताबखानाले सूचना जारी गरेको हो।

धेरै कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरणसमेत अध्यावधिक नरहेको यस्तो सूचना जारी गरी विवरण अध्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेयले जानकारी दिनुभयो।

उहाँका अनुसार निजामती सेवा नियमावली २०५० को नियम १० मा व्यवस्था भए बमोजिम यस्तो व्यवस्था

“उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ,” उहाँले भन्नुभयो, “धेरै ठाउँमा सरुवा भइसकेका कर्मचारीको पनि पुरानै विवरण रहेकाले यस्तो सूचना जारी गरिएको हो ।” 

विवरण अद्यावधिक गर्न किताब खानाको वेभसाइडमा रहेको इमेलमार्फत वा स्वयम् कागजात लिएर पुल्चोकस्थित कार्यालयमा गएर विवरण अवधिक गर्न सकिने उहाँको भनाइ छ। 

हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिब सात हजार कर्मचारी कार्यरत रहेका छन्। 

यसअघि किताबखानाले सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गरीसकेको छ।संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेको समयमा व्यक्तिगत विवरण अधावधिक गर्न लाग्नुलाई महत्त्वपूर्ण कामका रुपमा हेरिएको छ।