• २७ वैशाख २०८२, शनिबार

टोलभरि ‘एक घर, एक धारा’

blog

बलेफी गाउँपालिका–४ को दुर्गम गाउँ रोक्का टोलका घर घरमा निर्माण गरिएका धारा ।


सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, वैशाख २७ गते ।  बलेफी गाउँपालिका–४ स्थित विकट दलित बस्ती रोक्का टोलमा ‘एक घर एक धारा’ सहित खानेपानी पु-याइएको छ । बर्सौंपछि रोक्का टोलमा घर घरमा खानेपानी पुगेको हो । 

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आठ लाख २७ हजार ३५०, बलेफी गाउँपालिकाको पाँच लाख ५१ हजार ५६७ रुपियाँ लगानी गरिएको थियो । उपभोक्ताबाट एक लाख ६४ हजार ४७६ रुपियाँ बराबरको श्रमदान गरेर कुल १५ लाख दुई हजार ४७ रुपियाँमा खानेपानी पु-याइएको जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

रोक्का टोलमा २९ घरधुरी रहेका छन् । प्रत्येक घरमा एक÷एक वटा धारा निर्माण गरिएका छन् । वर्षभरि नै निरन्तर स्वच्छ खानेपानी आउने गरी खानेपानी पु-याइएको बलेफी गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले बताउनुभयो । गाउँपालिका सबै घरबस्तीमा धारासहित खानेपानी पु-याउने चुनावी प्रतिबद्धता पूरा गर्ने व्रmममा रहेको उहाँको भनाइ छ । 

घर घरमा खानेपानीका धारा निर्माण भई खानेपानी आउन थालेपछि दलित बस्तीको मुहारमा परिर्वतन आएको रोक्का टोल खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका स्थानीय शङ्खवीर सार्कीले खुसी व्यक्त गर्नुभयो । २०८१ कात्तिक ९ गतेदेखि रोक्का टोलमा धारासहित खानेपानी पु¥याउने काम सुरु गरी २०८२ वैशाख २० गतेभित्र नै धारा निर्माण कार्य सकिएको थियो । 

दलित बस्तीका प्रत्येक घरमा खानेपानी पुगेपछि दैनिक घरायसी प्रयोजनमा पानीको पहुँच पुगेको छ । सरसफाइ, चौपायालाई खुवाउनेदेखि तरकारी बारीमा समेत पानी पुगेको छ । खानेपानीको चरम अभाव झेल्दै आएको बस्तीमा जिसस र बलेफी गाउँपालिकाको संयुक्त बजेटबाट २९ घरमा उक्त सङ्ख्याकै धारा निर्माण गरेको जिसस उपप्रमुख पदमनाथ नेपालले बताउनुभयो । भूकम्पपछि गाउँका ढुङ्गेधारा र कुवा सुकेकाले घन्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता हटेपछि दलित समुदायको दैनिकीमा परिवर्तन आएको छ ।