• १० चैत २०८२, मङ्गलबार

अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो

blog

काठमाडौँ, चैत १० गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ आज उकालो लागेको छ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ०७ पैसा र बिक्रीदर १५० रुपियाँ ६७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ५३ पैसा र बिक्रीदर १७४ रुपियाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपियाँ ५० पैसा र बिक्रीदर २०१ रुपियाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ २५ पैसा र बिक्रीदर १९१ रुपियाँ ०१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ८५ पैसा र बिक्रीदर १०५ रुपियाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ २५ पैसा र बिक्रीदर १०९ रुपियाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ३९ पैसा र बिक्रीदर ११७ रुपियाँ ८६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ७८ पैसा र बिक्रीदर २१ रुपियाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ९७  पैसा र बिक्रीदर ४० रुपियाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ०६ पैसा र बिक्रीदर ४१ रुपियाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ८६ पैसा र बिक्रीदर ४१ रुपियाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ०९ पैसा र बिक्रीदर ३८ रुपियाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०६ पैसा र बिक्रीदर १० रुपियाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९९ पैसा र बिक्रीदर १६ रुपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ २२ पैसा र बिक्रीदर २३ रुपियाँ ३२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ १६ पैसा र बिक्रीदर १९ रुपियाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपियाँ ४७ पैसा र बिक्रीदर ४९१ रुपियाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपियाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपियाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपियाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपियाँ ३५ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस