अघि बढ्यो दरौदी कोरिडोर प्रसारण लाइन
दरौँदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मर्स्याङ्दी (दरौँदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ ।
चितवन–२ मा रवि लामिछानेकाे उम्मेदवारी दर्ता
वैशाख १० गते हुने उपनिर्वाचनका लागि पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोमबार उम्मेदवारी दर्ता गराउनु भएको छ ।
मेरा लागि सङ्गत नै सङ्गीत हो : सापकोटा
विगत सात वर्षदेखि लोक दोहोरी सङ्गीतमा सक्रिय अर्जुन सापकोटाका अहिलेसम्म करिब ३० वटाभन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन् । सानैदेखि गीत सङ्गीतमा रुचि राख्ने गायक सापकोटाको परिवार पनि साङ्गीतिक क्षेत्रबाटै थियो । जस कारण आफूले सानैदेखि साङ्गीतिक वातावरण पाएको वा हुर्काई नै सङ्गीत भएको कारण गीत सङ्गीतको यात्रा तय गर्न उत्प्रेरणा मिलेको सापकोटा बताउनुहुन्छ ।
ग्यास ट्याङ्कर पल्टिँदा मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ ।
नारायणी नदी तटबन्धसँगै रिभर बिच योजना
नारायणी नदी तटबन्धसँगै भरतपुर महानगर क्षेत्रको नारायणी नदी किनारमा रिभर बिचको योजना सुरु गरिएको छ। नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख गणेश मरासिनीका अनुसार नदी नियन्त्रण गर्न साढे तीन अर्ब रुपियाँभन्दा बढीको टेन्डर भइसकेको छ। चितवनतर्फ १६ किलोमिटर र पूर्वी नवलपरासीको नवलपुरतर्फ २१ किलोमिटर क्षेत्रमा नदी नियन्त्रणसहितको आकर्षक योजनाका लागि २३ अर्ब ५८ करोड ४३ लाख ७० हजार २३७ रुपियाँ लाग्ने आकलन गरिएको थियो।
आयुर्वेदिक औषधिप्रति विश्वास बढ्दै
चार वर्षअघिसम्म सिन्धुली जिल्लामा आयुर्वेद औषधिको प्रयोग गर्ने बिरामीको सङ्ख्या निकै कम थियो। जब विश्वभर महामारीका रूपमा कोरोना भाइरसको सङ्क्रमण फैलियो, त्यसपछि जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा आई उपचार गरी आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीको चाप बढ्दै गएको छ।
हुलाकी सडकको ईआईए सुरु
वातावरण प्रभाव मूल्याङ्कनमा त्रुटि भएको भन्दै रोकिएको चितवन राष्ट्रिय निकुञ्ज भएर जाने हुलाकी सडकको फेरि वातावरण प्रभाव मूल्याङ्कन गरिने भएको छ। निकुञ्ज भएर ठोरी, माडी हुँदै भरतपुर आउने हुलाकी सडक निर्माणका लागि यसअघि वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) भएर काम अगाडि बढ्न लागेको अवस्थामा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो। सर्वोच्च अदालतले २०७५ फागुन १ गते ईआईए त्रुटिपूर्ण भएको भन्दै तत्काल निर्माणको काम नगर्न आदेश दिएको थियो।
कुपन्डोलमा आगलागी हुँदा १२ वटा सवारीसाधन जलेर नष्ट
ललितपुरको कुपन्डोलमा आज बिहान आगलागी हुँदा लाखौँ रकमको क्षति भएको छ । बिहान ३ः४० बजे एक्कासि आगो लागेसँगै ६ वटा विद्युतीय गाडी, ३ वटा मोटरसाइकल, एउटा भ्यान र तीन वटा स्कुटर गरी १३ वटा सवारीसाधन जलेर नष्ट भएका छन् ।
चितवन–२ मा एक सय ३८ मतदान केन्द्र तोकिए
चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि ४३ मतदान स्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको छ । एक लाख २४ हजार ६९५ मतदाताका लागि सहज हुने गरी केन्द्रहरू तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
वैशाखदेखि चीनतर्फका सबै नाका खुला हुने
लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुुला हुुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सचिव मधुुकुुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुुला हुने सहमति भएको हो ।
उपनिर्वाचनको मनोनयन आज
चितवन, बारा र तनहुँमा आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन क्षेत्र नं. २, तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने बताउनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिन चाहनेले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न सक्नुहुनेछ ।
नगाइएका गीतहरू सार्वजनिक
गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीतसङ्गीत ‘नगाइएका गीतहरू’ सार्वजनिक भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच त्यसको सार्वजनिक गर्नुभएको हो ।
सञ्चालनमा आएन चिल्ड्रेन पार्क
दोलखाको गौरीशङ्कर गाउँपालिकामा निर्माण सम्पन्न भएको करिब एक वर्ष पूरा हुनै लाग्दा समेत चिल्ड्रेन पार्क सञ्चालनमा आउन सकेको छैन । गाउँपालिकाको वडा ५ इविथानमा रहेको सो पार्क सञ्चालनमा आउन नसकेको हो ।
जंगल सफारीले पर्यटक बढाउने विश्वास
पूर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको सुरुवात गरिएको छ ।
चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द
ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोज्न प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयले दबाबस्वरुप सडक अवरुद्ध गरेका छन् ।
राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
चितवन–२ उपनिर्वाचन : मुख्य चार दलका उम्मेदवारको टुङ्गो लाग्यो
चितवनको निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि चारवटा पार्टीले उम्मेदवार तय गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय जनमोर्चा पार्टी (राजमो)ले उम्मेदवारको टुङ्गो लगाएका हुन्। आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने, कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राजमोका उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाइने भएको छ। एमाले केन्द्रीय समितिले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय शनिबार गरेको छ।
डिजिटल घर नम्बर प्रणाली सुरु
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली सुरु गरिएको छ। नगर विकास कोषको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको वडा नं. ४ मा डिजिटल घर नम्बर प्रणाली पाइलट प्रोग्राम (नमुना कार्यक्रम)को रूपमा सुरु गरिएको हो।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु भएको छ। नसर्ने रोगको पहिचान, निदान, परामर्श र उपचारसम्बन्धी निःशुल्क कार्यक्रम सुरु भएको अस्पताल प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार यसमा पूरा शरीर परीक्षण हुन्छ। अस्पतालको नियमित स्वास्थ्योपचारलाई बाधा नपर्ने गरी बिहान ९ बजेदेखि ११ बजेसम्म आइतबारदेखि शुक्रबारसम्मको कार्यतालिका बनाइएको छ। दिनमा कम्तीमा १५ जनाको परीक्षण हुनेछ। अहिलेसम्म १०० जनाको परीक्षण तथा उपचार भइसकेको छ। ६८१ जनाको कोटा निर्धारण भएको छ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार (आज) बिहान १० बजे बस्ने भएको छ ।
बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
खाँडादेवी गाउँपालिका –१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बा १६ च ३८२५ नम्बरको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
राष्ट्रपति अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।
कुमाल समुदायद्वारा परम्परा र संस्कृति जोगाउन माग
कुमाल समुदायले आफ्नो संस्कृति, परम्परा र भेषभूषाको संरक्षण गरी अधिकार सुनिश्चित गर्न माग गरेको छ ।