• १६ चैत २०८०, शुक्रबार

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

blog

काठमाडौँ, चैत १९  गते । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ, “स्वास्थ्य असहजता भई अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।” उहाँ शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो ।

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज बिहान अस्पताल पुग्नुभएको थियो । साथै सांसद सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाटले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो ।  रासस

यो पनि पढ्नुहोस