• ८ वैशाख २०८१, शनिबार

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्य लाभको कामना

blog

अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौँ, चैत १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री प्रचण्डले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।     

पेटमा समस्या भएपछि उहाँ शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।

“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि आज साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उहाँले भन्नुभयो । अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भएर उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा शनिबार साँझ भर्ना हुनुभएको र उहाँ हाल चिकित्सकहरुको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ ।