शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, चैत १९ गते । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।
“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि अस्पतालमा भर्ना हुनुभएको हो”, उहाँले भन्नुभयो । अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा भर्ना हुनुभएको र उहाँ हाल चिकित्सकहरूको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ । रासस
 
                                
                             
                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                