• १३ मंसिर २०८१, बिहिबार

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु

blog

दोलखा समाचारदाता

दोलखा, चैत १९ गते । दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु भएको छ। नसर्ने रोगको पहिचान, निदान, परामर्श र उपचारसम्बन्धी  निःशुल्क कार्यक्रम सुरु भएको अस्पताल प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँका अनुसार यसमा पूरा शरीर परीक्षण हुन्छ। अस्पतालको नियमित स्वास्थ्योपचारलाई बाधा नपर्ने गरी बिहान ९ बजेदेखि ११ बजेसम्म आइतबारदेखि शुक्रबारसम्मको कार्यतालिका बनाइएको छ। दिनमा कम्तीमा १५ जनाको परीक्षण हुनेछ। अहिलेसम्म १०० जनाको परीक्षण तथा उपचार भइसकेको छ। ६८१ जनाको कोटा निर्धारण भएको छ। 

परीक्षणबाट देखिएका मुटुका रोगीलाई ७५ हजार, क्यान्सरका रोगीलाई दुई लाख, पक्षघातका बिरामीका लागि दुई लाख रुपियाँ बराबरको औषधि र पाठेघरसम्बन्धी रोगको निःशुल्क उपचार गर्ने कार्यक्रमको लक्ष्य रहेको छ। कोटा नसकिएसम्म कार्यक्रम जारी रहने अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।