सुनकोशीको स्थानीय पाठ्यक्रम तयार
सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले गाउँपालिकाको परिचय, प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदा, गाउँपालिकाभित्रका संस्कृति र संस्कार, घरेलु उद्योग, पशुपन्छी, माछापालन व्यवसायलगायतका नौ विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिनुभयो। पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धि, विषय क्षेत्रगत कार्यघण्टा, विषयवस्तुको विस्तृतीकरण, सिकाइ सहजीकरण प्रक्रिया, सम्भाव्य शिक्षण सिकाइ विधि, विद्यार्थी मूल्याङ्कन विधिलगायतका विषय समावेश गरिएका छन्।
बाढीपीडितलाई जग्गा
सिन्धुपाल्चोकमा भे्रमाथाङ पहाड सोहोरिएर आएको याङ्ग्री लार्के बाढीपीडितलाई स्थायी आवासका निम्ति जग्गा उपलब्ध गराइने भएको छ। उनीहरूका लागि जग्गा उपलब्ध गराउन खरिद सम्झौता गरिएको छ। २०७८ असार १ गते भेम्राथाङ पहाड सोहोरिएर आएपछि पाँचपोखरी थाङपाल गाउँपालिका याङग्री खोलाको बाढीले १७९ घरपरिवार जोखिममा परेका थिए। उक्त परिवारमध्ये उच्च जोखिममा रहेका ११ दलित परिवारलाई स्थायी आवासका लागि जग्गा खरिद सम्झौता भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले जानकारी दिनुभयो। उक्त बाढीबाट प्रभावित भएका मध्ये हालसम्म २२ परिवारलाई घर बनाउन जग्गा खरिद गरिसकिएको उहाँले बताउनुभयो। तीम
कमलाखुँजमा हात्तीको सधैँ त्रास
जङ्गली हात्ती हिँड्ने बाटोमा बस्ती बसाएपछि सिन्धुलीको कमलाखुँज क्षेत्रका बासिन्दा सधँै हात्तीको त्रासमा बस्न बाध्य भएका छन्। हात्तीले प्रयोग गर्दै आएको बाटोमा बस्ती विकास र खेती जमिनको प्रयोग हुँदा कमलाखुँज क्षेत्रका बासिन्दा मानवीय क्षतिदेखि भौतिक संरचना र अन्नबालीको नोक्सानीसमेत सहन बाध्य भएका छन्। डिभिजन वन कार्यालयका अनुसार कमलाखुँज क्षेत्रमा पर्ने दुधौली नगरपालिकाका १४ वडामध्ये वडा नं. १, २, ३, ४, ५, ६, ८, ९, १०, ११ का बासिन्दा सधैँ त्रसित छन्। कमलामाई नगरपालिकाका वडा नं. ९, १३ र १४ का बासिन्दा बर्सेनि जङ्गली हात्तीको त्रासमा बस्न बाध्य छन्। पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु राष्ट्रिय निकुञ्जमा मौसमी स्थानान्तरण हुने (जाने/आउने) क्रममा हात्तीको समूह वर्षको दुई÷तीन पटक त्यस क्षेत्रमा आउँछन्। पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु राष्ट्रिय निकुञ्जसम्म फैलिएको चुरे जङ्गलको
पहरो फुटाउने फाइल नै हरायो
विस्फोटक पदार्थको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडकअन्तर्गतको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ । पुलसँगै रहेको पहाड काट्न विस्फोट नै गर्नुपर्ने तर त्यसका लागि आवश्यक पर्ने बारुदको खरिद प्रक्रिया ढिला हुँदा समस्या भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकृत कृष्ण आचार्यले जानकारी दिनुभयो ।
एक साताका लागि तातोपानी नाका बन्द
एक साताका लागि तातोपानी नाका बन्द भएको छ । आंशिक रुपमा सञ्चालन भइरहेको उक्त नाकाबाट मालबाहक कन्टेनर आउन ठप्प भएपछि तातोपानी नाका सुनसान भएको छ ।
स्थानीय तहका न्याय सम्पादनमा काठमाडाैँ विश्वविद्यालयकाे सहयोग हुने
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहका न्यायिक समितिको भूमिका सबल बनाउन काठमाडौं विश्वविद्यालयले सहकार्य गर्ने भएको छ ।
सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुँदै
नयाँ वर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ जारी छ ।
नेपालमा बैङ्कको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताउनुभएको छ।
बागमती प्रदेशकाे मन्त्रिपरिषदमा प्रदेश उच्च शिक्षा नियमावली स्वीकृत
बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षासम्बन्धी ऐन ल्याएको लामो समयपछि प्रदेश उच्च शिक्षा नियमावली २०७९ ल्याएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ शिखर सम्मेलन सुरु
नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको अनुसन्धानलाई एकै ठाउँमा ल्याइ स्पष्ट नीति र योजना बनाउन सघाउ पुर्याउने उद्देश्यले आजदेखि राजधानीमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन सुरु भएको छ ।
शहीद स्मारक फागुन–चैतमा गुल्जार
विगतमा वर्षहरुमा फागुन–चैतमा प्रायः सुनसान रहने शहीद स्मारक यो वर्ष भने गुल्जार बनेको छ । हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा विगतमा वर्षहरु फागुन–चैत महिनामा पर्यटकहरुको आगमन अत्यन्त हुन रहने गरेको थियो ।
नापी र मालपोत कार्यालय एकीकृत गरिने
भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ ।
बिस्केट जात्रा : ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० जना पक्राउ
बिस्केट जात्राका लागि तानिएको भैरवको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यस वर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो ।
सांसद श्रेष्ठको अडियो प्रकरणबारे रास्वपा अनुशासन समितिको बैठक बस्दै
सांसद ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन समितिको बैठक बस्दै छ ।
प्रमुख तीन दलका नेताहरूको बैठक बालुवाटारमा
बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
ह्विलचियर बास्केटबलको उपाधि थिङ्ग र राईको हातमा
इन्टर भ्याली ह्विलचियर बास्केटबल टुर्नामेन्ट २०७९ को प्रथम उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एसोसिएसन (डब्लुडब्लुबिए) ले हात पारेका छन्।
दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार प्रभातलाई
नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्याएबापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ ।
अलमलमै राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट
भीमेश्वर नगरपालिका –९ स्थित खरिढुङगामा स्थापना भएको ८० वर्षे राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी खुलेको १० वर्ष नबित्दै बन्द हुन पुगेको छ ।
सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था
दोलखाको वैत्यश्वर गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ। आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले राज्यको स्रोतबाट तलब भत्ता खाने सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
भरतपुर विमानस्थल विस्तार हुँदै, सेनालाई अन्यत्र व्यवस्थापन
साठी वर्षपछि चितवनको भरतपुरस्थित भरतपुर विमानस्थल स्तरोन्नतिसँगै विस्तार हुने भएको छ। हाल रहेको एक हजार दुई सय मिटर धावन मार्गलाई विमानस्थलको उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ । धावन मार्ग विस्तार भएपछि एटीआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न मिल्नेछ भने रात्रिकालीन सेवा पनि सञ्चालन गर्न सकिन्छ। धावन मार्ग विस्तारसँगै नयाँ टर्मिनल भवन निर्माण हुनेछ।
कपडा तथा सिलाई व्यवसायी महासङ्घलाई एक हुन दबाब
नेपाल कपडा तथा सिलाई व्यवसायी महासङ्घमा देखिएको विवाद अन्त्य गर्न जिल्ला स्तरबाट दबाब सुरु भएको छ ।
भक्तपुरमा आठ रात नौ दिन मनाइने बिस्काः जात्रा सुरु
भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्केट (बिस्काः) जात्रा सोमबार बिहानबाट सुरु भएको हो ।
चखेल–देउराली सडक वैशाख १० गतेसम्म बन्द
हेटौँडाबाट कुलेखानी, चखेल हुँदै काठमाडौं जोड्ने छोटो दुरीको सडकको मकवानपुरतर्फको सडक खण्ड बन्द हुने भएको छ ।
आर्थिक समृद्धितर्फको कार्यभार सन्तोषजनक छैन: उपप्रम श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिको दिशातर्फ भएका कार्यभार सन्तोषजनक नभएको स्वीकार गर्नुभएको छ ।