• १२ असार २०८१, बुधबार

एक साताका लागि तातोपानी नाका बन्द

blog

एक साताका लागि बन्द तातोपानी नाका । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, चैत २८ गते ।
एक साताका लागि तातोपानी नाका बन्द भएको छ । आंशिक रुपमा सञ्चालन भइरहेको उक्त नाकाबाट मालबाहक कन्टेनर आउन ठप्प भएपछि तातोपानी नाका सुनसान भएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले चिनियाँ सुरक्षा अधिकारीको भनाइ उद्धत गर्नुहुँदै चिनियाँ क्षेत्रमा भौतिक पूर्वाधारका काम गरिरहेकाले चीनले तातोपानी नाका ठप्प गराएको जानकारी दिनुभयो । ‘‘तातोपानी नाका सात दिन बन्द हुने खबर आएको छ,’’ प्रजिअ न्यौपानेले बताउनुभयो ।

चीनको स्वाशासित क्षेत्र खासा, न्यालम लगायतका क्षेत्रमा भौतिक पूर्वाधारका अत्याधुनिक भवन, सडक र अन्य संरचना पुनः निर्माण भइरहेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आगामी वैशाख १८ गतेदेखि उक्त नाका खुल्ने तयारीका कारण चिनियाँ पक्षले पुनः निमार्ण गरिरहेको हुन सक्ने अनुमान छ ।