• १३ मंसिर २०८१, बिहिबार

चखेल–देउराली सडक वैशाख १० गतेसम्म बन्द

blog

महालक्ष्मीेखोला–चखेल–देउराली सडकखण्डको स्तरोन्नतिका काम हुँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, चैत २७ गते ।
 हेटौँडाबाट कुलेखानी, चखेल हुँदै काठमाडौं जोड्ने छोटो दुरीको सडकको मकवानपुरतर्फको सडक खण्ड बन्द हुने भएको छ ।

महालक्ष्मीखोला–चखेल–सतुङ्गल सडकको स्तरोन्नतिका क्रममा मकवानपुरतर्फको महालक्ष्मीेखोला–चखेल–देउराली सडकखण्ड आगामी वैशाख १० गतेसम्म बन्द हुने भएको हो ।

इन्द्रसरोवर गाउँपालिका– ५ का वडाध्यक्ष दूतराज तितुङले सडक चौडासहित स्तरोन्नतिको क्रममा कालोपत्रे गर्न ठेक्कासमेत खुलेकोले तीव्र गतिमा सडक निर्माण गर्न सवारी साधन आवागमन बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँले निर्धारित समयमा काम सम्पन्न गर्न सुमोलगायतका सवारीका साधन चल्दा काममा अवरोध पुगेकोले बिहान ६ देखि साँझ ६ बजेसम्मका लागि महालक्ष्मीेखोला–चखेल–देउराली सडक खण्ड बन्द गरिएको बताउनुभयो ।

हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौं जोड्ने फाखेल–फर्पिङ सडक र सिस्नेरी–दक्षिणकाली फर्पिङ सडकमा समेत स्तरोन्नतिको काम भइरहेको छ । तीन वटै सडक बागमती प्रदेश सरकारमार्फत स्तरोन्नतिको काम भइरहेको हो ।