भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा
नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का ।
प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या
शनिबारदेखि प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्राहीलाई समस्या भएको छ ।
महासङ्घका अध्यक्ष ढकालद्वारा आफ्ना प्राथमिकता सार्वजनिक
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गर्नुभएको छ । ढकालले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।
कोरोनाका कारण एकको मृत्यु
जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ ।
चितवनको परिणाम दोहोरिए पुनः उप निर्वाचन हुन्छ : एमाले सचिव भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनको उपनिर्वाचनमा विगतको परिणाम दोहोरिएमा फेरि उपनिर्वाचन हुने बताउनुभएको छ ।
डिजेल लिटरमा १० रुपियाँ घट्दा पनि घटेन सवारी भाडा
सरकारले चैत्र २० मा डिजेलको मूल्य प्रतिलिटर १० रुपियाँ घटायो । धेरै यात्रुको अपेक्षा थियो अब सार्वजनिक सवारीको भाडा घट्छ । तर अवस्था त्यस्तो भएन । मूल्य घटेको दुई साता बिते पनि भाडादर नघटेर यथावत् नै छ ।
चितवन उपनिर्वाचन : केन्द्रीय नेता मत माग्दै टोल–टोलमा
नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो । निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो । कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन् ।
बागमतीको बेरुजु एक अर्ब पाँच करोड
महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले आव २०७८/७९ मा बागमती प्रदेश सरकारको कुल बेरुजु एक अर्ब पाँच करोड ३१ लाख रुपियाँ देखाएको छ। यो रकम लेखापरीक्षण गरिएको रकमको एक दशमलव ३७ प्रतिशत हो । बागमती प्रदेशका २३१ कार्यालयको कुल ७६ अर्ब ९० करोड ४७ लाख रुपियाँको लेखापरीक्षण गरिएकामा पेस्कीबाहेकको बेरुजु रकम ७० करोड ४९ लाख रुपियाँ रहेको छ।
दोलखाका नौ वटा पालिकाको बेरुजु चार लाख ८१ हजार
दोलखाका नौ वटा स्थानीय तहमा एक वर्षको अवधिमा चार लाख ८१ हजार ४१८ रुपियाँ बेरुजु देखिएको छ ।
विद्यार्थी र युवालाई विपत्सम्बन्धी तालिम
सिन्धुपाल्चोकका उच्च जोखिम क्षेत्रका विद्यार्थी र युवालाई खोज, उद्धार तथा प्राथमिक उपचारको तालिम दिइएको छ। विपत्का समयमा सुरक्षाकर्मीलाई सघाउन भोटेकोशी गाउँपालिकाका ८८ जना युवा र विद्यार्थीलाई विपत् प्रभावितको खोज, उद्धार र घाइतेको प्राथमिक उपचार गर्ने ज्ञान र सीप सिकाउने उद्देश्यले तालिम दिइएको हो। भोटेकोशी गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी तातोपानी उपशाखा र प्रतिबद्ध परियोजना–२ को संयुक्त आयोजनामा यहाँ तालिम आयोजना गरिएको हो।
एकीकृत योजना बनाउँदै उपत्यकाका पालिका
उपत्यकाको एकीकृत विकासका लागि उपत्यकाका तीन जिल्लाका १८वटै नगरपालिकाले एकीकृत योजना बनाउने भएका छन्। सबै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्ने रणनीति बनाउन लागेका हुन्। उपत्यकाको एकीकृत विकासका लागि केही दिनअगाडि ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा काठमाडाँै उपत्यका नगरपालिका फोरमको नयाँ कार्यसमिति चयन भएको छ।
खरिद गरियो तर बाँडिएन झुल
नेपालमा अनुमति पाइसकेपछि पनि २४१ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुरु हुन सकेको छैन । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवदेनमा गत वर्ष ६५५ स्थानीय तहलाई अनुमति दिएकोमध्ये ४१४ तहमा निर्माणाधीन अवस्थामा रहेको र २४१ तहमा निर्माण सुरु नै नभएको उल्लेख छ ।
छैठौं अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न
नेपाल एकायन कराँते सङ्घ, कंकेश्वरी शाखाको आयोजनामा छैटौँ अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
सिन्दुरले रङ्गियो मध्यपुरथिमि (फोटो फिचर)
हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर टोल–टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाएका देखिन्थे ।
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ
चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ ।हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।
विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ ।
वर्षमान निवासमा अञ्जानमा गोली पड्केको प्रहरीकाे दाबी
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन निवासमा शुक्रबार राति गोली पड्केको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीका अनुसार गोली नियतवश नभई अञ्जानमा पड्किएको जानकारी दिनुभयो ।
शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नीको ९९ वर्षको उमेरमा निधन
शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको ९९ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ । बिहान ५ः५६ बजे उपचारको क्रममा उहाँकाे मृत्यु भएको स्वकीय सचिव तेजकुमार महर्जनले जानकारी दिनुभयो ।
बेवारिसे बन्यो विज्ञान प्रविधि भवन
दोलखा दोलखाको भीमेश्वर नगरपालिका–६, झुलेमा निर्मित हिमालयन अनुसन्धान विज्ञान तथा प्रविधि प्रतिष्ठानको भवन अलपत्र एवं बेवारिसे अवस्थामा रहेको छ। यो भवन एक करोड ५१ लाख छ हजार २५० रुपियाँको लागतमा निर्माण गरिएको हो। सो वडाका वडाध्यक्ष नवीन लामाले सङ्घीय बजेटमा तीनतले भवन निर्माण गर्न सुरु गरिएको यो भवन खर्च अभावले दुई तला मात्रै बनेको छ।
दोलखामा रातो मच्छिन्द्रनाथको रथ यात्रा
दोलखाको भीमेश्वर नगरपालिका–२ मा पर्ने ऐतिहासिक सहर दोलखामा एकहप्ते रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न भएको छ । गत चैत २३ गते सुरु भएको यो जात्रा सहरका विभिन्न स्थानमा पु-याएर शुक्रबार सम्पन्न भएको हो। करिब पाँच सय वर्षअघि सुरु भएको मानिएको यो जात्रा चैत २३ गते दूधमा स्नान गराएर सुरु भयो। दोस्रो दिन अर्थात् चैत २४ गते पिङ्गल टोलमा रहेको रथमा रातो मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ। यसपछि मात्रै रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ।
नयाँ वर्षमा शहीद स्मारकमा घुइँचो
शहीद स्मारक नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गन्तव्यस्थल बनेको छ। हेटौँडा उपमहानगरपालिका–११ मा रहेको शहीद स्मारकमा विगतका वैशाख १ गतेझैँ यस पटक पनि नयाँ वर्षको पहिलो दिन घुम्न र रमाइलो गर्न आउनेको घुइँचो लागेको छ। मकवानपुर आसपासका जिल्लाबाट शुक्रबार ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक शहीद स्मारक पुगेका थिए। कोही घुम्न त केही वनभोज खान साथीभाइ, टोल छिमेकी र परिवारसँगै आएका थिए।
तौलपुल सञ्चालन गर्ने तयारी
सवारी दुर्घटना नियन्त्रण र सडक संरक्षणका लागि तौलपुल सञ्चालन गर्ने तयारी गरिएको छ। अरनिको राजमार्ग तथा बीपी राजमार्गमा चल्ने टिपरलगायतका मालवाहक सवारीसाधनले तोकेभन्दा बढी भार बोक्दा राजमार्गमा दुर्घटनाको जोखिम रहेको र सडक बिग्रेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले सवारीको वजन जाँच गर्न तौलपुल सञ्चालन गर्ने तयारी गरेको हो।
चार वर्षदेखि नाका नखुल्दा सुनसान बन्यो लप्ची
चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिका–१ को लप्चीमा रहेको सीमा नाका चार वर्षदेखि कोभिड महामारीको कारण देखाउँदै बन्द गरिएकाले सास्ती भोगिरहेका लप्चीवासीहरू धमाधम बसाइसराइ गर्न थालेका छन् ।