प्रधानमन्त्री प्रचण्डद्वारा द्रुतमार्गको निरीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधीन निजगढ–मकवानपुर–काठमाडौँ द्रुतमार्गको अवलोकन–निरीक्षण गर्नुभएको छ ।
१० वटा वडा समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन
विष्णुमती नदीलाई छुने काठमाडौं महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन भएको छ ।
चक्रपथको दोस्रो खण्ड पछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै
चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ ।
दोहोरो सुविधा कटौती गर्ने निर्णय अनुमोदित
नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९औँ प्राज्ञ सभाले प्रतिष्ठानका आजीवन सदस्यले दोहोरो सुविधा नपाउने गरी गत फागुन ११ गतेको प्रज्ञा परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेको छ ।
मूल्य पाउन थाल्यो अण्डाले
अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे ।
रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता
लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने
तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि नेपाल–चीनका प्रतिनिधिहरुबीच अन्तर सिमाना सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ ।
जनभावना बुझेका पार्टीलाई मत दिन आग्रह
नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले पुराना स्थापित राजनीतिक दलले मात्र देशको विकास गर्न सक्ने बताउनुभएको छ। चितवनको निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनको प्रचारप्रसार कार्यक्रममा सहभागी हुन आउनुभएका पूर्वमन्त्रीसमेत रहनुभएका नेता विष्टले पुराना पार्टीका नेताले मात्र विकास गर्न सक्ने देखिएको दाबी गर्नुभयो । कहिलेकाहीँ पुराना पार्टीलाई सचेत पार्न जनताले मत नदिन सक्ने भन्दै उहाँले चितवनका जनताले सबै बुझेको बताउनुभयो। जनताको आधारभूत आवश्यकता, भविष्य निर्माणमा एमाले मात्रै सक्षम रहेको बताउनुभयो।
गाउँगाउँमा ‘सिंहदरबार’
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाली भएको छ वर्ष भएको छ। पहिलो पटक निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गरेका छन् भने दोस्रो निर्वाचनबाट आएका जनप्रतिनिधिले पनि एक वर्ष पूरा गर्नै लागेका छन्। नेपालको संविधानले स्थानीय तहका अधिकार र जिम्मेवारी स्पष्ट रूपमा तोकेको छ। अघिल्लो शासन प्रणालीअन्तर्गतका स्थानीय निकाय थप अधिकार र जिम्मेवारीका साथ सशक्त स्थानीय सरकार बनेका छन्।
रातो मच्छिन्द्ननाथ रथकाे निर्माण
ललितपुर, वैशाख ४ गते। नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख ११ गते सुरु हुँदैछ । वैशाख ८ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ । नेवारी पात्रोको तीथिअनुसार मच्छिन्द्रनाथको रथ ‘पारु’ दिनदेखि निर्माण गर्न सुरु गरिन्छ । त्यसको निर्माण १५ दिनमा सक्नुपर्ने परम्परा रहेको निर्माणका सहायक नाइके प्रेम महर्जनले जानकारी दिनुभयो । मच्छिन्द्ननाथको महास्नानपछि बाराहीले रथ निर्माणको काम सुरु गर्ने गर्छन् । यसरी रथजात्रा सञ्चालनका लागि धेरै समूह र गुठी संलग्न भए पनि रथ निर्माणका लागि भने बाराही र ञवालले मात्र काम गर्ने महर्जनले बताउनुभयो। ‘महास्नानको भोलिपल्ट रथ निर्माण गर्ने स्थानमा खाल्डो खनिसकेपछि बाराहीहरुले रथमा रहने काठसम्बन्धी काम सुरु गर्छन’, उहाँ भन्नुहुन्छ, ‘याःक ख’ सम्मको काठको काम सकिसकेपछि ञवाले त्यसमा फेरि एक तल्ला थप्ने र बेत, डोरी, ‘लसी’ अर्थात् नेपाल भाषामा १६ वटा लामो काठ बनाउने कामलाई पूर्णता दिन्छन्। रथमा रहेको अधिकांश काठको काम बाराहीले गर्छन्। रथ बनाउने काममा ३५ जना खटिएका छन् । यसरी मच्छिन्द्ननाथको रथारोहणको दिन ‘बायम्व’ पनि राख्ने गर्छन्। भोटो जात्राको दिन ’ञवाल’ ले ‘बायम्व’को माथि रहेको स्वयम्भूनाथको मूर्ति निकालेपछि ‘बायम्व’ खसालिन्छ। त्यो खसालिएको ‘बायम्व’ घोप्टो परे पानी पर्ने र नपरेमा पानी नपर्ने धार्मिक विश्वास छ।तस्बिर : मनोजरत्न शाही
सिंहदरबारको फोहोर पुतली बगैँचामा
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर नौ दिन बितिसक्दा पनि उठेको छैन ।
जनतामा देखिएका नैराश्यता हटाउँछौँ : नेता गुरुङ
नेपाली कांग्रेसका नेताहरूले नेपाली जनतामा अहिले बढ्दैगएको नैराश्यता हटाउने बताउनुभएको छ । कांग्रेस चितवनले सोमवार चितवन क्षेत्र २ को विभिन्न स्थानमा भएका चुनावी सभामा नेताहरूले सो कुरा बताउनुभएको हो ।
देशभर तीन दिनसम्म तुवाँलो रहने
केही दिनयतादेखि डढेलोका कारण काठमाडौंसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाैं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ ।
विश्व हेमोफिलिया दिवस मनाइँदै
विश्व हेमोफिलिया दिवसका अवसरमा नेपाल हेमोफिलिया समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको भन्ने समाचारका विषयमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ ।
सेनाको हिमाल सफाइ अभियान टोली अन्नपूर्णमा
हिमाल सफाइ अभियानमा जुटेको नेपाली सेनाको एक टोली अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न सफल भएको छ ।
वैशाखभर भर्ना अभियान सञ्चालन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ ।
तीन दलका शीर्ष नेताबीच बालकाेटमा भेटवार्ता
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुग्नुभएको छ ।
छतबाट खसेर रास्वपा सभापति लामिछानेका चालक गम्भीर घाइते
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।
ओली निवासमा जानुहुँदै प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा
नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा आज (सोमबार) बिहान ९ बजे बालकोट जाने कार्यक्रम तय भएको छ ।
औद्योगिक क्षेत्रभित्रको सडक स्तरोन्नति हुँदै
हेटौँडा औद्योगिक क्षेत्रभित्र लामो समयदेखि जीर्ण बनेको सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ। औद्योगिक क्षेत्रभित्र झन्डै १९ किमि सडक रहेकोमा अधिकांश कि ग्राभेल सडक छ कि त कालोपत्रे भत्किएर जीर्ण अवस्थामा छ। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कपडा उद्योगदेखि खाद्य उद्योगसम्म र कमाने गेटदेखि त्रिमूर्ति प्लास्टोसम्मको सडकखण्ड कालोपत्रे गर्न लागेको हो।
थुनुवा कक्ष खचाखच
बागमती प्रदेशमा प्रहरीले हिरासतमा लिएका व्यक्तिलाई राख्न बनाइएका कतिपय थुनुवा कक्षमा क्षमताभन्दा बढी थुनुवा राखिएको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय, हेटौँडाले प्रदेशका कतिपय जिल्लाको प्रहरी कार्यालयमा थुनुवा कक्षको क्षमताभन्दा बढी थुनुवा राख्ने गरेको जनाएको हो।
पुस्तक खरिदमा छैन छुट
आइतबारदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै अभिभावक आफ्ना बालबालिकाका लागि पुस्तक खरिद गर्न पुस्तक पसल तथा स्टेसनरी धाउने क्रम सुरु भएको छ। अघिल्ला वर्षहरूमा अभिभावकले पुस्तक खरिदमा केही प्रतिशत छुट पाउने गरे पनि यस वर्ष अधिकृत तथा खुद्रा पुस्तक व्यवसायीले छुट नदिएकोमा अभिभावकले गुनासो गरेका छन्।
एमाले वार्ता कमिटीसँग नेता रावलको सकारात्मक छलफल
नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलसँग वार्ता गर्न गठित वार्ता कमिटीले आज आइतबार दुई पक्षीय वार्ता गरेको छ । पार्टी मुख्यालय च्यासलमा आज विहान भएको वार्ता सकारात्म भएको बताइएको छ ।