चितवनको नयाँ किरण मावि मतदानस्थलमा मतदान स्थगित
चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।
राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा बिहानी सेवा सुरु
सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजेदेखि सेवा सुरु गरेको छ ।
पशुपति क्षेत्रमा वृक्षारोपण
पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ ।
बाफलको गार्मेन्टमा आगलागी : शरीरको एक भाग जलेको अवस्थामा व्यक्ति फेला
काठमाडौंको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुट्टाको पैतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ ।
बढ्न थाल्यो सिमेन्ट निर्यात
चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्याङ्क अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो ।
सहकारीमा छ थान नक्कली नोट फेला
दोलखाको जिरी नगरपालिकास्थित एक सहकारीमा नक्कली नोट फेला परेको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले वडा नम्बर ५ लिङ्कन बजारमा रहेको एकीकृत फ्रेन्डसीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत सङ्लनको क्रममा नक्कली नोट फेला परेको जानकारी दिनुभयो ।
बल्ल पासोमा पर्यो चितुवा
एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ ।
मतदानस्थलमा उत्साहपूर्वक सहभागिता, किरियापुत्रीद्वारा मतदान
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ ।
सिनर्जी पावर डेभलपमेन्टद्वारा शैक्षिक सामग्री वितरण
दोलखाको गौरीशङ्कर गाउँपालिका –८ भित्र रहेका विद्यालयका दुई सय जना विद्यार्थीलाई सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले शैक्षिक सामग्री वितरण गरेको छ ।
चुरे अतिक्रमण हुँदा बर्सेनि नयाँ खहरे
सिन्धुली जिल्लाको चुरे जङ्गल क्षेत्रमा भइरहेको अतिक्रमणले बर्सेनि नयाँ खहरे बन्ने क्रम बढेको छ। यस जिल्लाको कमलाखुँज र मरिण क्षेत्रमा सुकुम्बासीका नाममा चुरे जङ्गलको विनाश हुँदा बर्सेनि नयाँ खहरे जन्मने क्रम बढेको हो। चुरे जङ्गल क्षेत्र भएर मदन भण्डारी लोकमार्ग निर्माण भएपछि त सडक छेउमा पक्की घर निर्माण गर्न पाइने लोभमा अतिक्रमण झन् बढेको छ।
अत्यावश्यक बाहेकका सबै सवारी बन्द
चितवनमा आज (आइतबार) अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
आयो जीवनस्तरमा परिवर्तन
रणनीतिक महत्वको धरान–चतरा–सिन्धुली–हेटौँडा सडक बनेपछि मकवानपुरदेखि सुनसरीसम्मको भित्री मधेशमा चहलपहल बढ्दै गएको छ। सडक पहुँच विस्तारपछि बस्ती बाक्लिँदै गएसँगै सामाजिक र आर्थिक गतिविधि बढेका हुन्। धरान–चतरा–सिन्धुली–हेटौँडा सडक आयोजनाले निर्माण गरेको मदन भण्डारी राजमार्ग नामकरण गरिएको यो सडक सुनसरीदेखि मकवानपुर जिल्लासम्मको भित्री मधेशको लाइफलाइन बन्दै गएको हो। वि.सं. २०६२ पछि सुनसरीदेखि उदयपुर, सिन्धुली हुँदै मकवानपुरसम्मको यो सडक चुरेको काँछैकाछ सवारीसाधन सञ्चालन हुन थालेका थिए। आव २०६४/६५ मा आयोजना कार्यालय काठमाडौँमा स्थापना गरी निर्माण सुरु भएको हेटौँडा–सिन्धुली–चतरा–धरान सडकले आव २०७२/७३ देखि राष्ट्रिय प्राथमिकता प्राप्त गरेको छ।
बारा, चितवन र तनहुँमा शान्तिपूर्णरूपमा मतदान सुरु
बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आज आइतबार बिहान ७ बजेबाट प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ ।
चितवनमा मतदान गर्न मतदाताको उत्साहजनक उपस्थिति
चितवन क्षेत्र नं. २ मा मतदान गर्न मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ । आज बिहानैदेखि लाइनमा बसि मतदान गर्न मतदाता उत्सुक देखिएका छन । आज हुने उपनिर्वाचनमा चितवन २ ,बारा २ र तनहुँ १ मा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उपत्यकामा भएका दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं र ललितपुरमा शनिबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
कम्युनिष्टलाई एक हुन नदिन विभिन्न शक्ति लागेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट शक्तिलाई एक हुन नदिन ठूलो चलखेल भएको बताउनुभएको छ । विभिन्न स्वार्थ देखाएर कम्युनिष्ट शक्तिलाई तितरवितर बनाई राजनीतिक स्वार्थ लिन राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न शक्ति लागेको उहाँको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
रक्तदान गरी मानव एकता दिवस मनाइयो
“रगत नालीमा होइन, नाडीमा बगाऔं’ बाबा हरदेव सिंह महाराजको भनाइलाई स्मरण गर्दै आज देशव्यापी रुपमा एकता दिवस मनाइएको छ । सन्त निरंकारी सत्संग भवन ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरी आज एकता दिवस मनाइएको हो ।
देश बदल्न राजनीतिक ध्रुवीकरण आवश्यक : महासचिव पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताउनुभएको छ । न्यूज एजेन्सी नेपालसँगको शनिबार भएको संवादमा उहाँले सो कुरा बताउनुभएको हो ।
सञ्चार माध्यमलाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण
प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गरेको भन्दै १८ वटा सञ्चार माध्यमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मापदण्ड पुगेका विद्यालयको कक्षा कटौती, स्थानीयद्वारा विरोध
दोलखाको कालिञ्चोक गाउँपालिकाले जथाभाबी विद्यालयहरूको कक्षा कटौती र समायोजन गरेको भन्दै स्थानीय स्तरमा विरोध सुरु भएको छ ।
टोखाको मिलन बजारमा आगलागी, एक करोड बराबरको क्षति
काठमाडौंको टोखामा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ ।
धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस
अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ ।
बाह्रखरी गल्फको प्रधानमन्त्रीद्वारा उद्घाटन
बाह्रखरी मिडियाले आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ’को छैटौँ संस्करणको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।
घरका कथा (फोटो फिचर)
मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जङ्गली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरू कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता हुन्थे होलान् ? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान् ? यी सबै कुराको बारेमा समाजशास्त्रीहरुको फरक–फरक मत छ । तर पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो अझै पनि खोजको विषय बनेको छ । घाम, पानी, हावा–हुरी जङ्गली जनावर शत्रुबाट बच्न वा अन्य जे कारणले भए पनि मानिसले घर बनाउन थालेको धेरै भयो ।