चितवन उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो
चितवनको निर्वाचन क्षेत्र नं. २ मा आइतबार सम्पन्न भएको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको निर्वाचनमा साँझ ५ बजेसम्म सो प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले बताउनुभयो ।
रवि लामिछाने र प्रजिअविरुद्ध उजुरी दर्ता
नेपाली काँग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।
अपरान्ह ४ बजेसम्म ५३ प्रतिशत मत खस्यो
चितवनमा जारी मतदानमा चितवन निर्वाचन क्षेत्र २ मा ५३ प्रतिशत मत खसेको छ । एक लाख २४ हजार छ सय ९५ मतदाता रहेको यस क्षेत्रमा ६६ हजार मत अपरान्ह ४ बजेसम्ममा खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।
कृष्णपुर माविस्थलमा रोकिएको मतदान पनि सुरु
आचारसंहिता पालना नभएको भन्दै नाराबाजी गरेपछि केहीसमय रोकिएको मतदान कार्य सुरु भएको छ ।
रोकिएको तीन घण्टापछि नयाँ किरण माविको मतदान सुरु
भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माध्यमिक विद्यालय स्थलमा रोकिएको मतदान कार्य सुरु भएको छ।
चर्को घाममा मतदाताको बढ्दो उत्साह (फोटो फिचर)
चितवनमा जारी उपनिर्वाचनमा चर्को घाममा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य अहिले पनि जारी छ ।
चितवनमा सुरक्षा व्यवस्था कडा, राजमार्ग सुनसान
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालयले वितरण गरेको पासविना सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३०औँ स्मृति दिवस सम्पन्न
राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३०औँ स्मृति दिवस मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आज ३०औँ पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो ।
नयाँ किरणमा स्थगित मतदान सुरु गर्ने तयारी
चितवनको निर्वाचन क्षेत्र नम्बर २ को नयाँ किरण माध्यमिक विद्यालयको मतदानस्थलमा रोकिएको मतदान कार्य सञ्चालन गर्ने तयारी भएको छ । भरतपुर महानगरपालिका –११ को नयाँ किरण माध्यमिक विद्यालयस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको टोली जानेक्रममा निर्वाचन चिन्ह बजाएको भन्दै विरोध गरेपछि मतदान कार्य स्थगित भएको थियो ।
सरसफाइ प्रतियोगिता सुरु
सुन्दर, स्वच्छ र हरियाली राष्ट्रको कल्पनासहित विशेष स्वच्छता अभियान ‘क्लिन अप प्रिमियर लिग २०२३’ सुरु भएको छ । विश्व पृथ्वी दिवसको सन्दर्भ पारेर सो लिगको शुभारम्भ गरिएको हो ।
चितवन क्षेत्र २ मा ४७ प्रतिशत मत खस्यो
चितवन क्षेत्र नंम्बर २ मा आइतबार बिहानदेखि दिउँसोसम्म उपनिर्वाचनमा ४७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार दिउँसो २ बजेसम्म ४७ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।
चितवनको नयाँ किरण मावि मतदानस्थलमा मतदान स्थगित
चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।
राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा बिहानी सेवा सुरु
सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजेदेखि सेवा सुरु गरेको छ ।
पशुपति क्षेत्रमा वृक्षारोपण
पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ ।
बाफलको गार्मेन्टमा आगलागी : शरीरको एक भाग जलेको अवस्थामा व्यक्ति फेला
काठमाडौंको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुट्टाको पैतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ ।
बढ्न थाल्यो सिमेन्ट निर्यात
चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्याङ्क अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो ।
सहकारीमा छ थान नक्कली नोट फेला
दोलखाको जिरी नगरपालिकास्थित एक सहकारीमा नक्कली नोट फेला परेको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले वडा नम्बर ५ लिङ्कन बजारमा रहेको एकीकृत फ्रेन्डसीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत सङ्लनको क्रममा नक्कली नोट फेला परेको जानकारी दिनुभयो ।
बल्ल पासोमा पर्यो चितुवा
एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ ।
मतदानस्थलमा उत्साहपूर्वक सहभागिता, किरियापुत्रीद्वारा मतदान
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ ।
सिनर्जी पावर डेभलपमेन्टद्वारा शैक्षिक सामग्री वितरण
दोलखाको गौरीशङ्कर गाउँपालिका –८ भित्र रहेका विद्यालयका दुई सय जना विद्यार्थीलाई सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले शैक्षिक सामग्री वितरण गरेको छ ।
चुरे अतिक्रमण हुँदा बर्सेनि नयाँ खहरे
सिन्धुली जिल्लाको चुरे जङ्गल क्षेत्रमा भइरहेको अतिक्रमणले बर्सेनि नयाँ खहरे बन्ने क्रम बढेको छ। यस जिल्लाको कमलाखुँज र मरिण क्षेत्रमा सुकुम्बासीका नाममा चुरे जङ्गलको विनाश हुँदा बर्सेनि नयाँ खहरे जन्मने क्रम बढेको हो। चुरे जङ्गल क्षेत्र भएर मदन भण्डारी लोकमार्ग निर्माण भएपछि त सडक छेउमा पक्की घर निर्माण गर्न पाइने लोभमा अतिक्रमण झन् बढेको छ।
अत्यावश्यक बाहेकका सबै सवारी बन्द
चितवनमा आज (आइतबार) अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
आयो जीवनस्तरमा परिवर्तन
रणनीतिक महत्वको धरान–चतरा–सिन्धुली–हेटौँडा सडक बनेपछि मकवानपुरदेखि सुनसरीसम्मको भित्री मधेशमा चहलपहल बढ्दै गएको छ। सडक पहुँच विस्तारपछि बस्ती बाक्लिँदै गएसँगै सामाजिक र आर्थिक गतिविधि बढेका हुन्। धरान–चतरा–सिन्धुली–हेटौँडा सडक आयोजनाले निर्माण गरेको मदन भण्डारी राजमार्ग नामकरण गरिएको यो सडक सुनसरीदेखि मकवानपुर जिल्लासम्मको भित्री मधेशको लाइफलाइन बन्दै गएको हो। वि.सं. २०६२ पछि सुनसरीदेखि उदयपुर, सिन्धुली हुँदै मकवानपुरसम्मको यो सडक चुरेको काँछैकाछ सवारीसाधन सञ्चालन हुन थालेका थिए। आव २०६४/६५ मा आयोजना कार्यालय काठमाडौँमा स्थापना गरी निर्माण सुरु भएको हेटौँडा–सिन्धुली–चतरा–धरान सडकले आव २०७२/७३ देखि राष्ट्रिय प्राथमिकता प्राप्त गरेको छ।
बारा, चितवन र तनहुँमा शान्तिपूर्णरूपमा मतदान सुरु
बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आज आइतबार बिहान ७ बजेबाट प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ ।