विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै
आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
राजनीतिक शैली परिवर्तनको सङ्केत
“हामीलाई जनताले सुध्रने वा विलय हुनेमध्ये एक रोज्न दबाब दिए। हामीलाई विलय हुन मन्जुर छैन, सुध्रने नै हो। कसले कहाँबाट कसरी सुधार्ने भन्ने मात्रै हो,” भर्खरै सम्पन्न चितवन–२ को उपनिर्वाचनमा विशाल मतान्तरले पराजित भएपछि नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुभयो।
पहिरो गएको तीन वर्षमा पनि भएन बासको टुङ्गो
दोलखाको कालिञ्चोक गाउँपालिका–५, लापिलाङको रानीवनमा पहिरो गएको तीन वर्ष बितेको छ तर पहिरो प्रभावितको पीडा भने अहिले पनि उस्तै छ। पीडितको बसोबासको अझै ठेगान लाग्न नसक्दा उनीहरू कष्टकर जीवन बिताउन बाध्य छन्। रानीवन पहिरोका कारण करिब दुई सय घर विस्थापित भएका थिए। १४ घर बगाएको थियो। बास बस्ने घरदेखि गुजारा चलाउन खेतीपाती गर्ने जग्गा बगाउँदा पीडितको बिचल्ली भएको छ। पहिरोपीडितका लागि अहिलेसम्म कुनै दीर्घकालीन योजना बन्न सकेको छैन। यतिको समय बितिसक्दा पनि अहिलेसम्म स्थायी बासको अत्तोपत्तो नभएको स्थानीय पहिरोपीडित सुनिता पाण्डेले बताउनुभयो। उहाँले भन्नुभयो, “हिउँदमा मात्र हो यहाँ बस्ने। वर्षायाम सुरु भएपछि अरूको घरमा भाडा तिरेर बस्ने गरेका छौँ।” १९ महिनाको बच्चासहित पहिरोको छेउमा सात जनाको परिवार बस्दै आएको पाण्डेले
घुस लिएको आरोपमा उद्योग विभागका शाखा अधिकृत पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र करार सेवाका कार्यालय सहयोगी दिपा थापालाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ ।
एउटाले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयोः उपप्रमुख सुनिता डंगोल
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मानिसले आफू सुरक्षित नभएको महसुस गर्न थालेको बताउनुभएको छ।
‘एनओसी’ खुकुलो बनाउन परामर्श व्यवसायीको माग
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई प्रदान गरिने नो अब्जेक्सन लेटर (एनओसी) वितरण खुकुलो पार्न शैक्षिक परार्श व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।
बाँसबारीमा खुला व्यायामशाला
काठमाडौंको बाँसबारीमा खुला व्यायामशाला स्थापना भएको छ । नेपालका लागि पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौं महानगरपालिकाको वडा ३ ले बाँसबारी क्लवको प्राङ्गणमा खुला व्यायामशाला निर्माण गरेको हो ।
टोप्काभीरमा ‘फ्ल्याग स्टोन’ बाटो
बलेफी गाउँपालिका –८ बसेरीदेखि टोप्कासम्मको उच्च जोखिमयुक्त भीरमा स्टिल रेलिङसहित फ्ल्याग स्टोन बाटो निर्माण गरिएको छ । बाँदर लड्ने भीरमा स्टिल बाटो बनेपछि स्थानीयहरु हर्षित भएका छन् ।
वीर अस्पतालबाट १६ देशका २१६ जनाले लिए टेलिमेडिसिन सेवा
वीर अस्पतालमा टेलिमेडिसिनबाट दैनिक ५० जनाले सेवा लिने गरेका छन् । अस्पतालको टेलिमेडिसिन विभागका मेडिकल अधिकृत डा.सञ्जय धरेलका अनुसार सेवा सुरु भएदेखि अहिलेसम्म २१२ जनाले सेवा लिइसकेका छन् ।
विद्यालयमा राजनीतिक दल तथा भातृ सङ्गठनका कार्यक्रम नगर्न कामपाको निर्देशन
काठमाडौं महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौंमा चौंथो अन्तर्राष्ट्रिय चिया सम्मलेन सुरु
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चौंथो चिया महोत्सव सुरु भएको हो ।
काठमाडौं महानगरद्वारा बजेट विनियोजन विवरण सार्वजनिक
काठमाडौं महानगरपालिकाले २०७९ माघ २ गतेदेखि चैत ३० गतेसम्मका विवरण सार्वजनिक गरेको छ । बजेट विनियोजन गरिएका शीर्षक, त्यसमा भएको खर्च र मौज्दात रकमसहितको विवरण सार्वजनिक गरेको हो ।
नेपालमा उत्पादित सवारीसाधन दर्ताको बाटो खुल्यो
यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो ।
वर्डफ्लु पीडित किसानलाई राहत
जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् ।
भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताउनुभएको छ ।
विद्यालय भर्ना अभियान सफल पार्न आमा शिक्षा कार्यक्रम
विद्यालय भर्ना अभियान सफल पार्न दोलखाको भीमेश्वर नगरपालिका –४ जिलु स्थितको सर्व माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि समेतका लागि घरघरमा आमा, विद्यालय शिक्षामा आमा मुख्य नाराका साथ एक दिवसीय आमा शिक्षा कार्यक्रम गर्न लागेको छ ।
बागमती प्रदेश सभा अधिवेशन अन्त्य
बागमती प्रदेश सरकारले बागमती प्रदेश सभाको पहिलो अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सभाको अधिवेशन प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकको सिफारिसमा प्रदेशप्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेशप्रमुखको कार्यालयबाट प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नेसम्बन्धी पत्र आएको जानकारी दिनुभयो । गत मङ्सिर ४ गतेको निर्वाचनपछि प्रदेश सभा गठनसँगै पहिलो अधिवेशन गत पुस १८ बाट सुरु भएको थियो ।
गालीगलौजको राजनीति नगरौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गर्नुभएको छ ।
बढी धुँवा फाल्ने १५ सवारी चालक कारबाहीमा
काठमाडौंको बबरमहलबाट मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ ओटा सवारी साधनका चालक कारबाहीमा परेका छन्।
दश लाख रुपियाँको अक्षयकोष स्थापना
दोखाको कालिञ्चोक गाउँपालिका –३ पुटुङ निवासी पूर्व कर्नेल महेन्द्रजङ सिवाकोटीले आफ्ना बाबुआमाको स्मृतिमा स्थानीय कालिनाग माध्यमिक विद्यालयमा १० लाख रुपियाँको अक्षयकोष स्थापना भएको छ ।
बलियो राष्ट्रिय शक्तिको खाँचो छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा राष्ट्रिय शक्ति निर्माणको खाँचो रहेको बताउनुभएको छ । मनमोहन अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
रसुवाको लाङटाङमा अझै यातायात पुगेन
रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालनमा आएको छ । गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । रसुवा घुम्न आउने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ ।
पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय
भूकम्प र कोरोनाले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय पहिलाकै लयमा फर्किएको छ ।
उपनिर्वाचनको परिणामबाट सच्चिन ध्यानाकर्षण
बागमती प्रदेश सभामा उपनिर्वाचनको मतपरिणामबारे चर्चा भएको छ। प्रदेश सभाको मङ्गलबार बसेको बैठकमा उपनिर्वाचनको मतपरिणामबाट परम्परागत दल सच्चिनुपर्ने आवाज उठेको हो। उपनिर्वाचनको नतिजाले पुरानै तौरतरिका र प्रवृत्तिबाट अगाडि बढ्न नसक्ने भन्दै प्रदेश सभाका सदस्यले सच्चिन ध्यानाकर्षण गराएका हुन्। प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले प्रदेश सरकारलाई समृद्धिको योजना ल्याउन र नियमित काममा मात्र सीमित नहुन भन्दै परिणाममुखी योजना ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “उपनिर्वाचनको मतपरिणामले पनि ठूला दलप्रति निराशा देखाएको छ। परिवर्तन संस्थागत गर्न पनि जनताको जीवनमा रूपान्तरण हुने गरी काम गर्नुपर्छ।”