• २७ पुस २०८१, शनिबार

दश लाख रुपियाँको अक्षयकोष स्थापना

blog

अक्षयकोषको १० लाख रुपियाँको चेक हस्तान्तरण गरिँदै । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, वैशाख १३ गते । दोखाको कालिञ्चोक गाउँपालिका –३ पुटुङ निवासी पूर्व कर्नेल महेन्द्रजङ सिवाकोटीले आफ्ना बाबुआमाको स्मृतिमा स्थानीय कालिनाग माध्यमिक विद्यालयमा १० लाख रुपियाँको अक्षयकोष स्थापना भएको छ । 

उहाँले कालिनाग मावि छत्रप्रकाश पदमकुमारी सिवाकोटी छात्रवृत्ति नामक सो अक्षयकोष स्थापना गरिदिनुभएको विद्यालयका प्रधानाध्यापक दाताराम नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ कक्षासम्मका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि यो कोष स्थापना भएको हो । 

आर्थिक अभावकै कारण पढाइ नछुटोस् र कम्तीमा पनि माध्यमिक शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने हेतुरहेको छ । नेपाल बैङ्क सिँगटी शाखामा राखिएको छ ।  

अक्षय कोषबाट प्राप्त व्याजबाट छात्रवृत्ति प्रदान गर्न आवश्यक विधान तयारी भइरहेको छ । विद्यालयको आगामी माघ महिनामा हुने अभिभावक दिवसका दिन यो छात्रवृत्ति प्रदान गर्ने लक्ष्य राखिएको छ । आवश्यकता हेरी १० देखि २० जनासम्मलाई यो छात्रवृत्ति वितरण गर्ने पनि विधानमा उल्लेख रहेको विद्यालयका प्रधानाध्यापक दाताराम नेपालले जानकारी दिनुभयो ।