१५ दिनभित्र अनावश्यक तार हटाउन कामनपाको निर्देशन
काठमाडौं महानगरपालिकाले सडकमा अव्यवस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा सङ्घसंस्थालाई १५ दिनको समय दिएको छ ।
जमानत जफत हुनबाट जोगिए एमाले र कांग्रेसका उम्मेदवार : रविको मतान्तर झण्डै ३९ हजार
चितवनको उपनिर्वाचनमा पुराना स्थापित पार्टीका उम्मेदवारहरु जमानत जफत हुनबाट जोगिएका छन ।
रवि लामिछाने ३५ हजार मतले अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछाने ३५ हजार १४९ मतान्तरले अगाडि रहनुभएको छ ।
‘बुढ्यौली बोझ होइन’
बुढ्यौली उन्मुख समाजतर्फ नेपाल पनि रहेकाले यसलाई समाजको बोझको रूपमा नभई अवसरका रूपमा लिनुपर्ने विज्ञहरूको सुझाव छ ।
पुनर्निर्माण गरेर घरमा ताला
भूकम्पले क्षतिग्रस्त बनाएका घर पुनर्निर्माण भए पनि दोलखाका गाउँ छाडेर सहर छिर्ने क्रम बढ्दै गएको छ। वि.सं. २०७२ वैशाख १२ को भूकम्प र वैशाख २९ को परकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये दोलखा पनि एक हो। वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु गोरखा भए पनि २९ गतेको भूकम्पको केन्द्रबिन्दु भने दोलखा हो। त्यसैले २९ गतेको भूकम्पले दोलखामा बढी क्षति पुगेको थियो। दोलखामा भूकम्पले क्षति पुगेका ७३ हजार घरमध्ये ६२ हजार ५९० पुनर्निर्माण भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका असिस्टेन्ट सब इन्जिनियर रामशरण न्यौपानेले बताउनुभयो।
आठ वर्षपछि पुनर्निर्माण सम्पन्न गरिँदै
वि.सं. २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पले ठूलो जनधनको क्षति पुर्याएको सिन्धुपाल्चोकमा आठ वर्षपछि पुनर्निर्माण सम्पन्न हुँदैछ। भूकम्पबाट पीडित भएका लाभग्राहीमध्ये ९५ प्रतिशतले सरकारी अनुदान लिएर घर बनाइसकेका छन्।
रवि लामिछाने विजय नजिक: गणना हुन बाँकी मत भन्दा मतान्तर धेरै
चितवनको निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय नजिक पुग्नुभएको छ ।
चितवनको ताजा नतिजा : प्रतिस्पर्धी भन्दा तेब्बर मतले लामिछाने अगाडि
चितवनको उपनिर्वाचनमा रवि लामिछानेले प्रतिस्पर्धी दुई पार्टीका उम्मेदवारले पाएको मत भन्दा झन्डै तीन गुणा धेरै मतान्तरले अगाडि रहनु भएको छ ।
ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, दुईजना घाइते
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ कालिदमारस्थित भित्री सडक–खण्डमा ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु र दुईजना घाइते भएका छन् ।
भरतपुरको सहरी क्षेत्रमा लामिछानेले मतान्तर वृद्धि गर्दै
भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मतान्तर अझ वृद्धि हुँदै गएको छ ।
रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु
वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथ तानिएको छ।
भूकम्प पीडितका घरहरु बने, मान्छे बसेनन्
बिनाशकारी भुकम्प गएको आठ वर्ष पूरा भएको छ । भुकम्पले क्षतिग्रस्त घर पुनरनिर्माण पछि गाउँमा घरहरु बढे पनि मान्छे गाउँ छाडेर सहर छिर्नेक्रम बढ्दै गएको छ । २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पले क्षति गरेका १४ जिल्लामध्ये दोलखा पनि एक हो ।
वीर अस्पतालका करार कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो
अस्पतालमा कोरोना कहरको दोस्रो लहरमा सरकारले कोरोना नियन्त्रण गर्न नियुक्त गरिका २७६ कर्मचारी र अन्य एक सय भन्दा बढी गरेर करिब चार सय कर्मचारीले तलब नपाएको गुनासो बेलाबेलामा गर्ने गरेका छन्।
नेपालमा उत्पादित सवारी साधन दर्ताबारे मन्त्रिपरिषदमा प्रस्ताव लगिने
नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुनहरु संशोधनगरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउने निर्णय भएको छ । सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल समस्या हल गर्न निर्देशन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरुसँग आज गरेको छलफलमा सो निर्णय गरिएको हो ।
इच्छाकामना गाउँपालिकामा पनि रवि अगाडि
चितवनको इच्छाकामना गाउपालिकाको छ वटा वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतान्तर मतान्तर बढाउनु भएको छ ।
चितवन २ मा रास्वपाका लामिछानेलाई अग्रता
चितवन २ को उपनिर्वाचन मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिनुभएको छ । पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा १ र ३ को गणना सकिँदा लामिछानेले ११५५ मत प्राप्त गर्नुभएको छ ।
रवि लामिछानेद्वारा स्पष्टीकरणको जवाफ पेस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले आफूले आचारसंहिता उल्लङ्घन नगरेको दाबी गर्नुभएको छ । निर्वाचन कार्यालयलाई उहाँले दिनुभएको स्पष्टीकरणको जवाफमा उहाँले सो दाबी गर्नुभएको हो ।
चितवनमा मतगणना सुरु
चितवन २ को मतगणना सोमबार दिउँसो २ बजेबाट सुरु भएको छ। दिउँसो १ बजेबाट हुने भनिएको मत गणना एक घण्टा ढिला सुरु भएको हो।बिहानको बैठकपछि खाना खाएपछि मतगणना सुरु गरिएको हो।
नरभक्षी बाघलाई चिडियाखानामा राखियो, महाराजासँग जोडी बाँधिदिने
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ ।
लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ: सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ ।
रास्वपा अध्यक्ष लामिछानेलाई स्पष्टीकरण सोधियो
आइतबार सम्पन्न मतदानका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् चितवन दुईका उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
समृद्धितर्फ अगाडि बढ्न प्रेरित गर्ने विश्वास
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले लोकतन्त्र दिवसले देशलाई समृद्धिको पथमा लैजान सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
सर्वदलीय बैठक नबस्दा चितवनको मत गणना अझै अन्योल
नेपाली कांग्रेसको अडानका कारण आइतबार राति बस्ने सर्वदलीय बैठक बस्न नसकेपछि मत गणना अझै अन्योलमै छ ।
काठमाडौंमा मेघगर्जन र चट्याङसहित वर्षा
राजधानी काठमाडौंमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।