परियोजनाको प्रभावकारी कार्यान्वयनमा जोड
एसियाली विकास बैङ्क (एडीबी)को सहायताअन्तर्गत परिचालित परियोजनाहरूको समयमै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । शुक्रबार आयोजित एडीबीको सहायतामा सञ्चालित परियोजनाहरूको समीक्षा कार्यक्रमका सहभागीले परियोजना सुरुवात, खरिद प्रक्रिया, भुक्तानीलगायत विभिन्न चरणमा समस्या कायमै रहेकाले यसको समाधान जरुरी रहेको बताएका छन् ।
चार भन्ज्याङ चार सुरुङ मार्ग, अध्ययन पनि सकिएन
आव २०७९/८० को सङ्घीय सरकारको बजेटमा सुरुङ मार्ग निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइएको थियो। मुलुकका विभिन्न स्थानमा सुरुङ मार्ग निर्माण गर्नेलगायत सरकारले काठमाडौँ उपत्यकाका लागि ‘चार भन्ज्याङ चार सुरुङ मार्ग’ कार्यक्रम ल्याएको थियो।
सुरक्षा निकायलाई प्रविधिमैत्री बनाउन जोड
बागमती प्रदेशको सुरक्षा अवस्था सुधार गर्न सुरक्षा निकायलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शुक्रबार हेटौँडामा भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीका सहभागीहरूले पुरानै प्रविधि र संरचनामा बढ्दो सुरक्षा चुनौती सामना गर्न कठिन हुने भन्दै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनु भएको हो।
हरिहरपुरगढीमा बढ्यो चहलपहल
चौधौँ शताब्दीमा बनेको सिन्धुलीको ऐतिहासिक स्थल हरिहरपुरगढी अवलोकन गर्न आउनेको चहलपहल अहिले बढ्दै गएको छ। बागमती प्रदेश सरकारको सहयोगमा हरिहरपुरगढीमा खानेपानी, ट्रस्ट, गेस्टहाउस, वनभोज स्थल, प्रतीक्षालय, प्रवेशद्वार, सिँढीलगायतका भौतिक संरचना निर्माण भएपछि पर्यटकको चहलपहल बढेको हो।
पाँच दिन किताब बोक्ने, शुक्रबार सीप सिक्ने
काठमाडौं महानगरपालिकाले शुक्रबार विद्यार्थीले किताब र झोला नबोकी विद्यालय जाने कार्यक्रम लागू गर्ने भएको छ। हाँस्दै, खेल्दै विद्यालय जाने र घर फर्कँदा होमवर्क नभई जीवन उपयोगी सीप लिएर फर्कने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको महानगरले जनाएको छ।
अनुमतिविना कम तौलका खाद्यान्न बिक्री, उपभोक्ता मारमा
हेटौँडाका खाद्यान्न पसलबाट बिक्री हुँदैआएको चामलका बोरामा तोकिएको भन्दा कम तौल भएको खाद्यान्न विक्री भएको भेटिएको छ । हेटौँडा उपमहानगरपालिका –२ स्थित कान्तिलोक पथमा रहेका खाद्यान्नका अधिकृत बिक्रेताहरुले बिक्री गर्दैआएको चामलका बोराहरु पसलमा नै अनुगमन टोलीले तोकिएको तौलभन्दा कम फेला पारेको हो ।
सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं : सञ्चारमन्त्री शर्मा
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताउनुभएको छ।
हेटौँडामा दुई दिने साहित्य महोत्सव सुरु
साहित्य सङ्गम मकवानपुरको आयोजनामा हेटौँडामा दुई दिने साहित्य महोत्सव सुरु भएको छ । शुक्रबारदेखि सुरुभएको हेटौँडा साहित्य महोत्सवमा साहित्यसम्बन्धी विविध रचनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छ : कामु प्रधानन्यायाधीश
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताउनुभएको छ।
सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।
काठमाडौं उपत्यकामा हावाहुरीसहितको हल्का वर्षा
अहिले उपत्यकासहित देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा केहीबेर हावाहुरीसहित मध्यम वर्षा भएको छ ।
बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
बागमती प्रदेशको सुरक्षा अवस्थाको बारेमा छलफल गर्दै हेटौँडामा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शुक्रबार हेटौँडामा भएको गोष्ठीमा प्रदेशभित्रको सुरक्षा चुनौती र समस्यालगायत विषयमा छलफल भएको छ।
कहिले खुल्छ काठमाडौंको आकाश
सङ्घीय राजधानी काठमाडौंको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौंको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ ।
पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक
नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक पनि राखिएको छ ।
पुस्तक समीक्षा : दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक
आजकल, कतिपय अध्येताले देशका जातजातिको जीवनशैलीलाई समेटेर अध्ययन गर्ने तथा कृति प्रकाशन गर्ने क्रममा मन्दी आएको विचार राख्दै आएका छन् ।
६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात
भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधन आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।
आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
धरहरा ठडियो, १५ प्रतिशत काम हुन बाँकी
काठमाडौं घुम्ने क्रममा धरहरा चढेर मात्र घर फर्कने उहाँको मन छ । सुन्धारामा आएपछि धरहरा चढ्ने सुरले उहाँ त्यसतर्फ लाग्नुभयो । तर सुरक्षा गार्डले धरहरा बनिसकेको छैन भन्दै फर्काइदिए ।
लगाउन अयोग्य भएपछि सिनोभ्याकको ४० लाख डोज खोप प्रयोगमा आएन
स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले उक्त खोप बुस्टरडोजका रूपमा प्रयोग गर्न नमिल्ने र अधिकांशले पहिलो डोज लगाएकाले खोप प्रयोगमा आउन नसकेको जानकारी दिनुभयो ।
टोखामा विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम
टोखा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।
आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आदिवासी जनजाति आयोगले तेस्रो वार्षिक प्रतिवेदन पेस गरेको छ। प्रदेश प्रमुखको कार्यालय हेटौँडामा बिहीबार आयोजित कार्यक्रममा आयोगका सदस्य रीना रानाले आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेस गर्नुभएको हो।
पहिरोपीडितलाई नगद बाँड्ने निर्णय
जनस्तरबाट जुटेको रकम जुरे पहिरोपीडितलाई वितरण गरिने भएको छ। पहिरोपीडितका नाममा जनस्तरबाट दुई करोड २४ लाख ६६ हजार ६५७ रुपियाँ ८५ पैसा सहयोग जुटेकोमा त्यसबेला पहिरोपीडितलाई रकम नबाँडेर सरकारी खातामा जम्मा गरिएको थियो। वैशाख ५ गते सम्पन्न जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जुरे पहिरोपीडितको उद्धार, राहत र पुनस्र्थापनाका नाममा सङ्कलन भएको रकम नगदै वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो। २०७१ साउन १७ गते इटिनी पहाड खसेर जुरे पहिरो गएको थियो। उक्त पहिरोमा परी १४२ जनाको ज्यान गएको र १५३ घरपरिवार विस्थापित भएको विपत् व्यवस्थापन समितिको तथ्याङ्क छ।
नारायणी नदीमा सी बिच : गैँडाकोटतर्फ तटबन्धको डीपीआर बन्दै
नारायणी नदीपारि गैँडाकोटतर्फ पनि तटबन्ध बन्ने भएको छ । चितवनको नारायणगढतर्फ नारायणी नदीमा तटबन्ध निर्माण भएपछि नदीको अर्काेतर्फको गैँडाकोटमा क्षति हुने भन्दै विरोधमा उत्रेका स्थानीयको माग सम्बोधन गर्न नारायणी नदी व्यवस्थापन कार्यालय तयार भएको छ।
मालवाहक सवारीसाधनको भारवहन जाँच सुरु
काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन हुने तथा जिल्लाबाट बाहिर जाने मालवाहक सवारीसाधनको भारवहन जाँच सुरु भएको छ। क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण राजमार्गको अवस्था जीर्ण भएको र दुर्घटनाको जोखिम बढेपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि मालवाहक सवारीसाधनको भारवहन जाँच सुरु गरिएको हो।