• ११ असोज २०८१, शुक्रबार

ओली निवासमा जानुहुँदै प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख ४ गते । नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा आज (सोमबार) बिहान ९ बजे बालकोट जाने कार्यक्रम तय भएको छ । 

एक साता देखि ज्वरोका कारण अस्वस्थ हुनु भएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक विषयमा छलफल गर्न शीर्ष दलका प्रमुखहरू वाल कोट जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

ओलीसँगको भेटमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने सचिवालयले जनाएको हो । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे समेत शीर्ष तहमा छलफल हुने जनाएको छ ।