• १३ मंसिर २०८१, बिहिबार

कपडा तथा सिलाई व्यवसायी महासङ्घलाई एक हुन दबाब

blog

वसन्त पराजुली

भरतपुर, चैत २७ गते ।  नेपाल कपडा तथा सिलाई व्यवसायी महासङ्घमा देखिएको विवाद अन्त्य गर्न जिल्ला स्तरबाट दबाब सुरु भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ चितवनको सोमबार सम्पन्न १६ औँ वार्षिक साधारण सभाले महासङ्घमा रहेको दुई वटा समानान्तर समितिलाई एक बनाउन दबाब दिएको हो । 

साधारण सभाले दुई दुई वटा महासङ्घ हुँदा त्यसले व्यवसायीको हितमा काम गर्न नसकेको भन्दै महासङ्घ एउटा मात्रै हुनुपर्ने माग गरेको छ । २०५५ सालमा स्थापित महासङ्घ अहिले दुईवटा गठन भएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घले दुवै समितिलाई मान्यता दिएको छ । रामकुमार श्रेष्ठ र गोपाल परियारको नेतृत्वमा अहिले छुट्टाछुट्टै दुई वटा समानान्तर समितिको नाम भने एउटै छ । 

सङ्घका पूर्व अध्यक्ष रामशरण पुडासैनीले महासङ्घ एक नभए चितवन स्वायत्त बस्ने निर्णयसमेत साधारण सभाले लिएको जानकारी दिनुभयो ।

सङ्घ चितवनकी अध्यक्ष सुधा पोख्रेलले एकतामा नै व्यवसायीको बल भएको जानकारी गराउँदै फुटेर भन्दा जुटेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकाले सङ्घले दबाब सृजना गरेको बताउनुभयो । 

यस्तै, साधारण सभाको प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष राजेन्द्र वली हुनुहुन्थ्यो ।