उपत्यकाका ट्राफिक बत्तीको मर्मत सुरु
काठमाडौँ उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ । सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो ।
पेस्तोलसहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
सरकारले पूर्णता पाएपछि काममा तीव्रता आउँछ : गृहमन्त्री श्रेष्ठ
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले पूर्णता पाएपछि जनताको भावना अनुसार कामले तीव्रता पाउने बताउनु भएको छ ।
भीमेश्वर नगरपालिकाले आठ महिनामा एक करोडभन्दा २९ लाख राजस्व सङ्कलन गर्यो
दोलखाको भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म यो राजस्व सङ्कलन भएको हो ।
ठाउँको खोजीमा लोकबाजा सङ्ग्रहालय
लोपोन्मुख नेपाली लोकबाजा सङ्कलन गरेर संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको ‘नेपाली लोकबाजा सङ्ग्रहालय’ सार्न बारम्बार दबाब पर्न थालेको छ। बर्षौं लगाएर देशका विभिन्न भागमा पुगेर सङ्कलन गरिएका ती लोकबाजाले सुरक्षित र संरक्षित हुने स्थान पाउन सकेका छैनन्।
घरमै गएर नागरिकता प्रमाणपत्र प्रदान
प्राकृतिक स्रोतमाथि हुने दोहन पछिल्लो समय सामान्यजस्तै भएको छ। प्राकृतिक स्रोतको अवैध रूपमा हुने गरेको दोहनले वातावरणमा पारेको प्रभाव र सामाजिक असरलाई लिएर आवाज उठ्ने गरे पनि केही समय रोकेजस्तो गर्ने र आवाज मत्थर हुन थालेपछि पुनः दोहन गर्ने प्रवृत्ति छ । सरकारी निकाय पनि कहिले सक्रिय हुन्छन् त कहिले चुपचाप बस्छन्।त्यसैको उदाहरण हो, धादिङमा पछिल्लो समय भइरहेको नदीमाथिको अवैध दोहन। धादिङको त्रिशूली नदी, मलेखु खोला र आँखु खोलामा अहिले दिन–रात नभनी स्काभेटरले ढुङ्गा बालुवा निकालिरहेका छन्। खोलाभर स्काभेटर र टिप्पर कुदिरहेको दृश्यले प्राकृतिक स्रोतमाथिको अवैध र अविवेकी दोहन मात्र होइन नियमनकारी निकाय नै थाहा नपाएजस्तो गरेर बसेका छन्।
दलका लागि प्रतिष्ठा बन्दै उपनिर्वाचन
चितवन निर्वाचन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तीनवटा राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका छन्। नेकपा एमाले पार्टीको प्रभाव रहेको मानिएको यस निर्वाचन क्षेत्रमा गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएपछि पुरानो साखलाई जोगाउन एमाले लागिपरेको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जित हासिल गर्नेमा आशावादी छन्।
रत्न–महेश्वर स्मृतिग्रन्थ सार्वजनिक
रत्न–महेश्वर स्मृतिग्रन्थ आज एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । हास्यव्यङग्य लेखक कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ सहित उपस्थित अतिथिहरुले स्मृतिग्रन्थको लोकापर्ण गर्नुभयो ।
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट दुई मन्त्री
बागमती प्रदेशको मन्त्रिपरिषद सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि आइतबार साँझ विस्तार गरिएको छ ।
बागमती प्रदेशका नवनियुक्त मन्त्रीद्वारा पद र गोपनीयताको शपथ
बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद र गोपनीयताको आज शपथ लिनुभएको छ ।
बागमतीको मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट दुई मन्त्री बन्ने
बागमती प्रदेशको मन्त्रिमण्डलको आइतबार (आज) साँझ विस्तार हुने भएको छ । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै भएको सत्ता समीकरण परिवर्तनपछि सरकार विस्तारमा ढिलाइ भएको सार्वजनिक टिप्पणी हुँदै गर्दा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको हो ।
नक्कली अनलाइन विज्ञापनमार्फत् ठगी गर्ने पक्राउ
महँगा आइफोन, मोबाइल सेट अनलाइन विज्ञापनमार्फत सस्तो मूल्यमा बिक्री गर्ने भनेर ठगी गर्दै आएका उपेन्द्र शाही पक्राउ परेका छन्।
अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चार जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
नदी र खोला दोहन अनियन्त्रित
प्राकृतिक श्रोतमाथि हुने दोहन पछिल्लो समय सामान्यजस्तै भएको छ । अवैध रूपमा भएको दोहनले वातावरणमा पारेको प्रभाव र सामाजिक असरलाई लिएर आवाज उठेपछि केहीसमय रोकेजस्तो गर्नु र पुनः उत्खनन हुँदा चुपचाप बस्नु नियमित सरकारी प्रक्रिया जस्तै बनेको छ ।
साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा रचित कथासङ्ग्रह सत्याग्रह प्रकाशित
काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह सत्याग्रह प्रकाशन भएको छ । यो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो ।
चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशील
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. २ का ४३ मध्ये २९ स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ ।
७० अङ्कभारको व्यवस्थापछि उत्तीर्ण हुनेको सङ्ख्या २० प्रतिशत वृद्धि
बागमती प्रदेशमा ७० अङ्कभारको नियम लागू भएसँगै सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा उत्तीर्ण हुनेको सङ्ख्या बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी देवराज चौलागाँइका अनुसार ७० अङ्कभारको व्यवस्था गरेपछि उत्तीर्ण हुनेको सङ्ख्या २० प्रतिशतले बढेको छ ।
लाकोजूको कथासङ्ग्रह सत्याग्रह बजारमा
काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह सत्याग्रह प्रकाशन भएको छ । यो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो ।
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज (आइतबार) हुँदै छ । युवती बलात्कारको आरोप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरबाट पाए २७६ जनाले स्वास्थ्य सेवा
धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पताल, कालिन्चोक गाउँपालिका–८ र दोलखा ल्यान्स क्लबको संयुक्त आयोजनामा आयोजित दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर एवं सचेतनात्मक कार्यक्रमबाट २७६ जनाले स्वास्थ्य सेवा पाएका छन् ।
राष्ट्रिय फल घोषणा गर्न अध्ययन सुरु
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो देशको राष्ट्रिय फल के राख्ने त्यसका बारेमा अध्ययन सुरु गरेको छ । राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नुपर्ने प्रस्ताव गरेपछि कृषि मन्त्रालयले त्यसको अध्ययन थालेको हो । कृषि मन्त्रालयले स्रोत केन्द्रबाट आएको प्रस्तावलाई अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरलाई जिम्मेवारी दिएको छ ।
इनरुवा सेवा समाज गठन
नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न गम्भीर छलफल आवश्यक भएको बताउनुभएको छ। शनिबार राजधानीमा आयोजित इनरुवा सेवा समाजको गठन एवं नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देश र समाजले संविधान पाइसकेकोले भाषण मात्रै नभई व्यवहारमा देशको समुन्नति, विकास र समृद्धिको बाटोमा अग्रसर हुनसमेत अपिल गर्नुभयो।
दलीय विवादको छायामा प्रदेश सभा, गठन भएनन् विषयगत समिति
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएको तीन महिना बितिसकेको छ तर अझै प्रदेश सभाअन्तर्गत बन्नुपर्ने विषयगत समिति गठन भएको छैन। सङ्घमा सत्ता समीकरणमा आएको परिवर्तन र दलहरूबीचको विवादको प्रत्यक्ष प्रभा
शैक्षिक प्रतिष्ठान बन्दै भरतपुर अस्पताल
भरतपुर अस्पतालमा बिरामीको चाप बढिरहेको छ। बिरामीको बढ्दो चापलाई थेग्न जनशक्ति र पूर्वाधार भने पर्याप्त नरहेको बताइएको छ। आर्थिक वर्ष २०७८/७९ मा भरतपुर अस्पतालमा दुई लाख ८० हजार ५११ जना बिरामीको उपचार भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। भरतपुरमा शनिबार आयोजित अस्पतालको वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार सो आर्थिक वर्षमा अस्पतालको ओपीडीमा दुई लाख ५२ हजार ८९४ र आकस्मिक तर्फबाट २७ हजार ६१७ बिरामीको उपचार भएको हो। सो अस्पतालमा आव २०७७/७८ मा एक लाख ७१ हजार १३ र २०७६/७७ मा दुई लाख ५२ हजार ६९ जना बिरामीले उपचार गराएका छन्।