• १३ मंसिर २०८१, बिहिबार

बागमतीको मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट दुई मन्त्री बन्ने

blog

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय । तस्बिर : गोरखापत्र

राममणि दाहाल

हेटौँडा, चैत २६ गते । बागमती प्रदेशको मन्त्रिपरिषदको आइतबार (आज) साँझ विस्तार हुने भएको छ । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै भएको सत्ता समीकरण परिवर्तनपछि सरकार विस्तारमा ढिलाइ भएको सार्वजनिक टिप्पणी हुँदै गर्दा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको हो । 

विस्तारित मन्त्रिपरिषदमा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले सहभागिता जनाउने भएको छ । कांग्रेसबाट पहिलो चरणमा मन्त्रिपरिषदमा दुई जनाको प्रतिनिधित्व रहने जनाइएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले अहिले सानो आकारको मन्त्रिपरिषद बन्ने जानकारी दिनुभयो । मन्त्रिपरिषदमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामा र तीर्थबहादुर लामा सहभागी हुँदै हुनुहुन्छ । 

सरकार विस्तारमा ढिलाइका कारण प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले मुख्यमन्त्री कार्यालयसहित आठ वटा मन्त्रालयको जिम्मेदारी सम्हाल्दै आउनुभएको थियो ।

चैत १० गते नेकपा एमालेका चार मन्त्री र गत फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।