• १८ असार २०८१, मङ्गलबार

सञ्चालनमा आएन चिल्ड्रेन पार्क

blog

चरीकोट समाचारदाता

चरीकोट, चैत २१ गते । दोलखाको गौरीशङ्कर गाउँपालिकामा चिल्ड्रेन पार्क निर्माण भएको करिब एक वर्ष पूरा हुन लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन। 

गाउँपालिकाको वडा नं. ५, इविथानमा रहेको सो पार्कमा ताला लगाइए पनि स्थानीय बालबालिकाले पार्कको द्वार नाघेर खेल्ने गरेका छन्। चिल्डे«न पार्क चाँडै सञ्चालनमा आउन सके स्वास्थ्य केन्द्र, विद्यालय र बजार क्षेत्रमा आउने बालबालिकालाई फुर्सदको समयमा रमाउन मिल्ने स्थानीय छिन्डोमा शेर्पाले बताउनुभयो। 

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्राप्त करिब एक करोड ५३ लाख रुपियाँको लागतमा चार रोपनी जग्गामा चिल्डे«न पार्क निर्माण भएको छ।

स्थानीय व्यवसायी राजन घतानी हिमाली गाउँलाई पर्यटकीय केन्द्र बनाउन, सरकारी कार्यालयमा आउने सेवाग्राहीका बालबालिकालाई भुलाउन र बजार क्षेत्रका बालबालिका फुर्सदको समयमा रमाउन चिल्डे«न पार्क आवश्यक भए पनि सञ्चालन हुन नसक्दा उपयोगविहीन बनेको बताउनुभयो।

गौरीशङ्कर गाउँपालिका–५ का वडाध्यक्ष सुन्दर खड्काले चिल्डे«न पार्कमा केही संरचना निर्माण गर्न बाँकी रहेको र व्यवस्थापनका लागि समिति निर्माण गर्न लागिएकाले सञ्चालनमा केही ढिलाइ भएको बताउनुभयो।