• १३ मंसिर २०८१, बिहिबार

विकट झार्लाङमा खानेपानीको शिलान्यास

blog

२०८१ साउन महिनासम्ममा सम्पन्न गर्नेगरी धादिङको झार्लाङ वडामा खानेपानी आयोजनाको सिलन्यास । तस्बिर : मुरारी अधिकारी

मुरारी अधिकारी
धादिङ, चैत २२ गते ।
 उत्तरी धादिङको झार्लाङ वडा भरका नागरिकका लागि घर घरमा धारा पुर्‍याउने उद्देश्यले खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।

वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका खनियाबास गाउँपालिका–१ गिलिङ्जोमा भारतीय दूतावासको आर्थिक सहयोगमा झार्लाङ वडाका पाँच सय घर परिवारलाई पुग्ने गरी दुई करोड ३६ लाख लागतमा सम्पन्न गर्ने गरी खानेपानी आयोजनाको शिलान्यास गरिएको हो ।

खानेपानी आयोजना सम्पन्न भएपछि झार्लाङवासीले भोग्दै आएको खानेपानीको समस्या शतप्रतिशत समाधान हुने खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने झार्लाङ विकासका दृष्टिले निकै पछि परेको गाउँ हो । अधिकांश तामाङ जातिको बसोबास रहेको उक्त क्षेत्र गत वर्षमात्रै सडक सञ्जालमा जोडिएको थियो । । स्वच्छ खानेपानीको लागि घण्टौँ समय हिँड्नु र कुर्नुपर्ने समस्या रहेको यस क्षेत्रका बासिन्दासँग रहेको वडा नं १ का अध्यक्ष सोनामबहादुर तामाङले जानकारी दिनुभयो ।

भारतीय दूतावासको सहयोग र पालिकाको साझेदारीमा बन्न लागेको उक्त आयोजना बनाउने जिम्मा लिएको नाना कन्स्ट्रक्सनले समयमा नै काम सम्पन्न गर्ने गरी कार्य अगाडि बढाएको पालिकाका निमित्त कार्यकारी नवराज श्रेष्ठले जानकारी दिनुभयो । खानेपानी आयोजना २०८१ साउन महिनासम्ममा सम्पन्न हुने श्रेष्ठको भनाइ छ ।