• १३ मंसिर २०८१, बिहिबार

काठमाडौँ प्रवेश गर्ने दुई सडकमा आवागमन बन्द

blog

चित्लाङ–चन्द्रागिरि–थानकोट सडकको स्तरोन्नतिको काम हुँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, चैत १७ गते । हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको दुई वटा सडक स्तरोन्नतिको क्रममा सवारी साधन सञ्चालन आवागमन बन्दगरिएको छ ।

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका बन्द गरिएको हो । चित्लाड–थानकोट सडक सरोकार समितिका सदस्य रामशरण नेपालले चित्लाङ–चन्द्रागिरि–थानकोट सडकको पानीघाट–देउराली खण्डमा सडक खाल्डाखुल्डी भई सवारी साधन सञ्चालनमा समस्या भएकाले मर्मत गर्न बन्द गरिएको जानकारी दिनुभयो ।  

त्यसैगरी थाहा नगरपालिका –९ वडा कार्यालयले सडक स्तरोन्नति एवं मर्मत कार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक बन्द रहने जनाएको छ । वडा कार्यालयका अनुसार प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहनेभएको छ ।

त्यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक खण्डअन्तर्गत ईन्द्रसरोवर गाउँपालिका –३ को ज्यामिरेबाट रामचन्द्र भञ्ज्याङ सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको छ । ईन्द्रसरोवर गाउँपालिका –३ को कार्यालयले सडक स्तरोन्नतिको काम भइरहेको छ ।

वडा कार्यालयले हरेक दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारी साधन र स्थानीय रुटमा चल्ने बाहेकका सवारीका साधन बाहेका अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ ।