किसानलाई आलु रोप्ने चटारो
दैलेखमा आलुको पकेट क्षेत्र मानिने गुराँस गाउँपालिकाका तरकारी किसानलाई आलु रोप्ने चटारो बढेको छ । यहाँका किसानहरू अहिले बारीमा आलु रोप्न व्यस्त देखिन्छन् । कोही मल बोक्दै, कोही डल्ला फोर्दै, कोही जोत्दै त कोही बिउ लगाउँदै गर्दा किसानलाई फुर्सद छैन ।
राउटे समूदाय संकटमा, जनसंख्या घट्दै
राउटेको मूलप्रवाहिकरण गर्न भनेर बजेट छुट्याएको भए पनि पछिल्लो समय यो समुदाय भने संकटमा पर्न थालेको छ । राउटे समुदायमा समस्या बढ्दै गए पनि सरकारी लगानी भने घटदै गएको छ ।
हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक
समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो ।
बाल संसदमा बालबालिकाको अभ्यास
सङ्घीय संसद् सचिवालयको आयोजनामा पाँच दिने नमुना बाल संसद् अभ्यास वीरेन्द्रनगरमा समापन गरिएको छ। सांसद अम्मरबहादुर थापाले नमुना बाल संसद् अभ्यास कार्यक्रमले सबल नेतृत्व जन्माउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले बाल अवस्थामै संसदीय अभ्यास र मुलुक सञ्चालन कसरी हुन्छ भन्ने जानकारी लिनुले मुलुकको सक्षम जनशक्ति उत्पादनमा ठूलो सघाउ पुग्ने बताउनुभयो। नमुना अभ्यासले बालबालिकालाई आदर्श राजनीति सिकाउन प्रेरित गर्ने उहाँको भनाइ छ।
अंशबिनै सम्बन्धविच्छेद
गुर्भाकोट नगरपालिका–९ की सविता थापा (नाम परिवर्तित)ले सम्बन्धविच्छेदको झन्झटिलो प्रक्रियाबाट वाक्क भएर अंश र खाना खर्चको दाबी छाडी सम्बन्धविच्छेद मात्र गर्नुभयो। सविताले २०७८ भदौमा जिल्ला अदातल सुर्खेतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नुभएको थियो। अंशसहित सम्बन्धविच्छेद गर्ने सोचले अदालत जानुभएकी थापाले ‘अंश तथा खाना खर्च दिलाई सम्बन्धविच्छेद गरिपाऊँ’ भनी मुद्दा दर्ता गर्नुभएको थियो। श्रीमान्को सम्पत्तिको आधा हिस्सामा हक हुने कानुनी व्यवस्थाअनुसार उहाँले अंशमा दाबी गर्नुभएको थियो। तर अदालती प्रक्रिया झेल्दै जाँदा उहाँलाई अंशभन्दा छिटो सम्बन्धविच्छेद गर्नु थियो। उहाँ आफ्नो निर्णयबाट पछि हट्नुभयो। अन्ततः थापाले अंश तथा खाना खर्च नलिने र सम्बन्धविच्छेद मात्रै गर्ने निर्णयमा पुग्नुभयो।
काम नगर्ने ठेकेदारको ठेक्का रद्द हुन्छ : मन्त्री ज्वाला
भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयावधिभित्र काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताउनुभएको छ । ठेक्का लिएर सम्झौता गरिसकेका तर समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताउनुभएको हो ।
हुम्ला अस्पतालमा आइपुग्यो औषधि
जिल्ला अस्पतालमा बिरामीको उपचारका लागि अभाव भइरहेका बेला हवाई मार्गबाट औषधि आइपुगेको छ । चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेशका दश वटै जिल्लामा औषधि खरिद गरेर ढुवानी गर्ने जिम्मा लिएको प्रदेश स्वास्थ्य औषधि ब्यवस्थान केन्द्रले औषधि पठाएपछि तत्कालका लागि जिल्ला अस्पतालमा अत्यावश्यक औषधि आइपुगेको हो ।
लामो समय उपचार नपाउँदा बालकको बिचल्ली
कालीकोटको पचालझरना गाउँपालिका –४ का दुई वर्षका बालक मनिश न्यौपानेको घाउको उपचार गर्न नसक्दा हातमा किरा परेका छन् । उपचार अभावमा बालकको विचल्ली भएको छ ।
द्वन्द्व पीडितले कहिले न्याय पाउने ?
दसवर्षे सशस्त्र द्वन्द्वको अन्त्य र विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ। यद्यपि सशस्त्र द्वन्द्वका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन्। द्वन्द्वका बेला बेपत्ता पारिएका परिवारका आफन्त उनीहरूको अवस्थाबारे सुनुवाइको प्रतीक्षामा छन्। द्वन्द्वमा परी घाइते र अङ्गभङ्ग भएकाले सरकार भएको अनुभूत गर्न पाएका छैनन्।
बलात्कार कसुरमा सात वर्ष कैद
दैलेख जिल्ला अदालतले युवती बलात्कार कसुरमा भगवतीमाई गाउँपालिका–२, रुमका २१ वर्षीय मोहन बुढालाई सात वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सात वर्ष कैद, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा एक हजार तीन सय रुपियाँ तिर्नुपर्ने फैसला मङ्गलबार भएको हो।
श्रीमानको कुटाइबाट श्रीमतीको हात भाँचियो
श्रीमानको कुटाई बाट एक जना तीन महिनाकी सुत्केरी महिलाको दायाँ हात भाँचिएको छ । बनमा दाउरा टिपेर घर फर्केकी श्रीमतीसँग विवाद भएपछि श्रीमानले लात्तीले हान्दा भुईँमा बजारिदा हात भाँचिएको हो ।
एमालेप्रति नागरिकको आकर्षण बढेको दाबी
नेकपा (एमाले) केन्द्रले तय गरेको मिसन ग्रासरुट अभियानका क्रममा कालीकोटमा तीन सय ५५ जना नेता तथा कार्यकर्ता थपिएका छन् । अभियानको क्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा समाहित भएका हुन् ।
बालविवाह रोक्न पञ्च वर्षीय योजना
बालविवाह न्यूनीकरण गर्नका लागि पञ्च वर्षीय कार्ययोजना तयार पारिएको छ । गाउँ गाउँमा बालविवाह बढेपछि त्यसको रोकथाम र न्यूनीकरण गर्नका लागि गाउँपालिकाको पहलमा रणनीति र कार्ययोजना तयार पारिएको हो ।
अन्तिम चरणमा अस्पताल भवन
शिवालय गाउँपालिकाको केन्द्रमा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ। सङ्घीय शासन प्रणाली लागू भएपछि गाउँपालिकामा १० शøया नगरपालिकामा १५ शय्याको अस्पताल हुनुपर्ने अवधारणा ल्याएपछि अस्पताल भवन निर्माण कार्यको सुरु गरिएको हो।
मोबाइल झुण्ड्याएर कुरा गर्न बाध्यता
हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय र सुरक्षाकर्मीहरूलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ ।
महिला हिंसा न्यूनीकरणमा प्रहरी परिचालन
जिल्ला प्रहरी कार्यालय कालीकोटले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि अभियान थालेको छ ।
मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिए कारबाही हुने
सुर्खेतमा कानुन विपरीत नदीजन्य पदार्थको ठेक्का लगाउने तथा नदीजन्य पदार्थ सङ्कलनका लागि मेसिनरी औजार प्रयोगको अनुमति दिने स्थानीय तहका कर्मचारीलाई कारबाही हुने भएको छ ।
समयमा पुल नबन्दा तुइनकै भर
निर्माण व्यवसायीले समयमा काम नगर्दा जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालेखोलामा वारपार गर्न तुइनकै भर पर्नु परेको छ ।
मैनागाडामा बसपार्कको शिलान्यास
राष्ट्रिय सडक सञ्जालसँग हालसम्म जोडिन नसकेको हुम्लाको सदरमुकाम सिमकोटमा बसपार्क निर्माण कार्यको शिलान्यास गरिएको छ ।
भेरी सफाइ अभियान सुरु
दुनै बजारको सौन्दर्य बनेको भेरी नदी दिनहुँ फोहोर फाल्ने डम्पिङ साइट बन्दै गएपछि ठूलीभेरी नगरपालिकाको सक्रियतामा सफाइ अभियान थालिएको छ। दुनैका व्यवसायी र स्थानीयले दुनैको सौन्दर्य भेरी नदीमा दैनिक फोहोर फाल्दै आएका छन्। हालका लागि दैनिक दुई पटक भेरी सफाइ गर्ने अभियान थालिएको छ। दुनै बजार र भेरी नदीको सौन्दर्य बढाउने उद्देश्यसहित यो दीर्घकालीन अभियान थालिएको हो।
सोमबारे साइत पारेर विद्यार्थी खोज्न शिक्षकहरु घर-घरमा
कालीकोट जिल्लाको सबै भन्दा पुरानो बडिमालीका माध्यमिक विद्यालय परिवारले विद्यार्थी भर्नाका लागि नौलो अभियान थालेको छ ।
सरकारले जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्छ : रक्षामन्त्री खड्का
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नेगरी सरकारले काम गर्ने बताउनुभएको छ ।
सालनालसहित फेला परेको मृत शिशुको सनाखत हुन सकेन
रुकुम पश्चिममा सालनाल सहित मृत अवस्थामा फेला परेको एक शिशुको सनाखत हुन सकेको छैन ।
मुगुवासीलाई आधुनिक चुल्हो
जिल्लाको छायानाथ रारा नगरपालिकाका २, ३ र ५ नं. वडाका अति विपन्न र ज्येष्ठ नागरिकले आधुनिक चुलो पाएका छन् ।