• १२ मंसिर २०८१, बुधबार

एमालेप्रति नागरिकको आकर्षण बढेको दाबी

blog

मिसन ग्रासरुटमा खटिएका नेता कार्यकर्तालाई विदाइ गरिदै । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, चैत २९ गते । नेकपा (एमाले) केन्द्रले तय गरेको मिसन ग्रासरुट अभियानका क्रममा कालीकोटमा तीन सय ५५ जना नेता तथा कार्यकर्ता थपिएका छन् । अभियानको क्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा समाहित भएका हुन् ।

मानममा अभियानका उपलब्धिका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य तथा मिसन ग्रासरुट अभियानका केन्द्रीय प्रतिनिधि दल रावलले एमालेप्रति नागरिकको आकर्षण बढेको पाइएको बताउनुभयो ।

अभियानमा एमाले सदस्यता सुदृढीकरण मात्र गरेन, नागरिकहरूका समस्याका बारेमा पनि मसिनो गरी अध्ययन गरेको एमाले कालिकोटले जनाएको छ । कालीकोटको सम्भावनाका सवालमा लिखित प्रतिवेदन बनाउने सो दलले जनाएको छ । 

विकास गर्नुपर्ने क्षेत्र र पर्यटन विकासका लागि मिसन ग्रासरुट अभियानले अध्ययन गरेका सबै विषय स्थानीयदेखि प्रदेश र सङ्घ सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । केन्द्रीय प्रतिनिधि तर्कबहादुर शाहीले जिल्लास्तरका राजनीतिक दलका नेतामा सद्भाव नभए पनि ग्रामीण क्षेत्रमा फरक पार्टीका नेता तथा कार्यकर्तामा राम्रो संस्कार देखिएको बताउनुभयो । 

एमाले कालीकोटका अध्यक्ष जसिप्रसाद पाण्डेले स्थानीय सरकारमा देखापरेका बेथितिको अध्ययन गर्ने अवसर मिसन ग्रासरुटले दिएकाले नागरिकको गुनासो बोकेर एमाले खबरदारी अभियानमा जुट्ने बताउनुभयो ।