बजेटमा कर्णालीलाई प्राथमिकता दिन १४ सांसदको माग
सङ्घीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्तरुपमा योजना पेस गर्दै आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गरेका छन् ।
मुख्यमन्त्री शर्मालाई तेस्रो पटक विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा उहाँले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।
अवैध काठ कटान गर्नेलाई कैद र जरिवाना
अवैध काठ कटान तथा चिरान मुद्दा लागेका एक जनालाई रुकुम अदालतले कैद र जरिवाना तोकेको छ । जिल्लाको चौरजहारी नगरपालिका-१० का कमल केसीलाई १४ दिन कैद र ५० हजार जरिवानाको फैसला भएको हो ।
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
सबै जिल्ला र गाउँमा बिजुली पुर्याउने सरकारको योजना क्रमशःपूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड)मा जोडिएको छ ।
गाईगोरु बिरामी हुन थालेपछि किसान चिन्तित
घरमा पालिएका गाईगोरु धमाधम बिरामी पर्न थालेपछि रुकुमपश्चिमका पशुपालक किसान चिन्तित बनेका छन् ।
मेडिकल काउन्सिलको परीक्षामा सय प्रतिशत विद्यार्थी उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलको परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विपिएच पहिलो व्याच एकसय प्रतिशत उत्तीर्ण भएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरे पछि मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।
घाँस खोज्दै चौँरीगोठ सार्न सुरु
हिउँदमा जाडो छल्न नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीबाट अग्ला पाटनतर्फ चौँरीका गोठहरू सार्ने क्रम सुरु भएको छ । लिमीका गाउँमा चौँरी गाईका लागि घाँसको समस्या हुन थालेपछि अग्ला पाटनतर्फ चौँरी गोठ सारिएका हुन ।
बिचौलियाको चलखेल रोकिने
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले विकास योजनामा बिचौलियालाई चलखेल गर्न नदिइने बताउनुभएको छ । मन्त्री सिंहले प्रेस युनियनद्वारा आयोजित सञ्चारकर्मीसँगको छलफलमा गरिबी, अशिक्षा, बेरोजगारी समस्यालाई सम्बोधन गर्ने गरी बजेट तयारी भइरहेको बताउनुभयो । उहाँले जनताको आवश्यकता र समुदायको मागका आधारमा योजना निर्माण गरिने बताउनुभयो ।
मुगुको व्यथा : पुस्तौँदेखि दियालोकै भर
छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुहुन्छ ।
दुई सय ११ सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
कर्णाली प्रदेशमा हालसम्म दुई सय ११ जना सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत कर्णालीका सुर्खेत बाहेकका नौ जिल्लाका दुर्गम क्षेत्रहरूमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
कर्णालीमा औलोको चिन्ता
कर्णाली प्रदेशमा औलो रोग चिन्ताको विषय बनेको छ। कर्णालीमा रहेका औलोका बिरामीभन्दा विदेशबाट औलो लिएर आउने बिरामी बढी छन्। आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा कुल ४८ जना औलोका बिरामी छन। तीमध्ये विदेशबाट औलो लिएर आउने बिरामीको सङ्ख्या ३० जना रहेको छ। १८ जना बिरामी नियमित रूपमा गाउँमा बस्नेछन्। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आयातित बिरामीको सङ्ख्या बढी हुँदा औलो निवारणमा चुनौती थपिएको जनाएको छ।
‘लु लानूस्, काफल काफल’
दैलेख–सुर्खेत सडक छेउछाउ यति बेला काफल मेला लाग्ने गरेको छ। चैत, वैशाख महिनामा यस सडक वरपरका रातानाङ्ला, रानीमत्ता, गुराँसे, गाईबान्ना, डबलगैरा, घोडाबास आसपासका घुम्तीमा काफल मेला लाग्छ। सडक छेउमा लाम लागेर बालबालिका, युवा र पाका उमेरका मानिस काफल बेच्न व्यस्त हुन्छन्, ‘लु लानूस् काफल काफल।’
आलुले बजार नपाउँदा चिन्ता
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१३ मा उत्पादित आलुले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । उत्पादनको हिसाबले उत्कृष्ट मानिएको वडाको काउलेचौर, बाहुनचौरलगायतका स्थानमा उत्पादन भएको आलुले उचित बजार नपाएको किसानको गुनासो छ ।
पाँचकटिया सडक कालोपत्रे
जाजरकोटको खलङ्गा–पाँचकटिया सडक ट्र्याक खुलेको १६ वर्षपछि करिब सात किलोमिटर सडक कालोपत्रे गरिएको छ। खलङ्गा पाँचकटिया, व्याउली ढुङ्गा हुँदै जुम्ला जोड्ने सडक सदरमुकाम खलङ्गादेखि भेरी नगरपालिका–२ दारखोलासम्मको ६.५ किलोमिटर सडक कालोपत्रे गरिएको हो। जाजरकोटमा प्रदेश सरकारको क्षेत्राधिकारभित्रको खलङ्गा–पाँचकटिया–जुम्ला जोड्ने सडक शान्तिचौतारादेखि गैरीखालीसम्म एक किलोमिटर बानियाँ महत वली जेबीले दुई करोड बजेटमा निर्माणको जिम्मा लिएको हो। गैरीखाली, दारखोलासम्मको साढे पाँच किलोमिटर सडक ब्रज ग्रुप/बीएन्डबी जेबी काठमाडौँले सात करोड ३२ लाख बजेटमा कालोपत्रेको जिम्मा लिएको छ।
पश्चिम सुर्खेतमा राजमार्गको काम सुरु
मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतका तीन खण्डमध्ये दुई खण्डको काम अघि बढाइएको छ। ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको हो। सम्झौताअनुसारकै समयावधिमा निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्ड निर्माणको काम अघि बढाइएको हो।
औलो रोग नियन्त्रणमा गाउँपालिका
हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा औलो रोगको औषधि छर्कने कार्य सुरु भएको छ । गाउँपालिकाले सरोकारवाला पक्षको सहयोग र समन्वयमा लामखुट्टे भगाउने औषधि छर्कने कार्य सुरु भएको हो ।
बालिकामाथि जवर्जस्ती गर्ने पक्राउ
कालीकोटको तिलागुफा नगरपालिका बस्ने एक अपाङ्गता भएका वालिकामाथि जवर्जस्ती भएको छ । सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिकालाई तिलागुफा नगरपालिका –१ रानावाडाका ७० वर्षीय खाम्मा रानाले जवर्जस्ती गरेको परिवारका सदस्यको आरोप छ । जवर्जस्ती गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
दलबहादुर र मञ्जुलाई जुम्ला-रारा म्याराथन उपाधि
जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ मञ्जु राउतले जित्नुभएको छ ।
जुम्लालाई स्याउबाटै समृद्धिको जिल्ला बनाउने हो : मुख्यमन्त्री शर्मा
मुख्यमन्त्री राजकुमार शर्माले जुम्लालाई साँच्चिकै जुम्ला स्याउबाटै समृद्धिको जिल्लाका रूपमा विकसित गरिनु पर्ने बताउनुभएको छ ।
विद्यार्थीलाई निम्ता दिँदै घरघर
शारदा नगरपालिका सल्यानले विद्यार्थी भर्ना अभियान उत्साहका साथ सञ्चालन गरिरहेको छ। ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नारासाथ वैशाख–३ गतेदेखि पालिकाभरका विद्यालयमा एकैसाथ विद्यार्थी भर्ना अभियान सुरु गरिएको हो। वैशाख–३ देखि १६ गतेसम्म भर्ना अभियानकै रूपमा सञ्चालन गरिने पालिकाका शिक्षा शाखा प्रमुख सङ्गीता बुढाले बताउनुभयो।
कर्णाली सरकारका सय दिन : ६१ निर्देशन, ५५ बुँदे उपलब्धि
मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा सरकार गठन भएको सय दिन पूरा भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री शर्माले पुस २८ गते पहिलो पटक मन्त्रीपरिषद् गठन गर्नुभएको थियो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीका अनुसार सय दिनमा सरकारले ५५ बुँदे उपलब्धि हासिल गरेको छ। मुख्यमन्त्री शर्माले माघ १७ गते सचिवलाई ६१ बुँदे निर्देशन दिनुभएको थियो। यस अवधिमा मन्त्रीपरिषद्का आठवटा बैठकबाट २७ वटा निर्णय भएका छन्। त्यसमध्ये प्रदेश सुशासन नियमावली, एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन नियमावली, प्रदेश औद्योगिक व्यवसाय नियमावली, विपत् जोखिमविरुद्ध सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन कार्यविधि र आयोजना सूचना व्यवस्थापन प्रणाली
कुलो सफाइ नहुँदा खेत बाँझै
आठबीसकोट नगरपालिका –११ स्थित पहिरोले पुरेको कुलो सफाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेको हो। २०७८ र २०७९ सालको बर्खामा पहिरोले कुलो पुरिएको थियो।
हिमानदीकाे पुल भत्काएर बनाइने
जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ नाग्म र जुम्ला जिल्लाको तिला गाउँपालिका जोड्ने हिमानदीको पुल भत्काउन थालिएको छ । पक्की पुलको ढलान पछि गत असोजमा आएको बाडीले पुलको बिच भाग चर्किएपछि उक्त पुल भत्काएर पुनर्निर्माण गरिने भएको हो । सम्पन्न हुनै लागेको पुल बिचै भागबाट चर्किएका कारणले पुनर्निर्माण गर्नका लागि भत्काउन थालिएको छ ।