जलवायु परिवर्तनको चपेटामा कर्णाली
कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ। कृषि, जलस्रोत, वनस्पतिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको छ। कृषि र वनस्पतिमा मात्र नभई प्रदेशका नागरिकको जीवनयापनमा समेत असर देखिन थालेको विज्ञहरू बताउँछन्।
सात जिल्लामा फैलियो ‘लम्पी स्किन’
कर्णालीका सात जिल्लामा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ नामक रोग फैलिएको छ। सङ्क्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन्। कतिपय ठाउँमा चौपाया मरेको रिपोर्ट प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आएको बताइन्छ।
पादुका त्रिवेणी धाम ओझेलमा
बाजुराको बूढीनन्दा नगरपालिकाको कर्णाली नदी र बड्डीगाडको बीचमा पर्ने धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पादुका त्रिवेणी धाम ओझेलमा परेको छ । परापूर्वकालमा निर्माण गरिएका मन्दिरहरू र धर्मशालाको अवशेष मात्र रहेका छन् । धार्मिक तथा पर्यटकीय स्थल भए पनि त्यसको प्रचारप्रसार र संरक्षण हुन नसकेपछि धाम ओझेलमा पर्दै आएको हो ।
हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध
हिमाली जिल्ला हुम्लामा गत चार दिनयता हवाई सेवा अवरुद्ध भएको छ। लगातार वर्षा र मौसम बिग्रेको कारण हवाई सेवा अवरुद्ध भएको हो।
महिला हिंसाबाट कर्णालीवासी अझै पीडित
राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलले महिला हिंसा वा सामाजिक कुरीतिबाट कर्णालीवासी अहिले पनि ग्रसित रहेको बताउनुभएको छ ।
जलविद्युत काममा ढिलाइ
करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजनाको काम ढिलाइ भएको र काम छिटो सम्पन्न गर्न स्थानीयले अनुरोध गरेका छन्। ९९८ किलोवाटको चुकेनी जलविद्युत् आयोजना तीन वर्षदेखि काम थाले पनि विद्युत् उत्पादन हुन सकेको छैन। उत्पादनतर्फको काम २०८० वैशाख २ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो। वैशाखमा कामको अवधि भए पनि दशैँसम्म बनाउनुपर्ने सञ्चालन समिति, स्थानीयदेखि सरोकारवाला निकायको जोड छ। गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले कामको गति हेर्दा समयमा बनाउने विषयमा
सुरक्षित कर्णाली अभियान तयारी
कर्णाली प्रदेशलाई अपराध, दुव्र्यसनमुक्त बनाउने लक्ष्यसहित प्रदेश प्रहरीले सुरक्षित कर्णाली विशेष अभियानको तयारी गरेको छ। प्रदेश प्रहरीले सुरक्षित कर्णाली विशेष अभियानको कार्ययोजनासमेत निर्माण गरेको छ। जसमा १४ वटा क्षेत्रमा ७४ वटा क्रियाकलाप गर्ने जनाइएको छ। ती क्रियाकलापमध्ये ३५ वटा क्रियाकलाप स्थानीय तहसँग सम्बन्धित रहेका छन्। प्रदेशभर रहेका तीन लाख ७१ हजार १४५ घरमा जनचेतनामूलक स्टिकर टाँस गर्ने, दलाल बिचौलियालाई निरुत्साहन गर्ने, पुस्तकालय निर्माण गर्ने, सीसीटीभी विस्तार गर्ने, मोटरसाइकल
सहभागीद्वारा रकम लगानी गर्न अस्वीकार
उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयले आयोजना गरेका सिलाई कटाई तालिमका सहभागी महिलाले सिलाई मेशिनलगायतका उपकरणका लागि २० प्रतिशत लगानी गर्न नमानेपछि समस्या देखिएको छ ।
प्रज्ञा प्रतिष्ठानलाई साझा थलो बनाइने
रैथाने संस्कृति र प्राकृतिक सौन्दर्यको अध्ययन तथा अवलोकन गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद् रारा तालबाट पाँच बुँदे रारा घोषणापत्र जारी गरेको छ । ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराकासाथ रारा तालको किनारामा पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद्को ऐतिहासिक बैठक कुलपति भूपाल राईको अध्यक्षतामा सम्पन्न भएको छ ।
रुखबाट खसेर युवाको मृत्यु
जाजरकोटमा रुखबाट खसेर एकजना युवाको मृत्यु भएको छ । कुशे ९ जीन्ताला निवासी २८ वर्षीय अंमबहादुर सिंह घाँस काट्न रुखमा गएको बेला खसेर मृत्यु भएको छ ।
नौ मूलको पानी नौ बस्तीमा
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० मा रहेका विभिन्न पानीका मुहान संरक्षण गरेर खानेपानीको सुविधा थप व्यवस्थित गर्न थालिएको छ। यस वडामा रहेका नौवटा पानी मुहान (मूल)बाट वडाका नौवटा बस्तीमा पानी वितरण भएको वडा कार्यालयले जनाएको हो।
दैलेखका ७३ वडामा पुग्यो राष्ट्रिय प्रसारण लाइन
दैलेखका ११ स्थानीय तहका ९० वडामध्ये ७३ वडामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ। नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले दैलेखका ९० वडामै राष्ट्रिय प्रसारण लाइन विस्तारको काम भइरहेको र अहिलेसम्म ७३ वडामा विद्युत् प्रसारण लाइन जोडिएको जानकारी दिनुभयो। उहाँले अघिल्लो आर्थिक वर्षको ४२ करोड रुपियाँ लागतमा विद्युत् विस्तारको काम ९० प्रतिशत सकिएको र यो आर्थिक वर्षमा ११ करोड ६२ लाख रुपियाँको काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “११ स्थानीय तहमध्ये चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका, आठबिस नगरपालिकाबाहेक आठ स्थानीय तहका वडामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ, महाबु गाउँपालिकाका तीन वडामा विद्युत् विस्तारका लागि लाइन तानेर चार्ज गरिएको र छिट्टै विद्युत् बल्नेछ।”
कर्मचारीले पाएनन् तलब
जिल्लाको रास्कोट नगरपालिकामा स्वास्थ्य क्षेत्रका १५ जना कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन्। कर्मचारी समायोजनका बेला रास्कोट नगरपालिका रोजेर आएका अहेव, अनमी र जनस्वास्थ्य निरीक्षक गरी १५ जना कर्मचारीले गत साउन यताको तलब पाएका छैनन्।
पाठ्यपुस्तक पुग्यो तर विद्यालय खुलेन
जिल्लाको पलाँता गाउँपालिकामा पाठ्यपुस्तक पुगे पनि विद्यालय भने खुलेका छैनन् । कार्यालय सहयोगीले विद्यालयमा पाठ्यपुस्तक स्टोर गरेर राखेका भए पनि विद्यालय नखुल्दा विद्यार्थीको पढाइ सुरु हुन नसकेको बताइएको छ ।
हिल्सा नाका दुईतर्फी खुला
चीनसँग जोडिएको व्यापारिक हिल्सा नाका दुईतर्फी सञ्चालनमा आएको छ । सोमबारदेखि सो नाका औपचारिक रूपमा सञ्चालनमा आएको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका (बीओपी) सशस्त्र प्रहरी निरीक्षक टङ्कप्रसाद सापकोटाले हिल्सा नाका पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।
सेवाग्राहीलाई गाउँपालिकाको निःशुल्क एम्बुलेन्स सेवा
खार्पुनाथ गाउँपालिकाले आफ्ना गाउँपालिकाका स्थानीयलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेभएको छ । सर्केगार्ड गाउँपालिकाको सलीसल्लाबाट हेलिकोप्टरमा ढुवानी गरेर गाउँपालिकामा पुगाएर सञ्चालनमा ल्याएपछि सेवाग्राहीलाई सो सेवा प्रदान गर्नेभएको हो ।
नेपाल टेलिकमको फोर जी सेवा बरगाउँमा सञ्चालन
नेपाल टेलिकमले सिमकोट गाउँपालिका -३ को बरगाउँमा स्थापना भएको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । टावरका लागि आवश्यक पर्ने उपकरण हेलिकोप्टरबाट ढुवानी भएर आए लगत्तै जडान गरिएपछि फोर जी सेवा सञ्चालनमा आएको हो ।
हात्तीपाइले रोगको सर्वेक्षण सुरु
जुम्लामा हात्तीपाइले रोगको सर्वेक्षण सुरु गरिएको छ। हिमाली आठ जिल्लामा पहिलो पटक हात्तीपाइले रोगको अवस्थाबारे अध्ययन थालिएको हो। कालीकोट, मुगु र हुम्लामा समेत हात्तीपाइले रोगको सर्वेक्षण गरिँदै छ। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका अनुसार यसअघि हिमाली जिल्लामा हात्तीपाइले थिएन। अहिले जलवायु परिवर्तनसँगै लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइलेको अवस्था अध्ययन गर्न लागिएको हो।
बस्तीमा धमाधम विद्युतीकरण
स्थानीय सरकारले बस्ती विद्युतीकरणलाई प्राथमिकतामा राखेका छन्। हरेक घरमा बिजुली पु-याउने योजना क्रमशः पूरा हुने चरणमा अघि बढेको छ। कर्णालीका कैयौँ पालिका अहिले पनि विद्युत्विहीन छन्। केहीमा भने आंशिक रूपमा विद्युतीकरण भएको छ। आंशिक रूपमा विद्युतीकरण भएका स्थानीय तहमा पूर्ण रूपमा सेवा उपलब्ध गराउने योजनासाथ स्थानीय सरकार र नेपाल विद्युत् प्राधिकरण लागिपरेका छन्। केही स्थानीय तहमा प्राधिकरणले विद्युत् सेवा उपलब्ध गराउन सकेको छैन।
कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको पहिलो अधिवेशनको अन्तिम बैठकमा सभामुख नन्दा गुरुङ्गले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो ।
सोह्र लाख उठाएर ठेकेदार बेपत्ता, विद्यालय भवन अलपत्र
महाबु गाउँपालिका –३, बासीस्थित भगवती आधारभूत विद्यालयको चारकोठे भवन एक वर्षदेखि अलपत्र छ। ठेकेदारले आधा काम गरी १६ लाख रकम लिएर भागेपछि विद्यालय भवन निर्माण अलपत्र परेको हो।
स्थानीय तहमा आँखा उपचार सेवा
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मानव संसारलाई ज्योति प्रदान गर्ने आँखाको स्वास्थ्य उपचार सेवालाई दिगो एवं प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको छ। कर्णाली प्रदेशस्तरीय आँखा स्वास्थ्य कार्यशाला गोष्ठीको वीरेन्द्रनगरमा समापनमा उहाँले सो आवश्यकता आैँल्याउनुभएको हो। मन्त्री पोखरेलले सीमित साधन स्रोतलाई परिचालनमा ल्याएर सबै स्थानीय तहमा आँखा उपचार सेवा प्रवाह गर्ने नीति अख्तियार गर्ने उल्लेख बताउनुभयो।
कर्णालीलाई प्राथमिकतामा राख्न माग
प्रतिनिधि सभामा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदले आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न माग गर्नुभएको छ। सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार बालुवाटारमा भेट गरी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न माग गर्नुभएको हो। कर्णाली विकासका लागि दीर्घकालीन महत्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई सांसदहरूले जोड दिनुभएको छ। कर्णालीमा निरपेक्ष गरिबी २८.९ प्रतिशत रहेको र वार्षिक प्रतिव्यक्ति आय मात्र ९४४ अमेरिकन डलर रहेकाले समग्र विकासको हिसाबले कर्णाली अझै पछाडि रहेको ज्ञापनपत्रमा उल्लेख छ। कर्णालीको गरिबी र बेरोजगारलाई न्यूनीकरण गर्न कर्णाली स्वरोजगार एवं गरिबी न्यूनीकरणका लागि विशेष कार्यक्रम अभियान सञ्चालन गर्न पाँच अर्ब बजेट माग गरिएको सासंद चन्द्रबहादुर विश्वकर्माले जानकारी दिनुभयो।
डोल्पामा जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने
डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ।