प्रअ नदिएको रिसमा पठनपाठन बन्द
आफूलाई प्रधानाध्यापक नबनाएको भन्दै विद्यालयका शिक्षकहरूले पठनपाठन बन्द गरेका छन् । यहाँको महाबु गाउँपालिका–३, बासीमा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक हरिप्रसाद शर्मालगायतका आठ जना शिक्षकले गत वैशाख ३१ गतेदेखि विद्यालयको पठनपाठन बन्द गरेका छन् ।
सदरमुकाममा खानेपानीको हाहाकार
सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार बढ्दै गएको छ । मुहानमा पानीको स्रोत सुक्दै गएपछि घर घरमा जडान गरिएका धारामा पानी आउन छाडेको छ । सिमकोट बजारका आङ्टेन्डी शेर्पा धारामा पानी आउन छोडेपछि खानेपानीको समस्या दैनिक रूपमा बढ्दै गएको बताउनुहुन्छ । उपाभोक्ताहरू जुन धारामा पानी आउने गर्छ त्यस धारामा लाइनमा बसेर पानी भर्न बाध्य छन् ।
छाना उडाएपछि विद्यालय बन्द
आइतबार साँझ आएको हावाहुरीले कालीकोट जिल्लाका धेरै विद्यालयमा क्षति पु¥याएको छ । हावाहुरीले विद्यालयका छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१, लुसाको अम्बिका आधारभूत विद्यालयको छाना उडाएपछि विद्यालय बन्द छ । चौरमा राखेर पठनपाठन सुचारु गर्न पनि कठिन भएकाले विद्यालय बन्द गर्नु परेको बताइन्छ ।
नगरका अधिकांश विद्यालयमा बालमैत्री धारा
कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा बालमैत्री धारा निर्माण भएका छन् । आधारभूत विद्यालयमा अध्यापनरत विद्यार्थीले सहज पानी पिउन भन्ने उद्देश्यका साथ सो कार्य गरिएका हुन् ।
संसदीय समिति अझै निष्क्रिय
कर्णाली प्रदेश सभाका विषयगत समिति सक्रिय बन्न सकिरहेका छैनन्। सभामुख नन्दा गुरुङले विषयगत समितिका सदस्य मनोनीत भइसके पनि समितिको नेतृत्व चयन हुन सकेको छैन। कर्णाली प्रदेश सभा नियमावलीबमोजिम संसद्को पहिलो बैठक बसेको तीन महिनाभित्र विषयगत समिति गठन भइसक्नु पर्छ। तथापि पहिलो बैठक बसेको चार महिना पुगेपछि विषयगत समितिका सदस्य मनोनीत भएका थिए तर अझै सो समितिले नेतृत्व पाउन सकेको छैन।
विद्युत् अभावमा चिस्यान केन्द्र अलपत्र
पूर्वी सुर्खेतको भेरीगङ्गामा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् अभावले बन्द भएको छ। दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र दुई वर्ष जेनतेन चलेको थियो। आर्थिक वर्ष २०७३/७४ देखि निर्माण सुरु गरिएको कोल्ड स्टोर आव २०७७/७८ बाट आंशिक सञ्चालनमा ल्याइएको थियो। तीन करोड लगानीमा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् आपूर्ति सहज नहुँदा बन्द भएको साना किसान कोल्ड स्टोरकी अध्यक्ष ज्ञानु भुसालले जानकारी दिनुभयो।
पुलको जग खन्दा तातोपानीको मूल
कर्णाली कोरिडोर अन्तर्गत खार्पुस्थित दोजाम कर्णाली नदीमा पक्की पुल निर्माणका लागि पिल्लरको जग खन्ने क्रममा तातोपानीको मूल निस्किएपछि काम प्रभावित भएको छ। हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–४ स्थित पुलको जग खन्दा आठ वटा तातोपानीको मूल निस्किएको छ। पुल निर्माणमा संलग्न स्वच्छन्द माउन्ट मेमोरी जेभीका स्थानीय प्रतिनिधि विजय लामाका अनुसार नदी किनारमा जग खन्ने क्रममा तानोपानीको मूल निस्किएपछि समस्या आएको छ। दुई वटा मेसिनले तातोपानी फाल्दा मेसिन नै जलेको थियो। दुवै मेसिन जलेपछि अर्को मेसिनबाट २० दिनदेखि तातोपानी फाल्ने काम मात्र गरिएको जनाइएको
चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण
सुर्खेतको वीरेन्द्रनगर–१६, मेहलीको ल्याडामा चट्याङबाट जोगाउन अर्थिङ टावर निर्माण गरिएको छ ।
सिमकोटमा खानेपानीको हाहाकार
सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार बढेको छ । खानेपानीको मुहानमा पानीको श्रोत कम भएपछि घरमा जडान गरिएका धारा सुकेपछि खानेपानीको समस्या बढ्दै गएको हो ।
छ वर्षपछि नगरपालिकाकाे आफ्नै भवन
कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । सङ्घीय सरकारको लगानीमा नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण भएपछि आफ्नै प्रशासनिक भवनवाट सेवा सुचारु गरेको हो ।
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ हाँसिबाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
निर्देशन अवज्ञा गर्दै क्रसर
रुकुमपश्चिमका विभिन्न स्थानमा स्थानीय सरकारको निर्देशन अवज्ञा गर्दै अवैध क्रसर उद्योग सञ्चालनमा छन् । गृह मन्त्रालय र स्थानीय सरकारले पटक पटक कानुनी दायरामा आउन सूचना गर्दासमेत बेवास्ता गर्दै व्रmसर उद्योग सञ्चालनमा छन् ।
रेक्चाको पानीमा अदालतको चासो
उच्च अदालत सुर्खेतले चौकुने गाउँपालिका–५ रेक्चाका स्थानीयलाई खानेपानीको व्यवस्था मिलाउन आदेश दिएको छ । सो स्थानमा प्राविधिक समेतको
जङ्गली जनावरको उद्धार गर्ने गाउँ
जिल्लाको माथिल्लो मुगुका स्थानीयले जङ्गलमा घाइते भएका वन्यजन्तुको उद्धार गरी उपचार गर्ने गरेका छन् ।
दस महिनामा ३१ प्रतिशत बजेट खर्च
कर्णाली प्रदेश सरकारले १० महिनामा ३१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को वैशाखसम्म ३१.२
विद्यालयको पहुँचमा सबै बालबालिका
सिँजा गाउँपालिका–१ का शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन् । मालिका मावि, धापामा मङ्गलबार आयोजित कार्यक्रममा ४ देखि १६ वर्षका सबै बालबालिका विद्यालय पहुँचमा पुगेको घोषणा गरिएको छ ।
पहिरो नियन्त्रण सुरु
कर्णाली राजमार्ग अन्तर्गत कालीकोट खण्डमा पर्ने सुनारखोलाको पहिरो नियन्त्रण कार्य सुरु भएको छ । सुनाखोलामा ग्याबिन जाली लगाएर नियन्त्रणको प्रयास भइरहेको छ ।
स्याउमा झुसिलकिरा लागेपछि किसानलाई चिन्ता
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ मा रहेका स्याउ बगैंचामा झुसिलकिरा लागेर फल सखाप हुन थालेको छ ।
बजेट तयारीमा प्रदेश सरकार
कर्णाली प्रदेश सरकार आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यव्रmम र बजेटको तयारीमा जुटेको छ। जेठ १५ गतेभित्र नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने र असारअघि नै बजेट ल्याउनुपर्ने व्यवस्था छ। विगतका वर्षभन्दा यो वर्ष बजेट कम हुने सङ्केत देखिएको छ। चालु आव २०७९/८० का लागि कर्णालीमा ३२ अर्ब ३१ करोड ६१ लाख बराबरको बजेट ल्याइएको थियो। लक्ष्यअनुसारको राजस्व दर नबढेपछि सङ्घीय सरकारबाटै कम मात्रै बजेट सिलिङ पठाइएको छ। प्रदेश सरकारको आन्तरिक आम्दानी निकै न्यून छ। त्यसैले पनि कर्णालीको बजेट यस वर्ष कम हुने देखिन्छ।
सिँजामा रैथाने खाना महोत्सव
रैथाने खाना र संस्कृतिको प्रवर्धन गरी पर्यटन विकास गर्ने उद्देश्यसहित सिँजामा सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको छ। सिँजा गाउँपालिकाको नराकोटमा आयोजित महोत्सवमा सात वटा खाना स्टल राखिएका थिए। महोत्सवमा कोदो, फापर, मकै, भटमास, चिनु, कागुनु, मकैका परिकार, खरायोको मासुसमेत स्टलमा राखिएका थिए।
विद्यालयमा अतिरिक्त कक्षा
सामुदायिक विद्यालयको सिकाइ सुधारका लागि केही विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्न थालेका छन्। वार्षिक परीक्षामा कमजोर नतिजा आएपछि तिलागुफा नगरपालिका केही विद्यालयले सिकाइ उपलब्धि बढाउन अतिरिक्त कक्षा सञ्चालन गर्न लागेका हुन्। वडा नं. ४ को कालिका माध्यमिक विद्यालय राँचुलीले कक्षा ३, ४ र ५ का विद्यार्थीलाई अतिरिक्त पठनपाठन गराउँदै आएको छ। विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर शाहीले विद्यालयको परीक्षाफल खस्किँदो आउन थालेपछि थप कक्षा सञ्चालन गर्नु परेको बताउनुभयो।
शिक्षक सरुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
उच्च अदालत जुम्लाले नियम विपरीत शिक्षकहरूको काज सरुवा नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश श्रीमण गौतमको इजलासले कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले गत वैशाख १५ गते गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
चट्याङ लागेर एकै परिवारका चार घाइते
दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् ।
कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या
कर्णाली प्रदेशमा कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या आएको मुख्यमन्त्री राजकुमार शर्माले बताउनभयो । शर्माले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेटका विषयमा राय माग्ने क्रममा पत्रकारहरूसँग बोल्नुहुँदै कर्णालीमा ११ सय कर्मचारी रहे पनि अपुग हुँदा बजेट कार्यान्वयनमा समस्या आएको बताउनुभयो । उहाँले आर्थिक सङ्कटको प्रभाव परेकाले प्रदेशमा सुशासन कायम गर्न नसकेको बताउनुभयो ।