• १३ साउन २०८१, आइतबार

अस्पताललाई ७० लिटर इन्धन सहयोग

blog

राजन रावत

हुम्ला, कात्तिक ९ गते । विद्युत् समस्या भोगिरहेका बेला अस्पताललाई इन्धन सहयोग गरिएको छ । आवश्यकताका आधारमा जेनेरेटरबाट अस्पतालले आफ्नो सेवा सुचारु गरोस् भनेर सहयोगी निकायबाट इन्धन सहयोग गरिएको हो ।  

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले अस्पताललाई पेट्रोल सहयोग गरेको बताउनुभयो । आफुससँग भएको साधन र स्रोतबाटै अस्पतालले आफ्ना सेवाहरू दैनिक जेनेटर सञ्चालन गरेर बिरामीलाई प्रदान गरिरहेको बेला इन्धन सहयोग प्राप्त भएको अस्पतालका प्रतिनिधिले बताएका छन् । यसले सेवालाई सुचारु गर्न सहयोग पुग्ने सिंहले बताउनुभयो ।

अस्पतालले दैनिक चार समयमा जेनेटेर चलाएर सेवा प्रदान गर्दैआएको जनाएको छ । सीमित साधन र स्रोतबाट जेनेरेटर चलाइरहेको अस्पताललाई इन्धन सहयोग प्राप्त भएपछि थप सेवालाई सुचारु गर्न सहज भएको उहाँले बताउनुभयो । हिल्दुुम विधुुत वितरण केन्द्रको विद्युत् सेवा अवरुद्ध भएपछि गत असोज तेस्रो साताबाट अस्पतालले आफ्ना सेवा जेनेरेटर चलाएर दिदैआएको छ । 

इन्धन सहयोग गर्ने सहयोगी निकाय आधार विकास नेपालले ७० लिटर पेट्रोल सहयोग गरेको छ । उक्त संस्थाका शिक्षा क्षेत्र हेर्ने अधिकृत कुन्जोक लामाले अस्पतालको समस्यालाई ध्यानमा राखेर इन्धन सहयोग गरिएको जानकारी दिनुभयो । 

यो सहयोगबाट अस्पताललाई आफ्नो सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  इन्धन प्राप्त भएपछि यसले केही दिन जेनेरेटर सञ्चालन गरेर अस्पताललाई सेवा प्रवाह गर्न सहज हुने स्थानीयको विश्वास छ ।