• १३ साउन २०८१, आइतबार

भेरी नदीमा दुई जना बेपत्ता

blog

फाइल तस्बिर

नविन सुवेदी

सुर्खेत, कात्तिक १२ गते । सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका –३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी रहनुभएको छ । 

शनिबार भेरी नदीमा पौडी खेल्ने क्रममा उहाँहरू बेपत्ता हुनुभएको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका प्रमुख एसपी विमल डाँगीले जानकारी दिनुभयो । 

तिहारमा देउसीभैली खेलेर उठेको पैसाले उहाँहरू भेरीगंगा नगरपालिकाको सत्तरीमा पिकनिक खान जानुभएको थियो । बेपत्ता हुनेहरूको  खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।